Tuesday, April 07, 2009

रसुवामा सामुदायिक रेडियो के, किन र कसरी


सामुदायिक रेडियो के
सामुदायिक रेडियोको विषयमा जानकारि हुनका लागि ूसामुदायिकू शब्दको अर्थ बुझ्नु जुरुरी रहन्छ । ल्याटिन भाषाको दुईवटा शब्दहरु Com / Munis मिलेर Community समुदाय शब्द बनेको हो । Com शब्दले Together सँगसँग वा एकैसाथ रMunisशब्दले Seuring अर्थात सेवा गर्नु वा सहयोग गर्नु भन्ने बुझाउँछ । अतः Community भन्नाले व्यक्तिहरुको त्यस्तो समुहलाई बुझाउँछ जो निश्चित भौगोलिक क्षेत्रमा बसेर समान प्रकारको जिवनशैलि परम्परारितिरिवाज चालचलन अपनाउँदछन र तिनीहरु कुनै एक उद्देश्य प्राप्तीको लागि मात्र नभएर सामान्य भन्दा सामान्य उद्देश्यको लागि पनि एक आपसमा आफन्तको भावनाले मिलेर बसी आफ्नो सम्पूर्ण जीवन त्यसै क्षेत्रमा नै व्यतीत गर्दछन् । सामुदायिक भावनाले गरीने जुन कुनै पनि कि्रयाकलापलाई सामुदायिकू भन्न सकिन्छ ।सामुदायिक रेडियो भन्नाले सार्वजानिक हितको उद्देश्य राखेर समुदाय विशेष संगठित समुह निकाय वा संस्थाको माध्यमबाट गैरनाफामुलक उद्देश्य लिएर संचालन गरिने रेडियो नै सामुदायिक रेडियो हो । समुदायको स्वामित्व र व्यवस्थापनमा समुदायकै सदस्यहरुको हितका लागि सानो क्षेत्रमा साचालित रेडियो सामुदायिक रेडियो हो

नेपालमा सामुदायिक रेडियो
वि।सं।२०४६ सालमा बहुदलिय प्रजातान्त्रिक व्यावस्थाको पुर्नस्थापना भएपछि नेपाली जनताले केहि हद सम्म शान्ति र विकासको अनुभूति र्गन पाए । २०४७ सालको संविधानमा रहेका मौलिक अधिकार नेपाली जनताले यस अघि कहिल्यै पाप्त गर्न नसकेको अधिकार थियो । संविधानमा उल्लेखित उपलब्धीलाई चाहेर नचाहेर ढिलो चाँडो जनतासम्म पुर्याउनका लागि सरकार बाध्य भयो । २०४९ सालको राष्ट्रिय संचार नीतिमा श्री ५ सरकार निजि क्षेत्रका संगठित संस्थालाई पनि निश्चित क्षेत्रको फि्रक्वेन्सी मोडुलेसन एफ।एम। प्रसारण प्रणाली स्थापना गरि शिक्षाप्रद र मनोराजनात्मक कार्यक्रम प्रसारण गर्न दिने व्यवस्था गर्यो । यहि साचार नीतिका आधारमा बनेका राष्ट्रिय प्रसारण ऐन २०४९ मा शिक्षाप्रद मनोराजनात्मक तथा समाचारमुलक कार्यक्रम प्रसारण गर्न एफ।एम। प्रसारण प्रणाली स्थापना गर्न चल्ने व्यक्ति वा संगठित संस्थालाई कार्यक्रम प्रसारण गर्न दिने व्यवस्था गरियो । २०५२ सालमा राष्ट्रिय प्रसारण नीतिको पार्दुर्भाव भएपछि केहि समय रेडियो नेपाल आफैँले १०० मेगाहर्जमा प्रसारण सुरु गर्यो । २०५४ जेष्ठ ९ मा रेडियो सगरमाथाले इजाजत प्राप्त गरेपछि नेपाली साचार जगतमा निजि क्षेत्रबाट एफ।एम। प्रणालीको इतिहास सुरु भएको हो । रेडियो सगरमाथाको सफल परिक्षण पश्चात हाल नेपालमा २०० भन्दा बढी एफ।एम। रेडियोहरु साचालनमा रहेका छन् नेपालमा अझसम्म पनि सामुदायिक रेडियो भनेर कसलाई भन्ने नभन्ने स्पष्ट रुपमा छुट्याइएको छैन । सरकारी तवरबाट पनि सामुदायिक गैर सामुदायिक भनेर दर्ता गर्ने व्यवस्था भएका पाइदैन । निजि तथा गैर सरकारी क्षेत्रबाट नै सामुदायको विकासका लागि नाफा नकमाउने उद्देश्यले खोलिएका स्थापना गरिएका रेडियोहरुलाई सामुदायिक रेडियो हो भनेर छुट्याउने गरेको पाइन्छ । हाल नेपालमा प्रसारण इजाजत पाएका रेडियो मध्ये रेडियो प्रसारणमा स्वामित्व तथा उद्देश्यका दृष्ट्रिकोणले तीन वर्गमा विभाजन गरेको पाइन्छ ।
सरकारी तवरबाट साचालित वा सार्वजानिक रेडियो
नाफा कमाउन खोलिएको वा व्यापारिक प्रयोजनको रेडियो
समूहको प्राधानता रहेको वा सामुदायिक रेडियो ।
सामुदायिक रेडियोलाई जनताद्धारा जनताका लागि साचालित रेडियो भन्ने पनि गरिन्छ । सामुदायिक रेडियोको स्वामित्व र रेडियो साचालन गर्ने अभिभारा समुदायमै रहेको हुन्छ । समुदाय भन्नाले समाजका सबै सदस्यहरुले रेडियो साचालन गर्ने काममा संलग्न हुन्छन् भन्ने हॊइन । समुदायमा आधारित विभिन्न संघ संस्थाहरुमाध्ये कुनै एक वा एक भन्दा बढी वा सबै मिलेर रेडियो चलाउन सक्छन । रेडियो चलाउने प्रमुख उद्देश्य राखेर पनि संस्थाहरु स्थापना भएका हुन्छन् । नेपालमा साचालनमा रहेका विभिन्न सामुदायिक रेडियोहरु विभिन्न संघसंस्थाहरुको स्वामित्व नियन्त्रणमा साचालित रहेका छन् । जस्तै
रेडियो सगरमाथा नेपाल वातावरण पत्रकार समूह नामक वातावरण र विकाससंग सम्बन्धित पत्रकारहरुको व्यावसायिक गैर सरकारी संस्थाद्धारा साचालित ।
मेट्रो र मदन पोखरा एफ एम काठमाण्डाँै महानगरपालिका र मदनपोखरा गा।वि।स। द्धारा साचालित
रेडियो लुम्बिनी स्थानिय समुदायका सबै पक्ष समेटेर गठित लुम्बिनी सूचना र साचार सहकारी लिमिटेडू नामक संस्थाद्धारा साचालित ।

सामुदायिक रेडियो र अन्य रेडियोको भिन्नता
सामुदायिक रेडियोहरु स्थानिय परिवेश र समुदायका विशेषता अभिरुचि र आवश्यकता अनुसार भिन्दा भिन्दै किसिमका हुने गर्दछन् । यसै कारणले गर्दा सामुदायिक रेडियोलाई निश्चित रुपमा परिभाषित गर्नु न्यायोचित रहदैन । सामुदायिक रेडियो कुन आधारमा राज्य वा सरकारद्धारा साचालित रेडियो प्रसारण सेवा तथा व्यापारिक रेडियोहरु भन्दा भिन्न रहन्छन भन्ने विषयमा तल चर्चा गरिन्छ । सामुदायिक रेडियो स्टेसनमा कार्यक्रम प्रसारण देखि स्टेसनको साचालन व्यावस्थापन र नीति निर्देशनसम्ममा स्थानिय समुदाय तथा श्रोताहरुको सहभागितालाई बढावा दिइएको छ । सामुदायिक रेडियो तुलनात्मक रुपले सानो क्षेत्रको स्थानिय समुदाय वा विभिन्न समुदायका मानिसहरुका लागि लक्षित हुन्छ ।सामुदायिक रेडियोका कार्यक्रमहरुले स्थानिय भाषा साहित्य कला संस्कृतिको सुदृढीकरण र विकास तथा स्थानिय समस्या र चासोका विषयहरुमा छलफल र संवादलाई प्राथमिकता दिएका हुन्छन् ।
कार्यक्रमका लागि धेरै धेरै जसो सामग्रीहरुको संकलन स्थानिय श्रोतबाट नै गरिन्छ ।
सामुदायिक रेडियोले विज्ञापन र व्यापार नीतिमा सामाजिक हित र भलाइलाई प्राथमिकता दिने गर्दछ ।
सामुदायिक रेडियो स्टेशनहरुले आम्दानीका श्रोत र उपाएका लागि सामाजिक व्यापार पवैद्र्धनका नीति अवलम्बन गरेका हुन्छन् सामुदायिक रेडियोले समुदायको मानिसहरुको स्तररुचि र आवश्यकता अनुसार सूचना प्रवाह गर्दछ ।

रसुवामा सामुदायिक रेडियो किन ?
काठमाडौँ बाट ७८ कि।मि। उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको रसुवा विकट हिमाली जिल्ला हो । राजनैतिक सामजिक आर्थिक आदि दृष्ट्रिकोणले रसुवा अरु जिल्लाको तुलनामा राजधानिबाट नजिक भएर पनि विकट रहन विवस छ । बागमती अाचलका जिल्लहरुमध्ये कम साक्षारता प्रतिशत रहेको रसुवा मानव सुचकाँक प्रतिवेदन पनि ज्यादैनै पछाडि देखिएको छ । रसुवामा सामुदायिक रेडियोको आवश्यकताको चर्चा गर्दा जिल्लाको वर्तमान साचार स्थितिलाई नजिकबाट बुझ्नु जरुरी रहेको छ ।रसुवामा साचारको वर्तमान स्थिित रसुवामा हालसम्म दुइवटा पत्रिकाहरु दर्ता भएका छन्।नयाँ प्रवाहु नामक त्रैमासिक पत्रिका विगत १ वर्ष देखि निरन्तर प्रकाशनमा रहेको छ भने लाङटाङ पोष्ट मासिक पत्रिका २०६५ वैशाख देखि प्रकाशनमा आउने प्रयासमा रहेको छ ।
नेपाल पत्रकार महासंघको जिल्ला शाखाको तदर्थ समिति भर्खरै मात्र गठन भएको छ र स्वीकृति लिने प्रकृयामा रहेको छ।भौगोलिक विकटताका कारण कुनै पनि पत्रपत्रिकाहरु सदरमुकाम पुग्न १२ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ । सदरमुकाम र जिल्लाका केहि सडकले छोएका व्यापरिक केन्द्र भन्दा अन्य ठाउँमा पत्रपत्रिकाहरु बिकि्रवितरण नै हुँदैनन्।उच्च हिमाली भौगोलीक स्थितिका जटिलताका कारण कुनै पनि टेलिभिजन च्यानलहरु हेर्न सकिँदैन्।तर सदरमुकाम लगाएतका केहि व्यापारिक केन्द्रहरुमा प्राइभेट स्तरमा केबलहरु भ्ने साचालनमा रहेका छन्।दुर्गम गाउँका रसुवालीहरु टेलिभिजन पत्रपत्रिका बाट विाचत छन् । रेडियो स्थिति झनै नाजुक छ । रेडियो नेपाल को प्रसारण जिल्लाको केहि तल्लो भागमा मात्र सुनिन्छ तर माथिल्लो भागमा सुनिदैन्।स्थानिय स्तरमा साचालित एफ।एम। रहेको छैन । र वरिपरि सिमाना जोडिएका जिल्लामा साचालित एफ।एम। रेडियोको प्रसारण पनि सुनिदैन । रसुवामा कुनै छापाखाना तथा प्रेस दर्ता साचालन भएका छैनन् ।
यसरी रसुवा जिल्ला सुचना तथा संाचारका दृष्ट्रिकोणले अत्यान्तै पछाडि रहेको छ । नगन्य जनतासमुदायमात्र सूचना प्राप्तिको विश्वव्यापी अधिकार प्राप्त गर्न सफल रहेका छन् ।रसुवाको भौगोलीक स्थिति शैक्षिक सामाजिक आर्थिक स्थिति र विकासक्रमलाई हेर्दा सामुदायिक रेडियो को विकल्प नै देखिदैन । २८% जनता साक्षर रहेाे ठाउँमा प्रत्रपत्रिका सुचनाको यहि श्रोत हुन सक्दैन त्यसमा पनि रसुवाको भौगोलिक विकटताका कारण शिक्षित जनताका हातमा सहि समयमा पत्रिका पुर्याउनु चानचुने कुरा होइन् । गरिब जनताको हातमा टेलिभिजन पुर्याउनु एकादेशको कथा नै हो । यी यावत विषयहरुबाट हामी सहजै बुझ्न सक्छौँ कि रसुवाको साचारको विकासको कोषेढुङ्गा भनेकै सामुदायिक रेडियो हो । यो नै रसुवा सुवाउँदो सस्तो भरपर्दाे प्रभावकारी आमसाचारको माध्यम हो भन्ने कुरामा सायद दुइमत नहोला ।
सिमाना जोडिएको जिल्लाहरु जस्तै नुवाकोट धादिङ्ग सिन्धुपाल्चोक आदिमा रेडियो स्थापना भैसकेको सन्दर्भमा हामीले पनि रसुवामा सामुदायिक रेडियोको स्थापना गर्नु आवश्यक छ । रसुवा साँस्कृतिक हिसाबले ज्यादै नै धनि रहको छ । बाह्मण क्षेत्रिय तिब्वतियन र तामाङ साँस्कृतिले युक्त रसुवा यदा कदा सुनिने रेडियो प्रसारणका कार्यक्रमहरुले रसुवाको आवश्यकता पूर्ति गर्न सक्दैनन् र विविध संस्कृतिमाथि न्याय पनि गर्न सक्दैनन् । आफ्नै वरिपरिको गित संगित संस्कृति साहित्य परिवेश विकासका सामग्री पस्कने रेडियो नै सामुदायिक रेडियो हो । यो सांस्कृतिक विविधताको संरक्षण र विकासका दृष्टिकोणले पनि रसुवामा सामुदायिक रेडियोको टड्कारो आवश्कता रहेको छ ।
रसुवामा सामुदायिक रेडियो कसरी
सामुदायिक रेडियो व्यवस्थापन र साचालनको निरन्तरता एउटा सोचनिय विषय रहेको छ । नेपालमा दर्ता भएका र साचालनमा रहेका सामुदायिक रेडियोहरुको एकै किसिमको स्थिति रहेको छैन । कतिपय रेडियो दर्तामा मात्र नै सिमित भइरहेका छन् भने कतिपय रेडियो दर्ताभए पश्चात बन्द हुन पुगेका छन् । सामुदायिक रेडियो को साचालनमा मेरुदण्ड भनेको नै आर्थिक श्रोत हो । नेपालमा दर्ता र साचालनमा रहेको रेडियोहरुले भोग्नुपरेको समस्या नै आर्थिक समस्या हो । एक अर्थमा विकासोन्मुख राष्ट्रको सामुदायिक रेडियोको निरन्तरताको भविष्य नै आर्थिक पक्ष सँग जोडिएका हुन्छ । यि परिवेशमा रसुवामा संचालन गरिने चर्चा गरिएको सामुदायिक रेडियो साचालन प्रकृयाको विषयमा यहाँ प्रष्ट्याउने जमर्काे गरिएको छ । REMOTE NEPAL नामक रसुवा मा दर्ता भएको गैरनाफामुलक गैरराजनीतिक सामाजिक संस्थाले साचालन गर्ने रसुवा सामुदायिक एफ।एमू २०६७ सालको दशै देखि साचालनमा आउने योजना रहेको छ । एफ।एम। स्थापनाको लागि लाग्ने कुल समय १२ महिना
पहिलो चरण ८ महिना कार्यालय व्यवस्थापन अनुसन्धान जनशक्ति उत्पादन दर्ता प्रकृया आदि रहेने छ । दोश्रो चरण ४ महिना उपकरण खरिद उपकरण जडान स्टुडियो निर्माण सामग्री संकलन तथा परिक्षण प्रसारण कार्यहरु दोश्रो चरणमा सम्पन्न हुनेछन् ।
निरन्तर आर्थिक संकलनका उपायहरु
1.ला।रा।नि। रसुवा घुम्न जाने विदेशी पर्यटकबाट निश्चित रकम संकलन गर्ने ।
2.रसुवा प्रवेश गर्ने सवारीसाधनबाट निश्चित रकम संकलन गर्ने ।
3.वर्षेनि लाग्ने गोसाईकुण्ड मेलामा आउने श्रद्धालु भक्तजनबाट निश्चित रकम संकलन वा गोसाईकुण्डको चिनो स्वरुप उपहार सामग्री उत्पादन र बिकि्र ।
4.स्थानिय निकाय गा।वि।स। र जि।वि।स। बाट पाँच वर्ष सम्म विशेष आर्थिक अनुदान दिने ।
5.संस्थाकै मातहतमा बचत तथा ऋण सहकारी संस्था संाचालन आय आर्जनमूलक कार्यक्रम साचालन महिला जागरण र शशक्तिकरण कार्यक्रम साचालन गनॆ्र ।
6.जिल्लामा आउने जुन सुकै गैर सरकारी संस्थाहरुबाट उनिहरुले साचालन गर्ने कार्यक्रमका स्वभाव आकार हेरी निश्चित रकम संकलन गर्ने । आदि अन्य श्रोतहरु ।
यी विविध विषयका साथ साथै सामुदायिक रेडियोको सुचारु प्रभावकारी साचालनका लागि आवश्यकता र औचित्य प्रमाणित नभएसम्म घटिमा १० वर्ष सम्म कोहि कुनै निकायबाट अर्का रेडियो स्थापना नगर्ने तर सबैले आ-आफ्नो क्षेत्रबाट यहि रेडियोलाई मद्दत गर्नु अत्यावश्यक रहन्छ ।

समस्या र चुनौतिहरु
नेपालमा अहिले सामुदायिक रेडियो प्रसारकहरुका सामु प्राविधिक आर्थिक र सरकारी चुनौतिहरु गरि तीन प्रकारका समस्याहरु झेलिरहेका छन् । निर्माणाधिन ूरसुवा सामुदायिक एफ।एम।ू मा पनि यि तीन समस्याहरुनै प्रमुख समस्याका रुपमा रहेको छ । रसुवा हिमाली जिल्ला विकट र कम साक्षर रहेका कारण पनि प्राविधिक समस्या अन्य क्षेत्रको तुलनामा बढीनै पर्ने देखिन्छ । रेडियो उपकरण निर्माण जडान र मर्मत सम्बन्धि तालिम प्राप्त कोहि पनि छैनन र उक्त तालिम प्राप्त गर्न सकिने जिल्ला स्थित कुनै निकाय पनि छैन । यसले प्राविधिक क्षेत्रमा ठुलो समस्या देखाउँछ । आर्थिक क्षेत्रमा विश्वव्यापी रुपमा देखिएको मन्दि सँगसँगै ूरसुवा सामुदायिक एफ।एम।ू मा पनि ठूलो समस्या पर्दछ । आर्थिक समस्या नदेखिएको काम विरलै होला तर अन्य क्षेत्र जिल्लाको दाँजोमा रसुवामा धेरै श्रोत रहेका छन जस्ले सम्भावित आर्थिक दुरुपयोगलाई न्यूनिकरण गर्न मद्दत पुर्याउने छ । रसुवा जिल्ला भौगोलीक रुपमा ज्यादै ठूलो रहेको छ र धेरै अग्ला अग्ला हिमाल र पहाडहरु रहेका छन् । तसर्थ पुरै जिल्ला समेट्ने प्रसारण गर्नका लागि धेरै वाट (Watt) क्षमताको Radio Transmitterजडान गर्नुपर्ने देखिन्छ जसले आर्थिक खर्चमा वृद्धि गर्दछ ।
रसुवामा सामुदायिक रेडियोको सुचारु प्रभावकारी प्रसारणमा प्रविधि प्राविधिक समस्या एक जटिल समस्याको रुपमा देखा पर्दछ । जसको अन्तरसम्बन्ध आर्थिक पक्षसँग सिधा जोडिएको हुनेछ । रसुवा हिमाली जिल्ला हो । धेरै नै अग्ला अग्ला पहाडहरु ले भरिएको रसुवामा करिब ३००० मि। को उचाइमा पनि मानववस्ती सजिल्यै भेटिन्छ । उचाइमा मात्र नभई सोही अनुरुपको खोचमा पनि वस्ती रहेको छ । यसर्थ प्राविधिक रुपले कुन क्षेत्रमा टावर राख्न उपयूक्त हुन्छ भनि व्यापक अध्ययन अनुसन्धान पनि खर्चिलो विषय हो भने टावर राख्न उपयूक्त देखिएको स्थान च्बमष्य कतबतष्यल राख्न उपयूक्त नठहर्न पनि सक्दछ । रेडियो स्टेसन हुनका लागि विशेष पूर्वाधारयूक्त स्थान हुन जरुरी छ । पानी यातायात साचार स्वास्थ्य र बिजुली बत्तिको अनिवार्य सुविधारहेको क्षेत्र मात्र स्टेसन निर्माणको लागि उपयूक्त ठहर्दछ । यदि थप जनशक्ति र प्रविधिको जरुरत गराउँदछ जुन खर्चिलो हुन जान्छ । समुदायमा आधारित भएर साचालित हुने रेडियोहरुको लागि आर्थिक विषयवस्तु ज्यादैनै महत्वपूर्ण हुन्छ । निम्न आयभएका गरिबी जनता सिमित स्रोत साधन र भौगोलिक विकटताको रहेको रसुवाको समाज र त्यहि समाज मात्रामा निर्भर भएर रेडियो चलाउने पत्यत्न गर्नु आफैमा कम सहासीक कार्य भने होइन । भौगोलिक अवस्थाका कारण रेडियो ट्रान्समिटरको क्षमता ठूलो राख्नु आवश्यक छ । तर यसले वार्षिक नविकरणमा ठुलो मार बढ्न जानेछ ।
उपसंहार
जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ रसुवामा सामुदायिक रेडियो निर्माणका यि यावत समस्या र चुनौती रहेतापनि सबै पक्षहरु एकतावद्ध भएर सामुहीक पहल गर्ने हो भने सजिलै कठिनाइहरु पार गर्न सकिन्छ । नयाँ नेपालको संघिय स्वरुपको खाका कोरिदै गरेको संघारमा साचालनको चर्चा रहेको रसुवा सामुदायिक रेडियोले नयाँ नेपाल निर्माणमा रसुवा जिल्ला वासीहरुलाई सचेत जागरुक र कर्तव्यनिष्ठ बनाउनेछ भन्ने कुरामा कसैको दुइमत हुन सक्दैन एफ।एम रेडियोहरु साचालनमा आउने र बन्दहुने क्रम ज्यादै नै बढीरहेको वर्तमान परिपेक्षमा आवश्यक पूर्वाधार र पूर्वतयारी बाट निर्माण गरिने रसुवा सामुदयिक रेडियो हाल नेपालमा साचालनमा रहेको रेडियोहरुको प्रतिनिधित्व रेडियो वा नमुना रेडियो पनि बन्न सक्नेछ भन्ने नजिकैको सम्भावनालाई हामी सबैले आत्मसाथ गर्न जरुरी छ । Subash Agaman(9841464042)

3 Comments:

At 3:11 AM , Blogger Unknown said...

This comment has been removed by the author.

 
At 3:20 AM , Blogger Unknown said...

ramro6 aaru pani feature lekdai garnus la.

 
At 1:46 AM , Anonymous Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home