दुर्गम नेपालREMOTE NEPAL ले श्री सर्वोच्च अदालतमा चढाएको निबेदन पत्र
WHERE SPECTURM OF LIFE IS PAINTED. जहाँ पोतिन्छ्न् जीवनका रङहरु
CLEAR VIEW OF GOSAINKUNDA LAKE PILLIGRIMS IN THE HOLY BATH
तामाङ्ग जाति र गोसाईकुण्ड
सनातन संस्कारको प्रभाव धेरै समय सम्म रहिरहँदो रहेछ । किंवदन्तीले पनि यन्त्रिक अवस्था को यो समयलाई प्रभाव पारिरहेको अनुभव हामी हाम्रो संस्कारहरुमा सजिलै अनुभूति वा महसुस गर्न सक्छाँै्र । यस्तै किंवदन्ती कै आधारमा तामा‹ -गोलो) हरु आजभोली पनि गोसाईकुण्ड जान रुचाउँदैनन् । प्रचलित किंवदन्ति अनुसार सत्य यूगमा अहिले गोसाईकुण्ड भएको ठाउँमा देवी आराधना गर्ने एक जना गोले थरको लामा -पुरोहित) रहेछ । उसको दिनचर्या धर्मकर्म मा व्यथित हुन्थ्यो । एक दिन उसले एउटा गुम्बा बनाउने विचारले समुद्रको नागसँग सर्म्पर्क गरी सहयोग लिने कूरा गरेछ । उनीहरु बिच भएको सहमति अनुसार गुम्बा निर्माणका लागि आवश्यक सामाग्री सबै नागले व्यवस्था मिलाई दिने तर गुम्बा निर्माण पछि गोले लामा नागको आहारा बन्नु पर्ने हुन्छ । गुम्बाको काम धमाधम हुन थाल्छ । लामा बाजे आफुलाई गुम्बाको गर्भ गृह भित्र रहेको बेला कसैले बाधा बिध्न नगरुन भनि सबैलाई जानकारी गराउँछ । उता गोले लामा काम सकेपछि भागी जाने शंका गरि नागले गुम्बाको चारैतिर पुच्छरले बेरेर कहिँ कतैबाट भाग्न उम्कन नपाउने गर्राई ढोकाबाट टाउको छिर्राई लामालाई खाने दाउमा बस्छ । गोलेले मन्दिर भित्र देउताको प्रतिष्ठा पूजा अर्चना सबै गरी सकेरे तान्त्रिक बिद्याले नागका टाउकोमा समाई उसैलाई निल्न सुरु गर्छ । बिस्तार बिस्तार तान्दै खाँदै गर्दा मुख सम्म पुच्छर आइसकेको बेला अचानक बाहिरबाट कोही भित्र आएको थाहा पाई निल्न नभ्याएको पुच्छरको टुप्पाको अंश हत्तपत्त छाड्नु पर्छ । त्यही ठुटे पुच्छरको नाग अहिले गोले लामा बाजेको सन्तति सम्मलाई बाँकी नराख्ने भनि अद्यावधि गोसाईकुण्ड मा प्रतिक्षारत रहिआएको छ भन्ने जनश्रुतिको बिस्वास तामा‹ जातिहरुमा व्याप्त रहेको छ ।
त्यस्तै अर्को प्रचलित किंवदन्ती अनुसार सत्य युगमा एक गोले थरका झाँक्रिले कुण्डमा रहेको नागसँग लाडाइँ गर्ने अठोट लिई साथमा रहेकी श्रीमतीलाई “तिमी ढ्या‹ो बजाएर डिलमा बस, म नागसँग जुधेर त्यसलाई बाहिर लिएर आउँछु । म कुण्डबाट बाहिर निस्कदा मेरो जीउमा अक्षताले हिर्काइदिनु र ढ्या‹ो बजाउन नछोड्नु” भनी अहर््राई तन्त्रमन्त्रका साथ भैरवकुण्डमा केहिबेरको भिषण लडाइ पश्चात नागसँग बेरिएर बाहिर निस्कन लाग्दा उसकी श्रीमतीले नाग निस्किएको देखी अत्तालिएर अक्षताले जीउमा नहिर्काई ढ्या‹ो छोडि भागेकाले नागले युद्ध जिती झाँक्रिलाई सोही कुण्डभित्र लगेर मारेको हुँदा गोलेथरका मानिस नजाने र भैरवकुण्डमा स्नान नगर्ने चलन रहिआएको छ ।
CHEESE :LOCAL PRODUCTION
हुलाक टिकटमा गोसाईकुण्ड
मुख्यत संस्कृति, सम्पदाहरुको महत्व दर्शाउनका लागि यिनीहरुलाई हुलाक टिकटमा समावेश गरिन्छ । हुलाक टिकटमा आएका सम्पदाहरु राष्ट्रको पहिचान र गौरवको विषयवस्तु हो भनि बुझ्नू पर्दछ । यहि पंक्तिमा गोसाईकुण्ड पनि रहेको छ । गोसाईकुण्ड पनि रहेको छ । गोसाईकुण्ड अंकित भएको हुलाक टिकट दशकौं अघिदेखि प्रचलनमा रहेको छ । सन् १९७० जुन, ११ -२०२७ जेष्ठ २९) मा कलाकार के.के. कमाचार्यले डिजाइन गरेको ३६ह२५.५ मि.मि. साइज भएको ५ पैसा मुल्य बराबरको १ लाख थान गोसाईकुण्ड अंकित हुलाक टिकट प्रचलनमा आएको थियो । यो टिकट गभर्मेन्ट प्रिन्टीङ व्यूरो, टोकियो जापानमा मुद्रित गरिएको थियो । COLLECTING COCONUTS
नेपाली साहित्य र गोसाईकुण्ड
साहित्य र प्रकृतिको अन्योन्याश्रीत सम्बन्ध रहेको छ । साहित्यमा प्रकृति अनिवार्य तत्व झैं रहेको छ । धार्मिक तथा प्राकृतिक रमणीयताले भरिपर्ूण्ा गोसाईकुण्ड धेरै र्सजकहरुको सृजनाको आधार र श्रोत हो । गोर्सइकुण्डको विषय वस्तुलाई लिएर दर्जनौ साहित्यिक कृतिहरु नेपाली साहित्य क्षेत्रमा प्रकाशित भएका छन् । धेरै वृत्तचित्रहरु पनि निर्माण भएका छन् । यहाँ प्रमुखतः केही गोसाईकुण्ड विषयवस्तुमा केन्द्रीत भएर लेखिएका पुस्तकहरुको चर्चा गरिन्छ । जनकवि केसरी धर्मराज थापाद्धारा लिखित “नीलकण्ठर्-दर्शन” पुस्तकमा मूलत गोसाईकुण्ड यात्रा लाई ग्यात्मक शैलीमा लेखिएको छ । २०५६ मा जनकवि केशरी धर्मराज -सावित्रि थापा गुठी, स्वयंभू, काठमाडौं द्धारा प्रकाशित यो पुस्तकमा गोसाईकुण्ड को उत्पतिको सर्न्दर्भ यसरी लेखिएको छ ।
लाङटाङ हिमाल हिँउको रास हिमैहिउँको तौवा,
धोद्रै वरले बोलाउँदैछ त्यो लेकाली कौवा ।
धतुराउदै महादेवले जसै त्रिशुल गाडे,
तीन धारा मूल फुटे पहरालाई छाडे ।
-निलकण्ठ दर्शन १००)
त्रिशुलीको जनम भयो जम्छ गोसाईकुण्ड ,
कुण्डमानै हम्फालेर शिव बने शान्त ।
-निलकण्ठ दर्शन १०१)
यस्तै यूवा साहित्यकार प्रह्लाद पोख्रेल द्धारा लिखित, हेरसकद्धारा २०५६ मा प्रकाशित गोसाईकुण्ड -यात्रा काव्य) मा काठमाडौ देखि गोसाईकुण्ड सम्मको पाँचदिनको भ्रमण समेटिएको छ । पानी नै रचनाको उर्जा रहेको कुरा कविले कृतिमा समेटेका छन् ।
पानी जीवन हो समस्त रचना हर्ुकन्न पानी बिना
आँखा मात्र भएर हुन्न जसरी देखिन्न नानीबिना
आँखा हुन्छ भने चराचर जगत पानी त नानी न हो
पानी नै नभए बचिन्छ कसरी आधार पानी त हो ।
-गोसाइँकुण्ड ३७)
त्यसै गरी कविले गोसाईकुण्ड को बिचित्रता र रमणीयताको प्रशंसा गर्न पनि पछि परेका छैनन् ।
पानी टनन जमेसमान हिउँको चक्का छ ऐनासरि
कल्ले र‹भरे हुनन् नि यसरी यस्ता अनेकौँ थरी
कालो र‹ कतै कतै छ हरियो नीलो कतै देखिने
सेतो स्वच्छ कतै उही छ जल ता र‹ििवर‹
-गोसाईकुण्ड ३७)
यसै बीचमा घटराज भट्टर्राई द्धारा लिखित, यज्ञ विक्रम राणाले २०४६ सालमा प्रकाशित गर्नुभएको गोसाईकुण्ड -यात्रा वृतान्त) पनि ज्यादै रोचक र सन्देश मुलक रहेको छ । यो यात्रा संस्मरण आत्मपरक शैलिमा लेखिएको छ । विभिन्न तस्वीरहरु पनि संकलित यस कृतिमा मूलत गोसाईकुण्ड यात्रा क्रममा पर्ने महत्वपर्ूण्ा स्थानहरुको चिनारी पनि दिइएको छ । नयाँ तर्ीथ यात्राका निति यो पुस्तक सर्न्दर्भ सामग्री बन्न सक्दछ । यी यस्तै थुप्रै पुस्तकहरु गोसाइँकुण्डको विषयमा प्रकाशित भएका छन् TAKING REST
गोसाईकुण्ड सँग सम्बन्धित अन्य पक्ष
नेपाली जनसमुदायमा चिसो पवित्र गोसाईकुण्ड को जल बगेर पाटनको कुम्भेस्वर मन्दिरको एउटा सानो कुण्डमा आउने अझसम्म पनि विस्वास गरिन्छ । त्यसैले गोसाईकुण्ड मा मेला लाग्ने जनैपुणिर्माको दिन यहाँ पनि ठुलो मेला लाग्ने गर्दछ । कालकुट विषको पीडाबाट मुक्त भएको कारण जनैपुणिर्माको अघिल्लो दिन पशुपतिनाथको मन्दिर बन्द रहन्छ । श्रावण शुक्ल पुणिर्माको अघिल्लो दिन पशुपतिनाथ छोडेर शिवजी गोसाईकुण्ड जान्छन् भन्ने विस्वास गरिन्छ । धुलिखेल नजिकै महादेव पोखरी डाँडामा रहेको सानो पोखरीलाई पनि गोर्साईस्थानको नामले पुज्ने चलन छ ।
नेवारी समुदायमा गोसाईकुण्ड तर्ीथलाई शिलु तर्ीथको नामले चिनिन्छ । यस समुदायबिच श्रीमान श्रीमती एकै साथ गोसाईकुण्ड को यात्रा गर्न नहुने विस्वास रहेको छ । यो विस्वासको पुष्टिका लागि अठारौँ सताब्दी देखि नै लोकप्रीय रहेको “शिलुतिर्थ” नामक नेवारी लोकगीतलाई लिनु सान्दर्भिक रहन्छ ।
यो गीतमा तत्कालिन समयको धार्मिक, सामाजिक र राजनितिक अवस्थाको राम्रो चित्रण गरिएको छ । यो गीतमा पतिले गोसाईकुण्ड यात्रामा सँगै श्रीमती लैजाने मन नगर्दा जबर्जस्ती श्रीमतीसँगै तर्ीथमा पुगेको, कुण्डमा राजाद्धारा पत्नीको हरण भएको, पत्नी विरहका कारण पति जोगी भएको, उता पत्नीले रानी बन्न पुगेपछि जोगीहरुलाई भोज खुवाउँदा आफ्नो जोगी श्रीमानसँग भेट भएको र आफुपनि जोगीको भेषमा भागेको कुरा ज्यादै कारुणिक, साहसिक रुपमा व्यक्त गरिएको छ । साथै कथामा गोर्साईकूण्ड यात्राको दौरानमा पर्ने धर्मस्थल पाँचमाने फेँदी, जाइफेल पौवा, रानीपौवा, चतुरालाी पौवा, नूवाकोट बेसी, धैबुङ, भिमली, धुन्चे, लौरी विनायक, गोसाईकुण्ड गरी ११ वटा विश्राम स्थलको नाम पनि बताइएको छ । यसै कथालाइ आधार मानेर नेपाल भाषामा “शिलू” नामक रंगिन चलचित्र पनि बनेको छ । MOUIST OF RASUWA COLLECTING DONATIONS FROM PILLIGRIMS
उपसंहार
गोसाईकुण्ड पानी हो, आँखाको नानी हो । पानी स्वच्छता, निर्मलता, पवित्रताको प्रतीक हो । सतहबाट मात्र हेर्यौ भने निलो र‹ देखिन्छ । गहिर्राई पुग्यौंभने कूनै र‹ भेटिन्न । यही पानीको रुपबाट धेरै कुरा पाउन सकिन्छ । गोसाईकुण्ड को सुधार र संरक्षणका सम्बन्धमा विभिन्न पक्षबाट बनाइएको कार्यक्रमलाई फाइलमा नअड्काई पर्ूण्ा रुपमा कार्यान्वयनमा लैजान पर्ने समय आइसकेको छ । यात्रुहरुले चढाउने भेटीको पारदर्शी रुपमा संकलन र सदूपयोग गरिनु पर्दछ । गोसाईकुण्ड यात्राको बहपक्षिय महत्वको विषयमा प्रचार प्रसार गरिनु आवश्यक छ । तर्ीथयात्राका लागि जाने स्वदेशी तथा विदेशी दुवै किसिमका यात्रुहरुमा सामान्य करको व्यवस्था गरी करबाट प्राप्त रकमले यात्रुहरुको हित, गोसाईकुण्ड को संरक्षण र प्रचार प्रसारमा लगाउन सक्यौं भने अझ राम्रो हुनेछ । एउटा बृहत समिति वा समूह बनाइ पृथ्वीनारायण शाहले व्यवस्था गरेको तर्ीथ यात्रुहरुलाई दही र घुम दिने चलनलाई निरन्तरता दिने कोशिस गरियो भने इतिहास बनिसकेको त्यो परम्पराले पुनर्जीवन पाउने कुरामा दर्ुइ मत हुनै सक्दैन । रसुवा जिल्लाका विभिन्न स्थानहरुमा पाइएका विभिन्न शिलालेखहरुको अध्ययन र अनुसन्धानले यसको धार्मिक र ऐतिहासिक महत्वका विषयमा थप तथ्यहरु पत्ता लाग्न सक्दछन् । यसका लागि संरक्षणको अभाव झेलिरहेका लहरेपौवा, भीमसेनस्थान -माझगाउँ), रसुवागढी लगायतका स्थानहरुमा रहेका शीलालेखहरुको अध्ययन र संरक्षण हुन आवश्यक छ । पृथ्वीनारायण शाह गोसाईकुण्ड स्नान गरी फर्केपछि निर्माण गर्न लगाएका बेत्रावतीको राममन्दिरमा पनि शिलालेख रहेका कुरा बुढापाकाहरु बताउँछन् । थप तथ्य आउन सक्ने उक्त शिलालेख कहाँ रहेको छ र त्यो पनि खोजिको विषय नै छ । अहिले गोसाईकुण्ड क्षेत्रलाई राष्ट्रिय सम्पदा र सिमसार क्षेत्रको सूचिमा राख्न खोजिनुले पनि यसको महत्व र चुनौती बढाएको छ । सूचना र प्रविधीको यो युगमा हामीले गोसाईकुण्ड को यावत विषयवस्तुलाई ध्भदकष्तभ, क्ष्लतभचलभत मार्फ विश्व जगतमा पु-याउनु आजको प्रमुख अवश्यकता हो । यसको माध्यमबाट हामीले स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमनमा बृद्धिगर्न सक्दछौं भन्ने कुरामा दर्ुइमत छैन । वृत्तचित्रहरुको निर्माण र पर््रदर्शनी हुनु जरुरी छ । वर्षोनी तिर्थालुहरुबाट सुझावहरु संकलन गर्ने र क्रमिक रुपमा सुझाव अनुरुप सुधार्दै लैजानुले पनि गोसाईकुण्ड एउटा महत्वपर्ूण्ा धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलको रुपमा विश्व प्रख्यात हुन समय लाग्ने छैन । अनन्तः आफ्ना अंग पगाली जलाशयको जन्म दिने हिमाल र विष सेवन गरी विश्व रक्षा गर्ने भगवान शिवले देखाएको बाटोमा एउटा सिँढी मात्र उक्लन सकियो भने मान्छे मानव बन्नेछ ।
सर्न्दर्भ सामग्रीहरु
१) वेत्रागंगा, वर्ष१, अंक १ २०६१
२) प्रहरी, वर्ष४२,२०५७, फाल्गुण १ गते अंक ६ ।
३) शैक्षिक पुञ्ज स्मारिका, नेपाल शिक्षक संगठन रसुवा २०६०
४) गोरखा पत्र २०५७ श्रावण
५) रसुवा पार्श्व चित्र २०५९, जिल्ला विकास समिति रसुवा ।
६) नुवाकोट, प्रथम नुवाकोट महोत्सव २०६३ विशेष ।
७) पौड्याल कैलाशनाथ, पौराणिक इतिहास ।
८) दीप स्मारिका, शिक्षण विकास केन्द्र, रसुवा २०५७ ।
९) तिर्थ पर्यटन, दायित्व वाङमय प्रतिष्ठान ।
१०) स्थलगत अध्ययन तथा सम्बन्धित व्यक्तिहरुसँग छलफल
11)Hardayal Singh (Glimpses of Nepal philately and postage stamps of Nepal)
12)www.agaman.blogspot.com
NOTE:
HERE ARE SOME GRAMMERTICAL MISTAKES BECAUSE OF THE FONTS PROBLEMS .DEAR READER WHO WANT TO GET MORE INFORMATION YOU HEARTLY REQUEST YOU TO INFORM ME I WILL TRY MY BEST.(CONT. NO. 9841464042(Cell),016916223(Home)

DEMANDED PAPER:CHILIME SAROKAR SIMITEE
AGREEMENT PAPER:CHILIME H.P. PROJECT AND CHILIME SAROKAR SAMITEE
NEWS : STRUGGLE OF REMOTE NEPAL FOR GURANTEED OF 33%SHARES FOR PEOPLE OF RASUWA AS AFFECTED AREA
HEAD GATE :CHILIME H.P.PROJECT,SHYAPRUBENSI, RASUWA
हात्ति आयो हात्ति आयो फुस्सा भन्ने उखान अहिले भोगाइमा परिणत हुन लागिरहेको छ रसुवाबासीलाई । कुरा चिलिमे जलबिद्युत आयोजनाको हो । रसुवा जिल्लामा अवस्थित चिलिमे जलविद्युत आयोजना नेपाल बिद्युत प्राधिकरण आफैंले स्वदेशी पूँजीबाट निर्माण गरेको नेपालको पहिलो आयोजना हो । यसको सन्तोषजनक सम्पन्नताले नेपाल विद्युत प्राधिकरणलाई निकै हौसला दिएको छ । यो आयोजना बनाउने क्रममा बिद्युत प्राधिकरणलाई पूरा रसुवाबासीले आफ्नो बलबुद्धिले भ्याएसम्म सहयोग गरेका थिए । हामीले अहिले बारम्बार सुन्ने गरेका छौ कहि कतै यस्तो आयोजना बनाउने सन्दर्भमा स्थानीय जनताबाट निकै बाधा अवरोधहरु खडा भएका छन् । लगानी पक्षले लामो सडक बनाउनुपर्ने सडक लगायत अन्य क्षेत्रमा मुआब्जा दिनुपर्ने प्रभावित क्षेत्रको शिक्षा स्वास्थ रोजगार लयागत अन्य विकासका कार्यहरुमा सहयोग पूउनुपर्ने यी आदि समस्याहरु लगानीकर्ताहरुले भोगिरहेका छन् । तर चिलिमेको सन्दर्भमा रसुवाबासीहरुले यी विषयहरुमा कहिल्यै अवरोध खडा गरेनन् । गौरवान्वित थिए रसुवाबासीहरु आफ्नै जिल्लामा यस्तो आयोजना बन्न लागेकोमा । आफ्नो घरअगडिबाट भारी लोड बोकेर कयौ चिलिमेका गाडिहरु गुड्दा अस्त व्यस्त भएका सडकहरु आफैं मर्मत गर्दै हौसलापूर्वक सहयोग गरिरहे तर यस आयोजनाप्रति कहिल्यै कुनै कुरा पनि उठाएनन् ।यस आयोजनाबाट पाउनुपर्ने सबै हक अधिकारबाट विाचत बनाएर चिलिमेले रसुवाबासीलाई फुस्सा बनाउन खोजेको त होइन केहि सहयोगका क्षेत्रमा राम्रा काम गर्न खोजेपनि विगत्मा प्रतिबद्ध गरिएका र उसको दायित्व भित्र पर्ने कयौ कामहरु यसले गर्न नसकिरहेको हुँदा रसुवा लगायत आयोजना बन्ने र बन्न लागेका सम्पूर्ण क्षेत्रका वासिन्दा हरुमा शंका को विषय बन्न पुगेको छ चिलिमे जलविद्युत् आयोजना । 
.jpg)