Wednesday, June 24, 2009

दुर्गम नेपालREMOTE NEPAL ले श्री सर्वोच्च अदालतमा चढाएको निबेदन पत्र

श्री सर्वोच्च अदालतमा चढाएको
निबेदन पत्र
विषय - नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ तथा १०७२ बमोजिम उत्प्रेषण परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरिपाउँ ।


रसुवा जिल्ला धुन्चे गा।वि।स। वडा नं। ५ मा रहेको दुर्गम नेपालREMOTE NEPAL नामक गैरसरकारी संस्थाका तर्फबाट ऐ। का अध्यक्ष रसुवा जिल्ला लहरे गा।वि।स। वडा नं। २ बस्ने वर्ष ४६ का महेन्द्रराज आचार्य ……………………१
ऐ। मा रहेको दुर्गम नेपाल REMOTENEPALका तर्फबाट ऐ। का उपाध्यक्ष रसुवा जिल्ला स्याप्रु गा।वि।स। वडा नं। ५ बस्ने वर्ष ३७ का फुर्पा तामाङ………………१
दुर्गम नेपाल REMOTE NEPAL का तर्फबाट ऐ। का सचिव रसुवा जिल्ला लहरेपौवा गा।वि।स। वडा नं। १ बस्ने वर्ष २३ का सुवास आचार्य …………………१
विरुद्ध
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय िसंहदरबार काठमाण्डौ …।१
नेपाल सरकार जलश्रोत मन्त्रालय िसंहदरबार काठमाण्डौ ……………………………।१
नेपालधितोपत्र बोर्ड काठमाण्डौ …………………………………………………………१
कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाण्डौ …………………………………॥१
जिल्ला विकास समिति धुन्चे रसुवा ……………………………………………………॥१
साचालक समिति नेपाल विद्युत प्राधिकरण रत्नपार्क काठमाण्डौ ……………………।१
साचालक समिति चिलिमे जलविद्युत कम्पनी लिमिटेड ज्ञानेश्वर काठमाण्डौ ………।१
अध्यक्ष उत्तरकुमार श्रेष्ठ चिलिमे जलविद्युत कम्पनी लिमिटेड ज्ञानेश्वर काठमाण्डौ ॥१
प्रबन्धक लिलानाथ भट्टराई चिलिमे जलविद्युत कम्पनी लिमिटेड ज्ञानेश्वर काठमाण्डौ।१
हामी निवेदकहरु सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४० बमोजिम निवेदन वापत् लाग्ने दस्तुरको रसिद यसैसाथ संलग्न गरी देहाय अनुसार निवेदन गर्दछौ
। दुर्गम नेपालू REMOTE NEPALग्रामिण र दुर्गम जनसमुदायलाई लक्षित गरी तिनीहरुको जिवनस्तर अभिवृद्धि गर्ने कार्यमा समर्पित रही काम गर्दै आएको एक गैरसरकारी संस्था हो । विविधतायुक्त प्राकृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै त्यसको समुचित उपयोगबाट ग्रामिण समुदायको आर्थिक शैक्षिक एवम् सामाजिक सुधार गरी मुलुकको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले यो संस्था रसुवा जिल्लामा स्थापित भै कि्रयाशित रहदै आएको छ । मुलुकको पहिलो नमुना जलविद्युतको रुपमा रहेको चिलिमे जलविद्युत कम्पनीले रसुवा जिल्लाकै प्राकृतिक स्रोत साधनको उपयोग गरेको हुनाले सो जलविद्युत कम्पनीले पार्ने प्रभाव सार्वजनिक सराकारको विषय हुने कुरामा विवाद छैन् । चिलिमे जलविद्युत कम्पनीले रसुवा जिल्लाको प्राकृतिक सं्रोत सम्पदाको उपयोग गरी सार्वजनिक हक हित र सरोकारको कार्यमा प्रभाव पारेको हुँदा सो कार्यमा यस संस्थाको गम्भिर सरोकार रहन्छ ।
।रसुवा जिल्लाको साङ्जेन हिमालबाट बग्ने चिलिमे खोला गोल्झुङ्ग चिलिमे गाउँ हुँदै स्याप्रुवेसीमा मिसिएको छ । सो खोला चिलिमे स्याप्रु र गोल्झुङ्ग गा।वि।स। हुँदै बगेको छ । त्यस भेगका रैथाने आदिवासी तामाङ्ग जनजाती लगायतका जनताहरुले सो खोलाबाट कृषि पेशा साचालन गर्दै आएका छन् । रसुवा जिल्लामा चिलिमे खोला प्राकृतिक सं्रोतको दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ । तत्कालीन श्री ५ को सरकारले चिलिमे जलविद्युत परियोजना स्वीकृत गरी सो खोलामा २०५३ साल देखि निर्माण कार्य शुरु गर् यो । रसुवावासीले जलविद्युत परियोजनाबाट जनताको हक हितमा प्रतिकूल असर पार्ने कुरा बारम्बार अनुरोध गरेका थिए । रसुवाबासीको आवाजको वेवास्ता गरी नेपाल सरकार र चिलिमे जलविद्युत कम्पनी समेतले २२।५६ मेघावाट क्षमताको विद्युत उत्पादन गरी केन्द्रिय प्रशारण लाईनमा प्रवाह गरेको अवस्था छ ।
। स्थानीय जनताको स्वास्थ्य वातावरण तथा आर्थिक पक्षमा प्रत्यक्ष असर पार्ने चिलिमे खोलाको पानीलाई चिलिमे खोलामा ड्याम बनाई गोल्झुङ्ग गा।वि।स।sाे जमिन मुनिबाट सुरुङ निर्माण गरी स्याप्रुबेसीमा विद्युत उत्पादन गृह बनाई आयोजना साचालन गरिएको छ । विकास निर्माणका कार्य सम्बन्धित क्षेत्रका जनताको स्वास्थ्य वातावरण सामाजिक तथा आर्थिक स्थिती जैविक विविधतालाई ख्यालमा राखेर जनताको हक हितलाई प्रतिकूल असर नहुने ढंगले परियोजनाहरु साचालन गर्नुपर्दछ । तर उक्त परियोजना रसुवा जिल्लाका जनताको हक हितमा ध्यान दिई साचालन गरिएको छैन् । रसुवा जिल्लाका जनताको उत्थानको लागि विकासका हरेक कि्रयाकलापमा स्थानीयवासीको स्वामित्व सहितको सहभागितामूलक साझेदारी अनिवार्य हुनुपर्दछ । स्थानियवासीले प्रत्यक्ष रुपमा विकासको प्रतिफल पाउन नसक्ने हो भने विकासको कुनै अर्थ रहँदैन् । परियोजनाको सुनिश्चित भविष्यका लागि स्थानीयवासीमा अपनत्वको भावना जागृत हुनुपर्दछ । आफ्नै घर आँगनको मूल पानीको उपयोगबाट प्राप्त हुने नाफा नोक्सानको हिस्सा त्यहीका स्थ्ानीयवासीलाई दिईनुबाट विाचत गराईनु कुनै पनि दृष्ट्रिकोणले न्यायोचित हुँदैन् । परियोजनाको तत्कालिन र दिर्घकालिन प्रभावको बारेमा कुनै चाँसो देखाईएको छैन् । विपक्षी जि।वि।स। समेतले परियोजनाले प्रभाव पार्ने जनहितको विषयमा चाँसो देखाएको छैन् । हिउँद याममा चिलिमे खोलाको पानी विद्युत गृहमा लैजाँदा जनताको कृषि पेशामाथीको संकट सुख्खापनको कारणले सीमसारको मुहान सुक्ने सुरुङ्ग क्षेत्रको पुरै रुख विरुवा नष्ट हुँदै जाने फलस्वरुप जङ्गल नै विनास हुनजाने अवस्था देखा परेको कारण त्यस भेगका जनताहरुको जिवनयापन अत्यन्त कष्टपूर्ण हुनपुगेको छ । यस्तो अवस्थामा पनि नेपाल सरकार र परियोजनाले सार्वजनिक हितको वेवास्ता गरेको छ ।
।यसैबिच जनताको हक हित र सरोकारको विषयलाई लिएर मिति २०६३/०९/३० मा चिलिमे जलविद्युत कम्पनी र उपभोक्ता सरोकार समिति बीच संयुक्त वैठक बसेको थियो । सो वैठकले सर्वसाधारणलाई छुट्याइएको २४% शेयर मध्येबाट ८% करिब १८०००० कित्ता शेयर प्रभावित क्षेत्रका जनतालाई दिने निर्णय गरी सहमति भएको थियो । सहमति र समझदारी कार्यान्वयन नै नगरी सर्वसाधारणलाई छुट्याइएको भनिएको २४% शेयरको सम्बन्धमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयर आह्वान गर्ने निर्णय गरी विपक्षी मध्येको नेपाल धितोपत्र बोर्डसँग स्वीकृति प्राप्त गरी मिति २०६६/०२/२३ को कान्तिपुर राष्ट्रिय दैनिकमा शेयर दरखास्तपत्र आह्वान गरेको थियो । आयोजना प्रभावित चिलिमे गोल्झुङ्ग र स्याप्रु गा।वि।स। का जनताहरुलाई जम्मा २३०४००० कित्ता साधारण शेयर मध्ये ११५२०० कित्ता शेयर ४६०८० कित्ता शेयर रसुवा जिल्ला भित्रका कालिका सामुदायिक अस्पताल सामुदायिक क्याम्पसहरु सामुदायिक उच्च माध्यमिक विद्यालयहरु गोसाईकुण्ड विकास समिति गा।वि।स। र जि।वि।स। लाई र ५०० कित्ता शेयर पार्वती कुण्ड मा।वि। रसुवालाई छुट्याइएको भनी सो कान्तिपुर राष्ट्रिय दैनिकमा शेयर आह्वान पत्रको सूचना प्रकाशित गरिएको थियो । यसरी विपक्षी चिलिमे जलविद्युत लिमिटेडको शेयर निश्कासन गर्ने निर्णय र सो निर्णयलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिने गरी गरेको निर्णय र कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित सूचना समेत् संविधान प्रदत्त सार्वजनिक हक हित तथा सरोकार सम्बन्धी हकको प्रतिकूल छ ।
।विपक्षीहरुबाट गरेभएको उल्लिखित कामकारबाही एवम् निर्णय देहाय बमोजिम संविधान प्रदत्त सार्वजनिक हित तथा सरोकार र कानूनी प्रावधान विपरित छ
धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०६५ को नियम ७१ मा कुनै पनि संगठित संस्थाले आफ्नो धितोपत्र एकपटकमा ५० जना भन्दा बढी व्यक्तिहरुलाई बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र सार्वजनिक निश्कासन गरी बिक्री वितरण गर्नु पर्ने भन्ने व्यवस्था छ । धितोपत्र सार्वजनिक निश्कासन गरी बिक्री गर्ने भएमा सम्बन्धित संगठित संस्थाले आफ्नो जारी पूंजीको कम्तीमा ३०% शेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि छुट्याउनु पर्ने व्यवस्था गरिएको छ । विपक्षी चिलिमे जलविद्युत कम्पनी लिमिटेडले जारी पूंजीको ५१% नेपाल विद्युत प्राधिकरणलाई २५% नेपाल विद्युत प्राधिकरणमा कार्यरत र सेवा निवृत्त कर्मचारीहरु तथा प्राधिकरणका साचालक पूर्व साचालकहरु र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीहरुलाई तथा २४% मात्र सर्वसाधारणलाई शेयर बिक्री गर्ने व्यवस्था भएको कुरा उल्लेख गरी चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई छुट्याईएको २४% शेयर बिक्री गर्ने प्रयोजनका लागि तयार गरिएको आफ्नो विवरणपत्र स्वीकृतिको निम्ति नेपाल धितोपत्र बोर्डमा पेश गरिएको थियो । सो आधारमा नेपाल धितोपत्र बोर्डले शेयर निश्कासनका लागि मिति २०६६/०२/०४ मा स्वीकृति प्रदान गर् यो । नेपाल धितोपत्र दर्ता तथा निश्कासन नियमावलीले जारी पूंजिको ३०% शेयर सर्वसाधारणलाई बिक्री गर्नको लागि छुट्याउनु पर्ने बाध्यकारी व्यवस्था गरेको अवस्थामा कानूनको गम्भिर उलङ्घन गरेर प्रत्यर्थी चिलिमे जलविद्युत कम्पनीको जारी पूंजीको २४%मात्र शेयर सर्वसाधारणलाई छुट्याउने र बिक्री गर्ने निर्णयलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिने गरी गरेको निर्णय कानून विपरित छ ।
धितोपत्र दर्ता तथा श्किासन नियमावली २०६५ को नियम ७५ मा सार्वजनिक निश्कासनद्वारा धितोपत्र निश्कासन गर्ने संगठित संस्थाले सर्वसाधारणलाई छुट्याइएको शेयर मध्ये ५% सम्म शेयर संस्थामा कार्यरत कर्मचारी तथा बढीमा ५% सम्म संस्थाको जलविद्युत रहेको क्षेत्रका बासिन्दाहरुको लागि छुट्याउन सक्ने कुरा उल्लेख छ । विपक्षी चिलिमे जलविद्युत कम्पनी लिमिटेडले जारी पूंजीको ३०% शेयर सर्वसाधारणको लागि छुट्याई सकेपछि सो शेयर मध्ये ५% चिलिमे जलविद्युत कम्पनीको कर्मचारीलाई छुट्याउनु पर्दछ । विपक्षी चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्नो संस्थाको कर्मचारी समेतलाई जारी पूंजीको २५% शेयर छुट्याएको छ । तर सर्वसाधारणहरुलाई छुट्याउनुपर्ने जारी पूंजीको ३०% शेयरमध्ये ५% मात्र संस्थाका कर्मचारीहरुलाई छुट्याउनु पर्ने कुराको गम्भिर रुपमा विपक्षीले उलङ्घन गरेको छ । सर्वसाधारणलाई छुट्याईएको ३०% शेयरमध्ये ५% जलविद्युत रहेको क्षेत्र रसुवा जिल्लाका वासिन्दाहरुलाई छुट्याउनु पर्दछ भन्ने कुरा स्पष्ट व्यवस्था गरिएको छ । रसुवा जिल्ला नेपालको अन्तरिम संविधान २०६३ को धारा ६३३क बमोजिम एक निर्वाचन क्षेत्र तोकिएको छ । जस बमोजिम संविधानले नै रसुवा जिल्ला एक क्षेत्र भएको स्पष्ट व्यवस्था गरेको हुँदा विपक्षी चिलिमे जलविद्युत कम्पनीले जारी पूंजीको ३०% शेयर अनिवार्य रुपमा सर्वसाधारणको लागि छुट्याउनु पर्ने शेयरमध्ये ५% रसुवा जिल्लाका जिल्लाबासीहरुले पाउनुपर्ने कुरा कानूनतः स्पष्ट छ । सर्वसाधारणलाई छुट्याईएको शेयरमध्ये ८% शेयर रसुवा जिल्ला क्षेत्रभित्रका ३ गा।वि।स। चिलिमे स्याप्रु र गोल्जुङ्गाका जनतालाई दिने भनी चिलिमे जलविद्युत उपभोक्ता सरोकार समिति र विपक्षी चिलिमे जलविद्युत कम्पनी लिमिटेडबीच भएको मिति २०६३/०९/३० को सम्झौता बमोजिम नै हुनुपर्दछ सो समझदारी पत्र बमोजिम कार्य गर्दा रसुवा जिल्लाका अन्य १५ गा।वि।स। लाई असर गर्ने होईन् । त्यस्तो समझदारी र सहमति पालना गर्दा धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०६५ को दफा ७१ बमोजिम जारी पूंजीको ३०% शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भन्ने व्यवस्था अनुसार ३०% शेयरमध्ये ८% प्रत्यक्ष प्रभावित ३ गा।वि।स। लाई सहमति र समझदारी बमोजिम शेयर दिनुपर्दछ । तबमात्र सहमति समझदारी र कानूनको वास्तविक पालना भई सार्वजनिक हक हितको प्रत्याभूत हुन्छ
नेपालको अन्तरिम संविधान २०६३ को धारा १३१ मा सबै नागरिक कानूनको दृष्ट्रिमा समान हुनेछन् । कानूनको समान संरक्षणबाट कसैलाई पनि विाचत गरिने छैन् भन्ने व्यवस्था गरिएको छ । विपक्षी चिलिमे जलविद्युत कम्पनी लिमिटेडले विद्युत प्राधिकरण तथा सो प्राधिकरणमा कार्यरत र सेवा निवृत कर्मचारीहरु प्राधिकरणका साचालक पूर्व साचालकहरु र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीहरुलाई रु। १००अंकित मूल्यमा जारी पूंजिको ७६% शेयर २०६२ सालमा नै बिक्री गरिसकेको छ । बिक्री गर्न बाँकी सर्वसाधारणलाई छुट्याइएको भनिएको नियमावली विपरितको २४% शेयरको हकमा प्रति साधारण शेयर रु। १००अकित मूल्यमा रु। २२३.७० पि्रमियम थप गरी प्रति शेयर रु। ३२३.७० का दरले भुक्तानी गर्नु पर्ने भनी गरेभएको चिलिमे जलविद्युत कम्पनी लिमिटेड र नेपाल धितोपत्र बोर्डको निर्णय समानताको हक विपरित भएको स्पष्ट छ । कम्पनीको ७६% शेयर लिने व्यक्तिले हालसम्म पटक-पटक मुनाफा लाभांस समेत् बुझिसकेका छन् । समान उद्देश्यका लागि समान धारणा र समान परिवेशमा जन्मिएका ३ पक्षहरु मध्ये २ पक्षलाई प्रति शेयर रु। १००मा उपलब्ध गराईएकोमा तेस्रो पक्ष सर्वसाधारणलाई रु। २२३.७० थप गरी प्रति शेयर रु। ३२३.७० मा बिक्री गर्ने गरी भएको विपक्षीहरुको निर्णय समानताको मर्म र भावना विपरित छ । समान विषयमा असमान हुनेगरी भएको विपक्षीहरुको निर्णयले सार्वजनिक हित र सरोकारमा गम्भिर असर पुगेको छ ।
अन्तराष्ट्रिय श्रम संगठनको आदीवासी जनजातीहरुसँग सम्बन्धित महासन्धीको धारा १६९ ले आदीवासी जनजातीहरुको सम्बन्धमा प्रत्याभूत गरेको अधिकार तथा सुविधाहरु र त्यस अन्तर्गत राज्यले पुरा गर्नु पर्ने दायित्वहरु समेत प्रस्तुत रिट निवेदन सम्बन्धमा सान्दर्भिक भएको निवेदन गर्न चाहन्छौ ।
।अतः चिलिमे जलविद्युत कम्पनी लिमिटेडले जारी पूंजीको २४% शेयर सर्वसाधारणलाई छुट्याउने गरी भएको निर्णय र सो निर्णयको आधारमा कम्पनीले शेयर निश्कासनको लागि नेपाल धितोपत्र बोर्डमा पेश गरेको विवरणपत्रका आधारमा स्वीकृति दिएको धितोपत्र बोर्डको मिति २०६६/०२/०४ को निर्णय र सोका आधारमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई शेयर बिक्री गर्ने मिति २०६६/०२/२३ को कान्तिपुर दैनिकमा प्रकाशित सूचना धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०६५ को नियम ७१५ र नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७२ विपरित भएकोले सो निर्णय र कान्तिपुर दैनिकमा प्रकाशित सूचना सार्वजनिक हित र सरोकार प्रतिकूल भएकोले उक्त निर्णय र सूचना उत्प्रेषणको आदेशले बदर घोषित गरिपाउँ । धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०६५ को नियम ७१ बमोजिम जारी पूंजीको ३०% शेयर सर्वसाधारणको लागि छुट्याई चिलिमे जलविद्युत कम्पनी लिमिटेड र उपभोक्ता सरोकार समितिबीच भएको मिति २०६३/०९/३० को सम्झौता बमोजिम जल विद्युत आयोजनाबाट सर्वसाधारण जनताहरुलाई छुट्याईएको शेयर मध्येबाट ८% शेयर प्रत्यक्ष प्रभावित तीन गा।वि।स। क्रमशः चिलिमे स्याप्रु र गोल्झुङ्गका जनताहरुलाई दिने गरी भएको संझौता बमोजिम गर्नु सार्बजनिक हितलाई ध्यानमा राखि आयोजनाले प्रभाव पारेका स्थानका जनताहरुलाई प्राकृतिक सम्पदाको समुचित उपयोग गर्नदिनु र धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०६५ को नियम ७५ बमोजिम आयोजनाले प्रभाव पार्ने क्षेत्र रसुवा जिल्लाबासीहरुलाई सर्वसाधारणको लागि छुट्याउनुपर्ने ऐ। नियमावलीको नियम ७१ अनुसार ५% शेयर छुट्याई तथा समान परिवेशमा जन्मिएका ३ पक्ष मध्ये २ पक्षलाई रु। १००÷- मा कम्पनिको शेयर बिक्री गरिसकेको हुँदा सोही बमोजिम तेस्रो पक्ष सर्वसाधारणलाई पनि प्रति शेयर रु। १००मा नियमावली बमोजिम छुट्याई शेयर निश्कासन गर्ने स्वीकृति दिई सर्वसाधारणका लागि शेयर बिक्री गर्ने दरखास्त आह्वान पत्रको सूचना गर्नु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरिपाउँ ।
।विपक्षीहरुको निर्णयका आधारमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडले मिति २०६६/०२/२३ मा सर्वसाधारणका लागि शेयर बिक्री गर्ने सूचना बमोजिम शेयर बिक्री वितरण गर्ने कार्य प्रस्तुत मुद्दाको अन्तिम टुङ्गो नलागुाजेलसम्म नगर्नु/नगराउनु भनी विपक्षी चिलिमे जलविद्युत कम्पनी लिमिटेड समेतका नाममा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४११ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ । प्रस्तुत मुद्दा सार्वजनिक सरोकारको विषय भएको हुँदा विषयवस्तुको गम्भिरताको आधारमा यो रिट निवेदनलाई अग्राधिकार समेत् दिलाई पाउँ ।
।प्रस्तुत रिट निवेदन दर्ता गर्न हाम्रो तर्फबाट कानून व्यवसायी मुकरर गरेको छैन् । पछि हाम्रो तर्फबाट नियुक्त हुनुहुने कानून व्यवसायीहरुको बहस बँुदालाई यसै रिट निवेदनको अभिन्न अंग मानी पाउँ ।
९।संलग्न कागजातहरु
धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०६५ को फोटोकपी ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयर बिक्री गर्नका लागि कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको मिति २०६६/०२/२३ को शेयर सूचनाको फोटोकपी।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडको विवरणपत्रको फोटोकपी ।
नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत कम्पनी लिमिटेडलाई शेयर निश्कासनको लागि दिएको मिति २०६६/०२/०४ को विवरणपत्रको स्वीकृति पत्रको फोटोकपी ।
ङू दुर्गम नेपालू को संस्था दर्ताको प्रमाणपत्रको फोटोकपी ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेड र ऐ। को उपभोक्ता समिति बीच भएको मिति २०६३/०९/३० को संझौतापत्रको फोटोकपी ।
रिट निवेदन दायरको लागि दिएको अख्तियारपत्रको फोटोकपी ।
नागरिकताको प्रमाणपत्रको फोटोकपी ।
१०।यसमा लेिखएको व्यहोरा ठिक साँचो हो । झुठा ठहरे कानून बमोजिम सहूँला बुझाउँला ।
रिट निवेदक
निज महेन्द्रराज आचार्य………………॥१
निज फुर्पा तामाङ ………१
निज सुवास आचार्य …………………॥१
ईति सम्वत् २०६६ साल असार १० गते रोज् ५ शुभम् …………………………………………………॥

Friday, May 01, 2009

दुर्गम नेपाल (REMOTE NEPAL) :प्रगति प्रतिवेदन २०६६

SECRETARY SUBASH AGAMAN PRESENTING ANNUAL PROGRESS REPORT 2066
दुर्गम नेपाल (REMOTE NEPAL) धुन्चे रसुवाको प्रथम साधारण सभा तथा
प्रथम महाअधिवेशनमा


संस्थाका सचिव सुवास आचार्य आगमन द्धारा प्रस्तुत
प्रगति प्रतिवेदन २०६६


वैशाख १६ काठमाण्डौँ नेपाल

अध्यक्ष ज्यू
केन्द्रिय समितिका पदाधिकारी तथा सदस्य साथीहरु
प्रथमत दुर्गम नेपाल संस्थाको यस गरिमामय प्रथम साधारणसभा तथा प्रथम महाधिवेशन दुर्गम नेपालको केन्द्रिंय समिति तथा मेरो व्यक्तिगत तर्फबाट यहाँहरुमा हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु । अनेकौँ बाधा र अड्चनहरुलाई पन्छाउँदै यस गरीमामय सभामा उपस्थित भई यस कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्नलाई सहयोग पुर्याउनु भएकोमा म अभार व्यक्त गर्दै यहाँहरुलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु ।
सहकर्मी साथीहरु
नेपाल अधिराज्यबाट राज्य बनेको छ । नयाँ नेपाल निर्माणको अभिष्ठताकासाथ अघि लम्कीरहेको नेपालको संघिय खाकाले ल्याउने परिवर्तन सकरात्मक बनाउन हामी जस्ता गैह्र सहकारी संस्थाहरुको विशेष भुमिका रहने छ । नेपालीहरुको दृढ संकल्प अठोट एकता र महान शहिदहरुको त्याग र बलिदानका कारण आज हामीले यो दिन प्राप्त गरेका छौँ । कता कता राजनैतीक दलहरु आफ्नो स्वाथ भन्दा माथी उठ्न नसक्दा गणतन्त्र हिलोको कमल जस्तै बनेको छ । राष्ट्र र जनताको पक्षमा बलिदान गर्ने सम्पूर्ण विर शहिदहरु प्रति म यस ऐतिहासिक अवसरमा हार्दिक श्रद्धााजली अर्पण गर्दै उहाँहरुले देखाउनु भएको लोकतन्त्रन्यायशान्ती र विकासको बाटोमा एकतावद्ध भएर हिँड्नु हाम्रो सामुदायिक दायित्व र कर्तव्य पनि रहेको कुरा निवेदन गर्दछु ।
दुर्गम नेपाल स्थापना भएको डेढ वर्ष पनि बितेको छैन । यो छोटो अवधिमा हामिले देखिने उपलब्धी र परिवर्तन खासै नगरेपनि संस्थागत विकास र दिर्घकालिन सोच र योजनामा प्रसस्तै उपलब्धीहरु हासिल गरेका छौँ । देशको बदलिँदो राजनैतिक परिवेश अझ भनौँ तरल राजनैतिक वातावरण सामाजिक अभियन्तका रुपमा उभिनु कठिन कुरा नै हो । यो मार्गमा हामिले दिनानुदिन सबै सामाजिक तत्व अझ भनौँ राजनैतिक क्षेत्रबाट विस्वासको वातावरण प्राप्त गरेका छौँ भन्ने कुरामा सायदै दुईमत होला । स्थानिय स्रोतमाथि स्थानिय अधिकार नयाँ नेपाल निर्माणको मूल आधारू भन्ने नाराका साथ स्थानिय प्राकृतिक स्रोत माथिको स्थानिय अधिकार सुनिश्चित गराउने पहिलो अभियानको रुपमा सुरु गरिएको चिलीमे जलविद्युत कम्पनी सँगको दुर्गम नेपालको संघर्ष डेढ वर्षको लामो अवधि पार गर्दै चरम उत्कर्षमा पुगेको सर्वविदितै छ । चिलिमे जलविद्युत कम्पनीले सर्वसाधारणमा जारी गरिने भनिएको २४% सेयर मध्ये ३३% सेयर प्रभावित जिल्लावासीका हैसियतले रसुवा जिल्लाबासीलाई निसर्त अंकित मूल्यमा उपलब्ध गराउनु पर्ने मागलाई अघिसारी हात मुख जोर्न नसक्ने रसुवावासीलाई दया होइन अधिकार दिलाउने यो लडाइँको सफलता हामी सबैको प्रतिक्षा र प्रतिष्ठाको विषय बनेको छ । यसमा सबै राजनीतिक दल बुद्धिजिवीजनजाति मानवअधिकारवादी संघसंस्था नागरिक समाज एकवद्ध भएर हिँड्नु पनि जरुरी रहेको छ । एकताको मार्गमा यि सबै तत्वहरुलाई थोरै भएपनि दोहोर्याउन दुर्गम नेपाल सफल रहेको सत्यलाई हामीले भुल्नु हुँदैन । यो अभ्यास नै सफलताको मार्गदर्शक हो ।
चिलिमेसँगको यो स्रोताधिकार को संघर्षले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रसुवा जिल्लाको आम जनतामा आफ्नो अधिकारप्रति जागरुकता ल्याउनुका साथै अब भविष्यमा बन्ने आयोजनाहरुमा पनि जिल्लाबासीले संघर्ष गरिरहन नपर्ने गरी अधिकारको पहिचान प्रत्याभूति र सुनिश्चितता गरेको छ । जसले गर्दा रसुवा जिल्लाको दिगो विकासको मार्ग प्रसस्त भई चीरकाल सम्म जिल्लाबासीले यसको प्रतिफल पाउने मार्ग प्रसस्त भएको छ । यस संघर्षले स्रोतमाथिको स्थानीय अधिकारको राष्ट्रव्यापी रुपमा जनजागरण पैदा गर्नुका साथै कानूनी रुपमा समेत हाल थोरै भएपनि यसले धीतोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ मा पहिचान परिमार्जन र सुनिश्चितता गरेको छ । यसमा जनताका पक्षमा अझ थप अधिकारको व्यवस्था तथा सुधार हुनुपर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण र परिमार्जनका लागि निरन्तर छलफल भईरहेको र दुर्गम जिल्लाहरुका हकमा नमूना मापदण्ड समेत बनाई पेश गर्न सम्बन्धित निकायहरुबाट दुर्गम नेपाल लाई अह्वान गरिएको हामी सहर्ष जानकारी गराउँदछौं ।
काठमाण्डौबाट निकट रहेर पनि विकट रहेको हिमाली दुर्गम जिल्ला रसुवामा हाल सम्म पनि रेडियो रहेको छैन । रसुवाको भु-बनोट सामाजिक परिवेश आर्थिक तथा सांस्कृतिक विविधताको दृष्टिकोणले पनि रसुवामा साचारको विकासलाई हेर्ने हो भने सामुदायिक रेडियोको विकल्प नै नदेखिएको महसुस दुर्गम नेपालले गरेको छ । यहि २०६७ सालको लोकतन्त्र दिवसको सुखद दिन पारेर रसुवाको आकाशमा रसुवा सामुदायिक रेडियो को तरङ्ग पुर्याउने योजनामा दुर्गम नेपाल हिजै देखि परिरहेको कुरा यहाँ अवगत गराउन चाहन्छु ।
गैह्र राजनैतीक गैह्र नाफामुलक विशुद्ध सामाजिक स्वतन्त्र साचार माध्यमको रुपमा स्थापना गर्ने उद्देश्यले थालिएको रसुवा सामुदायिक रेडियो निर्माणको यो महान अभियानमा सबैको सहयोग र साथ रहने विश्वास गर्दछु ।
आर्थिक वर्ष २०६४,०६५,०६६ को कार्यक्रमहरु निम्नानुसार रहनेछन्
१दुर्गमु स्मारीका
२पुस्तक
३वृत्तचीत्र निर्माण
४रेडियो साचालन
५रेडियो कार्यक्रम
६वेबसाइट निर्माण
मित्रहरु
सामाजिक विकासको मार्गमा आजसम्म हामीले पारगरेका गोरेटोहरुमा हामीलाई हरतरहले सहयोग पुर्याउनुहुने अग्रजहरु माननिय प्रेम तामाङ पिताम्बर आचार्य जनार्दन ढकाल कि्रयाशिल राजनीतिक दलका प्रतिनिधि ज्यूहरु मानवअधिकारकर्मी साचारकर्मी र नागरिक समाजप्रति कृतज्ञ छु र छौ। अन्त्यमा यो प्रगती प्रतिवेदनमा देखिएको कमिकमजोरीलाई औँल्याइदिई पारित गरिदिनुहुन अनुरोध गर्दछु । धन्यवाद

Friday, April 24, 2009

ज्ञापन पत्र

मितिः- २०६६।१।९
श्रीमान प्रबन्ध संचालक ज्यू
चिलिमे जलविद्युत कम्पनी
काठमाडौं


विषयः ज्ञापन पत्र ।


महोदय
प्रस्तुत विषयमा गरिवीको रेखामुनि रहेका विपन्न रसुवाबासीको तर्फबाट हामी रिमोट नेपाल नामक गैरसरकारी सामाजिक संस्थाले यसभन्दा अघि मिति २०६४।१०।१६ दर्ता नं। १५४ अध्यक्ष चिलिमे संचालक समिति मा विपन्न रसुवाबासीको हक हित र अधिकार स्थानीय स्रोतको उपयोगमा स्थापित हुनु पर्छ भन्दै सर्वसाधारणको नाममा जारी हुने कुल साधारण सेयरको ३३ प्रतिशत सेयर स्थानीय रसुवाजिल्लाबासी को नाममा अंकित मूल्य अर्थात प्रति सेयर रु। १००।- अक्षरेपी सय रुपैयाँका दरले जारी गर्नु पर्नेपहिलो प्राथमिकता जल विद्युत आयोजनाले प्रत्यक्ष चर्चेका तीनवटा गाविसहरु चिलिमे गोल्जोङ र स्याप्रुका स्थानीय बासिन्दासित गरे भएका सहमती अनसार नै हुनु पर्ने र त्यसपछि प्रभावित सम्पुर्ण जिल्लाबासीलाई समानुपातिक दामासाहीका हिसाबले स्थानीय बासिन्दाको हकमा साधारण सेयर विशेष प्राथमिकताका साथ अविलम्ब बितरण गरिनु पर्ने भन्दै चिलिमे जलविद्युत कम्पनीको तर्फबाट तत्कालीन अध्यक्ष श्री अर्जुन कुमार कार्कीसित छलफल भएको थियो । यसै सम्बन्घमा दर्ता नं। ५४७ मिति २०६४।१०।१७ मा प्रबन्ध संचालक चिलिमे जल विद्युत कम्पनीका तत्कालीन प्रबन्ध संचालक डा। डम्बर बहादुर नेपाली संग पनि यस संस्थाको छलफल भएको सर्वविदितै नै छ । उल्लीखित पत्रकेा बोधार्थ दर्ता नं। ११९८ मिति २०६४।१०।१७ सहित मिति २०६४।११।६ दर्ता नं। १३६१ केा पत्र बाट अध्यक्षनेपाल धितोपत्र बोर्डलाई समेत जानकारिदिई छलफल हुदा सो मा सकारात्मक भई छिटै नियमा वालीमा सम्बोधन हुने भनी बोर्ड अध्यक्षज्यु ले प्रतिबद्धता व्यक्त गर्नु भएको सेा मा हाल ३० प्रतिशत सेयर सर्वसाधारणमा बितरण हुनु पर्ने आयोजना प्रभावित जिल्लाबासीको हकमा सेयर दिन सकिने लगायतका व्यवस्था भइआएको छ । यसैगरी माननीय जलस्रोत मन्त्रीलाई सेयर निष्काशनका सम्बन्धमा सम्बन्धित जिल्लाबासी को हकहित संरक्षण गर्नु पर्ने भन्दै मिति २०६४।१०।१८ दर्ता नं। २१९६ मार्फत अवगत गराइएको थियो । तर हाल सम्म उक्त मागनिवेदन कार्यन्वयनमा नआउनु साह्रै नै दुःख लाग्दो विषय हो । यसरी विकासका प्रतिफल विपन्न परिवारमा पुग्न नसक्नु लाजमर्दो हुनु को साथै हामीले गर्ने विकास निर्माण कसका निमित्त भन्ने प्रश्न उब्जिएको हुँदा र हालैका दिनमा विभिन्न पत्रपत्रिका मार्फत चिलिमेले प्रति सेयर रु।३२३ । नेटवर्थ मूल्य कायम गरी सेयर निस्कासन हुने समाचार माध्यमहरुमा प्रकाशित हुँदा बिगतमा विपन्न रसुवाबासीको हक हितको सम्बन्धमा हामीसित भएका छलफल र हाम्रा मागपत्र लाई पुनः स्मरण गराउँदै विपन्न रसुवाबासीको हक अधिकार स्थापित गर्न गराउनको लागि निम्न लिखित मागहरु राखी पुनः दोस्रो चरणको संघर्ष सुरु गर्ने पूर्व जानकारी गराउँदै यो ज्ञापनपत्र बुझाउन आएका छौं ।
हाम्रा मागहरुः
चिलिमे जलविद्युत कम्पनीले स्वदेसी पूंजी र प्राविधिकको सही सदुपयोग गरी नेपालको जलविद्युत विकासमा गरेको सफलता र प्रगतीले गर्दा स्वदेसी लगानीकर्ता प्राविधिक र हामी सबैले गौरव र गर्व गर्ने मौका पाएका छौं । यस निम्ति चिलिमे कम्पनी परिवारलाई हृदयदेखि नै धन्यवाद दिनै पर्छ । जलविद्युत विकासको क्षेत्रमा चिलिमे नमुना जलविद्युत समेत हुन सफल भएको छ । यसैको सिको अरुले अब गर्दैछन् । अहिलेको बढ्दो लोड सेडिङलाई न्युनीकरण गर्नमा चिलिमेबाट उत्पादित विद्युतले महत्वपूर्ण भूमिका खेलेको कसैबाट छिपेको छैन । यो कुरालाई हाम्रो संस्थाले धेरै नजिकबाट हेरिरहेको स्पष्ट पार्न चाहन्छौं । देसकै नमुना जलविद्युत कम्पनीले सर्वसाधारणको नाममा जारी हुने कुल सेयरको ३३ प्रतिशत सेयर जिल्लाबासीको नाममा बितरण गर्ने हो भने चिलिमे अझ थप नमुना जलविद्युत कम्पनी हुने कुरालाई हाम्रो संस्थाले ठम्याएको हुँदा यस विषयमा गम्भीर भै जिल्लाबासीको लागि अविलम्ब सेयर निश्काषन गर्नु हुन हामी जोडदार माग गर्दछौं ।
विपन्न रसुवाबासीको उत्थानको लागि स्थानीय प्राकृतिक स्रोत साधनको उपयोगमा तिनलाई साझेदार बनाउनुको विकल्प नरहेको हाम्रो संस्थाको ठम्याई छ । स्थानीय प्राकृतिक स्रोत साधनको रुपमा उपलब्ध जलभण्डार जडीबुटी र पर्यटन क्षेत्रको विकास सित गरिने हरेक कि्रयाकलाप र कार्यक्रमसित स्थानीयबासीलाई हिस्सेदार नबनाइने हो भने विपन्न रसुवाबासीको आर्थिक शैक्षिक सामाजिक जस्ता मानव विकासका सूचाकंमा कुनै उपलब्धि नहुने पक्का छ । उच्च पहाडी र हिमाली भौगोलिक अवस्थाले गर्दा कृषिजन्य उत्पादनबाट जिवन निर्वाहका उपाय समेत निकाल्न कठीन जिल्लाबासीको राजनीतिक प्रशासनिक औद्योगिक क्षेत्रको लगानीमा पहुँच सहज छैन । आफ्नै घरआँगनमा आएका यी र यस्तै अवसरबाट बन्चित गराउने हो भने फेरि पनि रसुवाबासी २१ औं विश्व मानव समुदायको विकास त कता हो कता छिमेकी जिल्ला नुवाकोटबासीको सममक्षमा पुग्न अबको ५० वर्ष लाग्ने निश्चित छ । यो कुरा राजनीतिक दलहरु स्थानीय प्रशासन बुद्धि जिवी वर्ग संघ संस्था सबैले बुझेका छन् र चिलिमे कम्पनीका पदाधिकारी लगायत सबैले बुझेको विषय पनि हो । यस्तो जर्जर अवस्थालाई देखेर बुझेर पनि बुझ पचाएर आफ्नै घरआँगनमा टुपुल्किएको देवदूत रुपी अवसरलाई गुम्न दिनु भनेको विपन्न रसुवा बासीलाई पुनः अँध्यारो जिवनमा बाँच्न बाध्य तुल्याई त्यहींको स्रोतसाधनलाई विकासको नाममा रसुवाबासीभन्दा परका जोसुकैले लाभाशंको हिस्सेदार बन्नु बनाइनु भनेको सोझै हामी विपन्न रसुवाबासीको घाँटी रेट्नु नै हो भन्ने हामीले बुझेका छौं । त्यसकारण हामी माग गर्दछौं कि हाम्रा स्थानीय प्राकृतिक स्रोत साधनको जुनै किसिमले विकास गरेको होस् त्यसमा हामी विपन्न रसुवाबासीको हक अधिकार पहिले सुनिश्चित होस् ।
हामी सगौरवका साथ भन्छौं हाम्रो माग जायज छ । हामी चाहन्छौं चिलिमे कम्पनी र जिल्लाबासी दुवै सम्पन्न होस् र विकासको प्रतिफल विपन्न जनतामा पुगोस् । हामी सहमती सहकार्य समझदारीको सिद्धान्तमा साझेदार हिस्सेदार बन्न चाहन्छौं । यो हाम्रो माग चिलिमे कम्पनी देसको जलविद्युत विकास र हामी विपन्न रसुवाबासी सबैको हितमा छ । सबै मिलेर काम गर्यो भने मात्र त्यो कार्य दिगो र पारदर्शी दुवै हुनेछ । हामीलाई लाग्छ कतै चिलिमेले विपन्न जिल्लाबासीको हितलाई भन्दा कर्मचारीको हित र कर्मचारीको हित भन्दा पनि गैरजिल्लाबासीको हितनिम्ति नजानिदो तरिकाले काम गरिरहेको त छैन हामी यो कुरालाई समेत सचेत गर्न चाहन्छौं । जिल्लाबासीको हितार्थ सोच्ने हो भने वार्षिक मुनाफाको ३५ प्रतिशत लाभाशं कर्मचारीलाई बाँड्नुको उद्धेश्य के हुन सक्ला विगत वर्षमा ३० प्रतिशत लाभाशं बितरण भएको सबैलाई थाहा भएकै विषय हो । प्रत्येक वर्ष मुनाफा गर्दै कर्मचारीलाई लाभाशं बाँड्ने तर विपन्न जिल्लाबासीको नाममा बितरण गर्नु पर्ने साधारण सेयरलाई निश्काषण नै नगर्ने र बितरण नगर्नुको रहस्य के हुन सक्ला अतः अविलम्ब जिल्लाबासीको नाममा सेयर जारी गर्न अनुरोध गर्दै जारी नगरेको अवस्था मा संघर्षका कार्यक्रमहरु छिटै नै घोषणा गरिने जानकारी गर्दै यो माग सहितको ज्ञापन पत्र बुझाउँदछौं ।
अन्त्यमा हामी यो स्पष्ट पार्न चाहन्छौं हाम्रो माग विशुद्ध गैरराजनीतिक विषय हो । विपन्न रसुवाबासीलाई सम्पन्न गराउने संकल्प सहितको पुरा गर्न सकिने माग हो । त्यसैले हामी सम्पूर्ण राजनीतिक दलहरु लगायत सम्बन्धीत सबै सित यस विषयलाई राजनीतिकरण नगरि विपन्न रसुवाबासीको अधिकतम् हितको रुपमा उपयोग गर्नकोलागि सहकार्य गर्नु हुन यो आग्रह गर्दछौर् ।
धन्यवाद ॥
दुर्गम नेपाल REMOTE NEPAL
१ महेन्द्र राज आचार्य अध्यक्ष सम्पर्क ४७२०५२२
२ फुर्पा तमाङ उपाध्यक्ष सम्पर्क मो। नं। ९७४१०२५५१७
३ सुवास आचार्य सचिव सम्पर्क मो। नं। ९८४१-४६४०४२

सम्पर्क कार्यालयः
लक्ष्मीनगर प्रवेशमार्ग महाराजगन्ज-४
पोष्टबक्स नं ८९७४ सीपीसी ३९९ काठमाडौ फोन नं ४७२०५२२
इमेलः chair_remotenepal@yahoo.com

बोधार्थः-
१ श्री संसद सचिवालय अन्तरिम विधायिका संहदरबार काठमाडौं
२ श्री संसद सचिवालय लेखा समित
३ श्री संसद सचिवालय अर्थ समित
४ श्री संसद सचिवालय प्राकृतिक स्रोत तथा साधन समित
५ श्री अर्थमन्त्रालय काठमाडौं
६ श्री स्थानीय विकास मन्त्रालय काठमाडौं
७ श्री विद्युत विकास विभाग काठमाडौं
८ श्री नेपाल राष्ट्र बैंक काठमाडौं
९ श्री जल तथा शक्ति आयोग काठमाडौं
१० श्री नेपाल विद्युत प्राधिकरण काठमाडौं
११ श्री धितोपत्र बोर्ड काठमाडौं
१२ श्री नेपाल स्टक एक्सचेन्ज काठमाडौं
१३ श्री नागरिक लगानी कोष काठमाडौं
१४ श्री अख्तियार दुरुपयोग निवारण आयेग काठमाडौं
१५ श्री जिल्ला प्रशासन कार्यालय रसुवा
१६ श्री जिल्ला विकास समितिको कार्यालय रसुवा
१७ श्री चिलिमे जलविधुत सरोकार उपभोक्ता समिति रसुवा
१८ श्री उपभोक्ता हित संरक्षण माच काठमाडौं
१९ आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रसुवा
२० नेपाल पत्रकार महासंघ रसुवा-नुवाकोट शाखा
२१ गैर-सरकारी संस्था महासंघ जिल्ला शाखा रसुवा

Tuesday, April 07, 2009

रसुवामा सामुदायिक रेडियो के, किन र कसरी


सामुदायिक रेडियो के
सामुदायिक रेडियोको विषयमा जानकारि हुनका लागि ूसामुदायिकू शब्दको अर्थ बुझ्नु जुरुरी रहन्छ । ल्याटिन भाषाको दुईवटा शब्दहरु Com / Munis मिलेर Community समुदाय शब्द बनेको हो । Com शब्दले Together सँगसँग वा एकैसाथ रMunisशब्दले Seuring अर्थात सेवा गर्नु वा सहयोग गर्नु भन्ने बुझाउँछ । अतः Community भन्नाले व्यक्तिहरुको त्यस्तो समुहलाई बुझाउँछ जो निश्चित भौगोलिक क्षेत्रमा बसेर समान प्रकारको जिवनशैलि परम्परारितिरिवाज चालचलन अपनाउँदछन र तिनीहरु कुनै एक उद्देश्य प्राप्तीको लागि मात्र नभएर सामान्य भन्दा सामान्य उद्देश्यको लागि पनि एक आपसमा आफन्तको भावनाले मिलेर बसी आफ्नो सम्पूर्ण जीवन त्यसै क्षेत्रमा नै व्यतीत गर्दछन् । सामुदायिक भावनाले गरीने जुन कुनै पनि कि्रयाकलापलाई सामुदायिकू भन्न सकिन्छ ।सामुदायिक रेडियो भन्नाले सार्वजानिक हितको उद्देश्य राखेर समुदाय विशेष संगठित समुह निकाय वा संस्थाको माध्यमबाट गैरनाफामुलक उद्देश्य लिएर संचालन गरिने रेडियो नै सामुदायिक रेडियो हो । समुदायको स्वामित्व र व्यवस्थापनमा समुदायकै सदस्यहरुको हितका लागि सानो क्षेत्रमा साचालित रेडियो सामुदायिक रेडियो हो

नेपालमा सामुदायिक रेडियो
वि।सं।२०४६ सालमा बहुदलिय प्रजातान्त्रिक व्यावस्थाको पुर्नस्थापना भएपछि नेपाली जनताले केहि हद सम्म शान्ति र विकासको अनुभूति र्गन पाए । २०४७ सालको संविधानमा रहेका मौलिक अधिकार नेपाली जनताले यस अघि कहिल्यै पाप्त गर्न नसकेको अधिकार थियो । संविधानमा उल्लेखित उपलब्धीलाई चाहेर नचाहेर ढिलो चाँडो जनतासम्म पुर्याउनका लागि सरकार बाध्य भयो । २०४९ सालको राष्ट्रिय संचार नीतिमा श्री ५ सरकार निजि क्षेत्रका संगठित संस्थालाई पनि निश्चित क्षेत्रको फि्रक्वेन्सी मोडुलेसन एफ।एम। प्रसारण प्रणाली स्थापना गरि शिक्षाप्रद र मनोराजनात्मक कार्यक्रम प्रसारण गर्न दिने व्यवस्था गर्यो । यहि साचार नीतिका आधारमा बनेका राष्ट्रिय प्रसारण ऐन २०४९ मा शिक्षाप्रद मनोराजनात्मक तथा समाचारमुलक कार्यक्रम प्रसारण गर्न एफ।एम। प्रसारण प्रणाली स्थापना गर्न चल्ने व्यक्ति वा संगठित संस्थालाई कार्यक्रम प्रसारण गर्न दिने व्यवस्था गरियो । २०५२ सालमा राष्ट्रिय प्रसारण नीतिको पार्दुर्भाव भएपछि केहि समय रेडियो नेपाल आफैँले १०० मेगाहर्जमा प्रसारण सुरु गर्यो । २०५४ जेष्ठ ९ मा रेडियो सगरमाथाले इजाजत प्राप्त गरेपछि नेपाली साचार जगतमा निजि क्षेत्रबाट एफ।एम। प्रणालीको इतिहास सुरु भएको हो । रेडियो सगरमाथाको सफल परिक्षण पश्चात हाल नेपालमा २०० भन्दा बढी एफ।एम। रेडियोहरु साचालनमा रहेका छन् नेपालमा अझसम्म पनि सामुदायिक रेडियो भनेर कसलाई भन्ने नभन्ने स्पष्ट रुपमा छुट्याइएको छैन । सरकारी तवरबाट पनि सामुदायिक गैर सामुदायिक भनेर दर्ता गर्ने व्यवस्था भएका पाइदैन । निजि तथा गैर सरकारी क्षेत्रबाट नै सामुदायको विकासका लागि नाफा नकमाउने उद्देश्यले खोलिएका स्थापना गरिएका रेडियोहरुलाई सामुदायिक रेडियो हो भनेर छुट्याउने गरेको पाइन्छ । हाल नेपालमा प्रसारण इजाजत पाएका रेडियो मध्ये रेडियो प्रसारणमा स्वामित्व तथा उद्देश्यका दृष्ट्रिकोणले तीन वर्गमा विभाजन गरेको पाइन्छ ।
सरकारी तवरबाट साचालित वा सार्वजानिक रेडियो
नाफा कमाउन खोलिएको वा व्यापारिक प्रयोजनको रेडियो
समूहको प्राधानता रहेको वा सामुदायिक रेडियो ।
सामुदायिक रेडियोलाई जनताद्धारा जनताका लागि साचालित रेडियो भन्ने पनि गरिन्छ । सामुदायिक रेडियोको स्वामित्व र रेडियो साचालन गर्ने अभिभारा समुदायमै रहेको हुन्छ । समुदाय भन्नाले समाजका सबै सदस्यहरुले रेडियो साचालन गर्ने काममा संलग्न हुन्छन् भन्ने हॊइन । समुदायमा आधारित विभिन्न संघ संस्थाहरुमाध्ये कुनै एक वा एक भन्दा बढी वा सबै मिलेर रेडियो चलाउन सक्छन । रेडियो चलाउने प्रमुख उद्देश्य राखेर पनि संस्थाहरु स्थापना भएका हुन्छन् । नेपालमा साचालनमा रहेका विभिन्न सामुदायिक रेडियोहरु विभिन्न संघसंस्थाहरुको स्वामित्व नियन्त्रणमा साचालित रहेका छन् । जस्तै
रेडियो सगरमाथा नेपाल वातावरण पत्रकार समूह नामक वातावरण र विकाससंग सम्बन्धित पत्रकारहरुको व्यावसायिक गैर सरकारी संस्थाद्धारा साचालित ।
मेट्रो र मदन पोखरा एफ एम काठमाण्डाँै महानगरपालिका र मदनपोखरा गा।वि।स। द्धारा साचालित
रेडियो लुम्बिनी स्थानिय समुदायका सबै पक्ष समेटेर गठित लुम्बिनी सूचना र साचार सहकारी लिमिटेडू नामक संस्थाद्धारा साचालित ।

सामुदायिक रेडियो र अन्य रेडियोको भिन्नता
सामुदायिक रेडियोहरु स्थानिय परिवेश र समुदायका विशेषता अभिरुचि र आवश्यकता अनुसार भिन्दा भिन्दै किसिमका हुने गर्दछन् । यसै कारणले गर्दा सामुदायिक रेडियोलाई निश्चित रुपमा परिभाषित गर्नु न्यायोचित रहदैन । सामुदायिक रेडियो कुन आधारमा राज्य वा सरकारद्धारा साचालित रेडियो प्रसारण सेवा तथा व्यापारिक रेडियोहरु भन्दा भिन्न रहन्छन भन्ने विषयमा तल चर्चा गरिन्छ । सामुदायिक रेडियो स्टेसनमा कार्यक्रम प्रसारण देखि स्टेसनको साचालन व्यावस्थापन र नीति निर्देशनसम्ममा स्थानिय समुदाय तथा श्रोताहरुको सहभागितालाई बढावा दिइएको छ । सामुदायिक रेडियो तुलनात्मक रुपले सानो क्षेत्रको स्थानिय समुदाय वा विभिन्न समुदायका मानिसहरुका लागि लक्षित हुन्छ ।सामुदायिक रेडियोका कार्यक्रमहरुले स्थानिय भाषा साहित्य कला संस्कृतिको सुदृढीकरण र विकास तथा स्थानिय समस्या र चासोका विषयहरुमा छलफल र संवादलाई प्राथमिकता दिएका हुन्छन् ।
कार्यक्रमका लागि धेरै धेरै जसो सामग्रीहरुको संकलन स्थानिय श्रोतबाट नै गरिन्छ ।
सामुदायिक रेडियोले विज्ञापन र व्यापार नीतिमा सामाजिक हित र भलाइलाई प्राथमिकता दिने गर्दछ ।
सामुदायिक रेडियो स्टेशनहरुले आम्दानीका श्रोत र उपाएका लागि सामाजिक व्यापार पवैद्र्धनका नीति अवलम्बन गरेका हुन्छन् सामुदायिक रेडियोले समुदायको मानिसहरुको स्तररुचि र आवश्यकता अनुसार सूचना प्रवाह गर्दछ ।

रसुवामा सामुदायिक रेडियो किन ?
काठमाडौँ बाट ७८ कि।मि। उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको रसुवा विकट हिमाली जिल्ला हो । राजनैतिक सामजिक आर्थिक आदि दृष्ट्रिकोणले रसुवा अरु जिल्लाको तुलनामा राजधानिबाट नजिक भएर पनि विकट रहन विवस छ । बागमती अाचलका जिल्लहरुमध्ये कम साक्षारता प्रतिशत रहेको रसुवा मानव सुचकाँक प्रतिवेदन पनि ज्यादैनै पछाडि देखिएको छ । रसुवामा सामुदायिक रेडियोको आवश्यकताको चर्चा गर्दा जिल्लाको वर्तमान साचार स्थितिलाई नजिकबाट बुझ्नु जरुरी रहेको छ ।रसुवामा साचारको वर्तमान स्थिित रसुवामा हालसम्म दुइवटा पत्रिकाहरु दर्ता भएका छन्।नयाँ प्रवाहु नामक त्रैमासिक पत्रिका विगत १ वर्ष देखि निरन्तर प्रकाशनमा रहेको छ भने लाङटाङ पोष्ट मासिक पत्रिका २०६५ वैशाख देखि प्रकाशनमा आउने प्रयासमा रहेको छ ।
नेपाल पत्रकार महासंघको जिल्ला शाखाको तदर्थ समिति भर्खरै मात्र गठन भएको छ र स्वीकृति लिने प्रकृयामा रहेको छ।भौगोलिक विकटताका कारण कुनै पनि पत्रपत्रिकाहरु सदरमुकाम पुग्न १२ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ । सदरमुकाम र जिल्लाका केहि सडकले छोएका व्यापरिक केन्द्र भन्दा अन्य ठाउँमा पत्रपत्रिकाहरु बिकि्रवितरण नै हुँदैनन्।उच्च हिमाली भौगोलीक स्थितिका जटिलताका कारण कुनै पनि टेलिभिजन च्यानलहरु हेर्न सकिँदैन्।तर सदरमुकाम लगाएतका केहि व्यापारिक केन्द्रहरुमा प्राइभेट स्तरमा केबलहरु भ्ने साचालनमा रहेका छन्।दुर्गम गाउँका रसुवालीहरु टेलिभिजन पत्रपत्रिका बाट विाचत छन् । रेडियो स्थिति झनै नाजुक छ । रेडियो नेपाल को प्रसारण जिल्लाको केहि तल्लो भागमा मात्र सुनिन्छ तर माथिल्लो भागमा सुनिदैन्।स्थानिय स्तरमा साचालित एफ।एम। रहेको छैन । र वरिपरि सिमाना जोडिएका जिल्लामा साचालित एफ।एम। रेडियोको प्रसारण पनि सुनिदैन । रसुवामा कुनै छापाखाना तथा प्रेस दर्ता साचालन भएका छैनन् ।
यसरी रसुवा जिल्ला सुचना तथा संाचारका दृष्ट्रिकोणले अत्यान्तै पछाडि रहेको छ । नगन्य जनतासमुदायमात्र सूचना प्राप्तिको विश्वव्यापी अधिकार प्राप्त गर्न सफल रहेका छन् ।रसुवाको भौगोलीक स्थिति शैक्षिक सामाजिक आर्थिक स्थिति र विकासक्रमलाई हेर्दा सामुदायिक रेडियो को विकल्प नै देखिदैन । २८% जनता साक्षर रहेाे ठाउँमा प्रत्रपत्रिका सुचनाको यहि श्रोत हुन सक्दैन त्यसमा पनि रसुवाको भौगोलिक विकटताका कारण शिक्षित जनताका हातमा सहि समयमा पत्रिका पुर्याउनु चानचुने कुरा होइन् । गरिब जनताको हातमा टेलिभिजन पुर्याउनु एकादेशको कथा नै हो । यी यावत विषयहरुबाट हामी सहजै बुझ्न सक्छौँ कि रसुवाको साचारको विकासको कोषेढुङ्गा भनेकै सामुदायिक रेडियो हो । यो नै रसुवा सुवाउँदो सस्तो भरपर्दाे प्रभावकारी आमसाचारको माध्यम हो भन्ने कुरामा सायद दुइमत नहोला ।
सिमाना जोडिएको जिल्लाहरु जस्तै नुवाकोट धादिङ्ग सिन्धुपाल्चोक आदिमा रेडियो स्थापना भैसकेको सन्दर्भमा हामीले पनि रसुवामा सामुदायिक रेडियोको स्थापना गर्नु आवश्यक छ । रसुवा साँस्कृतिक हिसाबले ज्यादै नै धनि रहको छ । बाह्मण क्षेत्रिय तिब्वतियन र तामाङ साँस्कृतिले युक्त रसुवा यदा कदा सुनिने रेडियो प्रसारणका कार्यक्रमहरुले रसुवाको आवश्यकता पूर्ति गर्न सक्दैनन् र विविध संस्कृतिमाथि न्याय पनि गर्न सक्दैनन् । आफ्नै वरिपरिको गित संगित संस्कृति साहित्य परिवेश विकासका सामग्री पस्कने रेडियो नै सामुदायिक रेडियो हो । यो सांस्कृतिक विविधताको संरक्षण र विकासका दृष्टिकोणले पनि रसुवामा सामुदायिक रेडियोको टड्कारो आवश्कता रहेको छ ।
रसुवामा सामुदायिक रेडियो कसरी
सामुदायिक रेडियो व्यवस्थापन र साचालनको निरन्तरता एउटा सोचनिय विषय रहेको छ । नेपालमा दर्ता भएका र साचालनमा रहेका सामुदायिक रेडियोहरुको एकै किसिमको स्थिति रहेको छैन । कतिपय रेडियो दर्तामा मात्र नै सिमित भइरहेका छन् भने कतिपय रेडियो दर्ताभए पश्चात बन्द हुन पुगेका छन् । सामुदायिक रेडियो को साचालनमा मेरुदण्ड भनेको नै आर्थिक श्रोत हो । नेपालमा दर्ता र साचालनमा रहेको रेडियोहरुले भोग्नुपरेको समस्या नै आर्थिक समस्या हो । एक अर्थमा विकासोन्मुख राष्ट्रको सामुदायिक रेडियोको निरन्तरताको भविष्य नै आर्थिक पक्ष सँग जोडिएका हुन्छ । यि परिवेशमा रसुवामा संचालन गरिने चर्चा गरिएको सामुदायिक रेडियो साचालन प्रकृयाको विषयमा यहाँ प्रष्ट्याउने जमर्काे गरिएको छ । REMOTE NEPAL नामक रसुवा मा दर्ता भएको गैरनाफामुलक गैरराजनीतिक सामाजिक संस्थाले साचालन गर्ने रसुवा सामुदायिक एफ।एमू २०६७ सालको दशै देखि साचालनमा आउने योजना रहेको छ । एफ।एम। स्थापनाको लागि लाग्ने कुल समय १२ महिना
पहिलो चरण ८ महिना कार्यालय व्यवस्थापन अनुसन्धान जनशक्ति उत्पादन दर्ता प्रकृया आदि रहेने छ । दोश्रो चरण ४ महिना उपकरण खरिद उपकरण जडान स्टुडियो निर्माण सामग्री संकलन तथा परिक्षण प्रसारण कार्यहरु दोश्रो चरणमा सम्पन्न हुनेछन् ।
निरन्तर आर्थिक संकलनका उपायहरु
1.ला।रा।नि। रसुवा घुम्न जाने विदेशी पर्यटकबाट निश्चित रकम संकलन गर्ने ।
2.रसुवा प्रवेश गर्ने सवारीसाधनबाट निश्चित रकम संकलन गर्ने ।
3.वर्षेनि लाग्ने गोसाईकुण्ड मेलामा आउने श्रद्धालु भक्तजनबाट निश्चित रकम संकलन वा गोसाईकुण्डको चिनो स्वरुप उपहार सामग्री उत्पादन र बिकि्र ।
4.स्थानिय निकाय गा।वि।स। र जि।वि।स। बाट पाँच वर्ष सम्म विशेष आर्थिक अनुदान दिने ।
5.संस्थाकै मातहतमा बचत तथा ऋण सहकारी संस्था संाचालन आय आर्जनमूलक कार्यक्रम साचालन महिला जागरण र शशक्तिकरण कार्यक्रम साचालन गनॆ्र ।
6.जिल्लामा आउने जुन सुकै गैर सरकारी संस्थाहरुबाट उनिहरुले साचालन गर्ने कार्यक्रमका स्वभाव आकार हेरी निश्चित रकम संकलन गर्ने । आदि अन्य श्रोतहरु ।
यी विविध विषयका साथ साथै सामुदायिक रेडियोको सुचारु प्रभावकारी साचालनका लागि आवश्यकता र औचित्य प्रमाणित नभएसम्म घटिमा १० वर्ष सम्म कोहि कुनै निकायबाट अर्का रेडियो स्थापना नगर्ने तर सबैले आ-आफ्नो क्षेत्रबाट यहि रेडियोलाई मद्दत गर्नु अत्यावश्यक रहन्छ ।

समस्या र चुनौतिहरु
नेपालमा अहिले सामुदायिक रेडियो प्रसारकहरुका सामु प्राविधिक आर्थिक र सरकारी चुनौतिहरु गरि तीन प्रकारका समस्याहरु झेलिरहेका छन् । निर्माणाधिन ूरसुवा सामुदायिक एफ।एम।ू मा पनि यि तीन समस्याहरुनै प्रमुख समस्याका रुपमा रहेको छ । रसुवा हिमाली जिल्ला विकट र कम साक्षर रहेका कारण पनि प्राविधिक समस्या अन्य क्षेत्रको तुलनामा बढीनै पर्ने देखिन्छ । रेडियो उपकरण निर्माण जडान र मर्मत सम्बन्धि तालिम प्राप्त कोहि पनि छैनन र उक्त तालिम प्राप्त गर्न सकिने जिल्ला स्थित कुनै निकाय पनि छैन । यसले प्राविधिक क्षेत्रमा ठुलो समस्या देखाउँछ । आर्थिक क्षेत्रमा विश्वव्यापी रुपमा देखिएको मन्दि सँगसँगै ूरसुवा सामुदायिक एफ।एम।ू मा पनि ठूलो समस्या पर्दछ । आर्थिक समस्या नदेखिएको काम विरलै होला तर अन्य क्षेत्र जिल्लाको दाँजोमा रसुवामा धेरै श्रोत रहेका छन जस्ले सम्भावित आर्थिक दुरुपयोगलाई न्यूनिकरण गर्न मद्दत पुर्याउने छ । रसुवा जिल्ला भौगोलीक रुपमा ज्यादै ठूलो रहेको छ र धेरै अग्ला अग्ला हिमाल र पहाडहरु रहेका छन् । तसर्थ पुरै जिल्ला समेट्ने प्रसारण गर्नका लागि धेरै वाट (Watt) क्षमताको Radio Transmitterजडान गर्नुपर्ने देखिन्छ जसले आर्थिक खर्चमा वृद्धि गर्दछ ।
रसुवामा सामुदायिक रेडियोको सुचारु प्रभावकारी प्रसारणमा प्रविधि प्राविधिक समस्या एक जटिल समस्याको रुपमा देखा पर्दछ । जसको अन्तरसम्बन्ध आर्थिक पक्षसँग सिधा जोडिएको हुनेछ । रसुवा हिमाली जिल्ला हो । धेरै नै अग्ला अग्ला पहाडहरु ले भरिएको रसुवामा करिब ३००० मि। को उचाइमा पनि मानववस्ती सजिल्यै भेटिन्छ । उचाइमा मात्र नभई सोही अनुरुपको खोचमा पनि वस्ती रहेको छ । यसर्थ प्राविधिक रुपले कुन क्षेत्रमा टावर राख्न उपयूक्त हुन्छ भनि व्यापक अध्ययन अनुसन्धान पनि खर्चिलो विषय हो भने टावर राख्न उपयूक्त देखिएको स्थान च्बमष्य कतबतष्यल राख्न उपयूक्त नठहर्न पनि सक्दछ । रेडियो स्टेसन हुनका लागि विशेष पूर्वाधारयूक्त स्थान हुन जरुरी छ । पानी यातायात साचार स्वास्थ्य र बिजुली बत्तिको अनिवार्य सुविधारहेको क्षेत्र मात्र स्टेसन निर्माणको लागि उपयूक्त ठहर्दछ । यदि थप जनशक्ति र प्रविधिको जरुरत गराउँदछ जुन खर्चिलो हुन जान्छ । समुदायमा आधारित भएर साचालित हुने रेडियोहरुको लागि आर्थिक विषयवस्तु ज्यादैनै महत्वपूर्ण हुन्छ । निम्न आयभएका गरिबी जनता सिमित स्रोत साधन र भौगोलिक विकटताको रहेको रसुवाको समाज र त्यहि समाज मात्रामा निर्भर भएर रेडियो चलाउने पत्यत्न गर्नु आफैमा कम सहासीक कार्य भने होइन । भौगोलिक अवस्थाका कारण रेडियो ट्रान्समिटरको क्षमता ठूलो राख्नु आवश्यक छ । तर यसले वार्षिक नविकरणमा ठुलो मार बढ्न जानेछ ।
उपसंहार
जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ रसुवामा सामुदायिक रेडियो निर्माणका यि यावत समस्या र चुनौती रहेतापनि सबै पक्षहरु एकतावद्ध भएर सामुहीक पहल गर्ने हो भने सजिलै कठिनाइहरु पार गर्न सकिन्छ । नयाँ नेपालको संघिय स्वरुपको खाका कोरिदै गरेको संघारमा साचालनको चर्चा रहेको रसुवा सामुदायिक रेडियोले नयाँ नेपाल निर्माणमा रसुवा जिल्ला वासीहरुलाई सचेत जागरुक र कर्तव्यनिष्ठ बनाउनेछ भन्ने कुरामा कसैको दुइमत हुन सक्दैन एफ।एम रेडियोहरु साचालनमा आउने र बन्दहुने क्रम ज्यादै नै बढीरहेको वर्तमान परिपेक्षमा आवश्यक पूर्वाधार र पूर्वतयारी बाट निर्माण गरिने रसुवा सामुदयिक रेडियो हाल नेपालमा साचालनमा रहेको रेडियोहरुको प्रतिनिधित्व रेडियो वा नमुना रेडियो पनि बन्न सक्नेछ भन्ने नजिकैको सम्भावनालाई हामी सबैले आत्मसाथ गर्न जरुरी छ । Subash Agaman(9841464042)

Friday, August 08, 2008

गोसाईकुण्ड



CLEAR VIEW OF GOSAINKUNDA LAKE

परिचय
थुप्रै देवदेवी एवं धार्मिक र सांस्कृतिक परम्परा अनि आफ्नै मौलिक भाषा भएको देश नेपाल सुन्दर शान्त विशाल छ । कला साहित्य र संस्कृतिको अखण्ड भण्डार हाम्रो देशका विभिन्न तर्ीथ स्थलहरुले आफ्नै प्रकारको किवंदन्ती र धार्मिक परम्परा बोकेको छ । यस्तो किम्वदन्ती, हिन्दु तथा वौद्ध धर्माबलम्बीहरुको धार्मिक आस्थाको धरोहर अनि प्राकृतिक सम्पदा र छटाहरु बीच बैद्धिक युगदेखि एउटा इतिहास जोगाइ राखेको पोखरी हो गोसाईकुण्ड । गोसाईकुण्ड तर्ीथयात्राका लागि भदौको जनै पूणिर्मा र जेष्ठको दशहरा गरी दर्ुइ पल्ट जाने चलन रहेको छ ।
वागमती अञ्चलको रसुवा जिल्लामा ला‹टा‹ राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो तर्ीथस्थल समुद्री सतहबाट करिब ४३८० मिटरको उचाइमा अवस्थित छ । जिल्ला सदरमुकाम धुन्चेदेखि पर्ूव दिशामा करिब सात कोषको उकालो बाटोमा पर्ने घट्टेखोला, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक, गणेशगौंडा हुँदै र सुन्दरीजल गरी दर्ुइ किसिमको बाटो विभिन्न प्राकृतिक दृष्य र बनस्पतीहरुको दृष्यावलोकन गर्दै यस कुण्डमा पुग्न सकिन्छ ।
WALKING TO THE DESTINATIO :GOSAINKUNDA
गोसाईकुण्ड को पैदल यात्राको क्रममा मनमोहक हिमालयहरुको दर्शनले यात्राको थकानलाई कम महसुस गराँउदछ । खुल्ला आकाशमा हाँसे झैं लाग्ने हिमालहरु ज्यादै आकर्ष देखिन्छन् । यात्रामा अन्नपर्ूण्ा दास्रो -७९३७ मी.), हिमचुली -७८६४ मी.), मनास्लु -८१५९ मी.), गणेश हिमाल -७४०० मी.), ला‹टाङ लिरु‹ -७२४६ मी) हिमालहरुको राम्रोसँग दृष्यावलोकन गर्न सकिन्छ । गोसाईकुण्ड यात्रा धार्मिक कोणबाट मात्र र्सार्थक नरही भ्रमण सौखिनहरुको लागि एक सुन्दर गन्तव्यस्थल र वातावरण तथा बनस्पति अध्ययनकर्ताका लागि उपयुक्त अध्ययन स्थल पनि हो । यात्राको क्रममा बाटो भरी साना साना बिभिन्न प्रकार र र‹का फूलहरु पाइन्छन् । यो फल असार श्रावणमा फूल्दछ र यसको कडा वासनाले टाउको दुख्ने, वान्ता आउने र आँखा खोल्न गाह्रो हुन्छ । यस्तो हुनुलाई लेक लागेको पनि भनिन्छ ।
कति यात्रुहरु यसैको कारणले कुण्डसम्म पुग्न अर्समर्थ रहन्छन् । लौरीबिनायक क्षेत्रमा विष फूल , बुट्यानहरु पाइन्छन् साथै बनस्पतिहरु मात्र नभइ विश्वमा नै दर्ुलभ मानिएको रातो पान्डा र बाँदरका बिभिन्न प्रजातीहरु पाइन्छन् । आसामिज मंकी नामक दर्ुलभ बाँदरहरु पनि यसै क्षेत्रमा पाइन्छन् ।
नामाकरण CLILDRENS GIVING CONTUNITY OF TRADITION
“गोसाईकुण्ड ” शब्द संस्कृतको “गोस्वामी”बाट जनज्रि्रोले बोल्दै जाँदा अपभ्रम्स भएर “गोर्साई” भएको हो । जहाँ “गो” भनेको गाई र “स्वामी” भनेको मालिक अर्थात गाई धेरै हुने भन्ने पनि बुझिन्छ । त्यसरी नै “गो” शब्दले “इन्दी्रय” भन्ने पनि जनाउँछ । इन्द्रियका स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता, ऋषि र ठूला सन्त महात्माहरु त्यस्ता इन्द्रियजयीहरुमा पर्दछन् । सबैभन्दा ठूलो जितेन्द्रीय भनेको भगवान शंकर हुन् । यहाँ गोस्वामी भनेर मूलतर्ःर् इश्वर शिवको अर्थमा बढी प्रयोग भएको बुझिन्छ ।
यहाँ “कुण्ड” भनेको “कुण” धातुबाट “उ” प्रत्यय लागेर “कुण±डÖ कुण्ड” बन्छ । कुण्ड शब्दले मूलभन्दा ठूलो आकारको जलासय जलभण्डार, तलाउ, वा सरोवरलाई जनाउँदछ । माथि उल्लेख भएझैं “गोस्वामी” बाट अपभ्रम्स भएर बनेको गोर्साई शब्दसँग कुण्ड जोडिदा “गोसाईकुण्ड ” हुन गयो । त्यसैले गोसाईकुण्ड शब्द साधु सन्यासी र जलासयसँग सम्बन्धित रहेको पाइन्छ ।
मूलतः विष सेवनले निलो घाँटी भएका भगवान शिवले कालकुट विषको डाहा मेटाउन यो कुण्डको निर्माण गरी विराजमान हुनु भएकोले यसलाई “नीलकण्ठ कुण्ड” को नामले पनि सम्बोधन गरिन्छ । “गोर्साई” शब्दर् इश्वरपरक शब्द भएको र गोसाईकुण्ड शिवसँग सम्बन्धित रहेकोले यसलाई शिवकुण्डको नामले सम्बोधन गर्दा फरक पर्दैन । चतर्ुवर्ग चिन्तामणि भागवतमा अहिले मेला लाग्ने भनिएको गोसाईकुण्ड शिवकुण्ड हो भनि लेखिएको छ । TEMPORARY HUT FOR THE VISITORS
गोसाईकुण्ड र हिन्दूग्रन्थ

गोसाईकुण्ड को उत्पत्ति र शास्त्रीय महत्वका सम्बन्धमा हाम्रा धार्मिक ग्रन्थहरुले प्रस्ट रुपमा लेखेको पाइन्छ । भागवत र विष्णु पुराणमा समुन्द्र मन्थनको वर्ण्र्ााछ । बाल्मिकि रामायणमा र महाभारतको आदि पर्वतमा पनि समुद्र मन्थनको बर्ण्र्ााछ । समुद्र मन्थन प्रत्यक्ष रुपमा गोसाईकुण्ड को उत्पत्तिको विषयसँग जोडिएको छ । देवासुर संग्रामाका समयमा देवता र दानव मिलेर मनदराचल पर्वतको मदानी र बासुकी नागको नेती वनाई समुद्र मन्थन गर्दा विभिन्न बहुमुल्य र महत्व पर्ण्र्ाास्तू निस्कने क्रममा संसारनाश गर्ने कालकूट नामक घातक विष निस्कियो । देव र अशूर कालकुट विषको डरले समुद्र मन्थन छोडी शिवको स्तूति गर्न थाले र शिवजी ले संसारको रक्षा गर्दछ भनी उक्त कालकुट विष हात थापेर खाइदिनु भयो । यसको प्रभावले शिवजीको घाँटी नै निलो बानाइदियो । त्यस समय देखि शिवजीलाई निलकण्ठ भनेरम्बोधन गर्न थालियो । कालकूट विषलाई निस्तेज गराउन देवासुरहरुको स्तूति र भगवान शिवको पराक्रमको महिमा स्कन्ध पूराणमा यसरी लेखिएको छ ।

देवसुरादय र्सर्वे त्याक्त्वा मन्थं भया पूराः।
र्सवलोकम् ग्रसंन्तंते ददृसूरमराः सूराः।
“निलकण्ठ इतिख्यातः सर्वोलोकैश्चय सम्मत ।
कण्ठ मध्ये महानिलः यत तिष्ठती सम्यहः ।।
शिवजीले कालकुट विष खानूभएको, त्यसको पीडाले उत्तरापन्त तर्फहिँड्दै गोसाईकुण्ड सम्मको यात्राको विषयमा हाम्रा ग्रन्थमा यसरी प्रकाश पारिएको छ ।

ततः करतली कृत्य व्यापिहलाहल विषम् ।
अमक्षयं महादेवः कृपया मूल भावना ।।
एवं संचिन्त्य देेवेशःक्ष्वेडताप सुविह्यलहः
रुदंलोकाण्समागत्य प्रमसौ हिमवत गिरौ ।।
-श्रीमद् भागवत् स्कन्ध ८/७/४२)

तत्रोरोप्य त्रिशुलंसं गंगा संसार तत्रच ।
निलेन अन्तरं दुगधः स तिर्पान्तो महाविभू ।।
त्रिशुलं रोपण छ्रि्रं गंगा तत्रावि चोद्भवा ।
ययौ गगां सुखे रुद्र परिश्रम तदा जेहौ ।।
-स्कन्ध पुराण ४५/४२)
यसरी विष कण्ठमा राख्दा विष ज्यादै कडा भएको कारण भगवान् शिवलाई असह्य पीडा भयो र गौरीको तपोस्थल हिमालय तर्फलाग्छ भन्ने सोची त्रिशुल काँधमा बोकी कैलाशकुट बाट उत्तरापन्थ तर्फहिँडनुभयो ।गौरीको तपोस्थलमा पुग्दा पनि विषको पीडा शान्त नभएकोले धर्मर्पातको फेदीमा आफ्नो विशाल त्रिशुलले पहरो खोप्नुभयो । जहाँबाट तीनधारा जल निस्कियो जुन भगवान शिवले छातीमा पारी त्यँहा आनन्दले शयन गर्नुभयो र आफ्नो पीडालाई शान्त पार्नुभयो । यी तीन धारालाइ ब्रम्हा, विष्णु, रुद्र गरी त्रिगंगा मानिन्छ । यी त्रिगंगाबाट आएका पानी धर्म पर्वतको उपत्यकामा तलाउ भइ मनोरम कुण्ड बन्न पुग्यो । भगवान शिव अहिलेसम्म पनि यस कुण्डको बिचमा निलकण्ठ शिवका रुपमा विद्यमान रहेको विश्वास गरिन्छ । पछि पार्वती गौरी घाटबाट गोसाईकुण्ड बाट पश्चिम दिशामा -गत्लाङ गा.वि.स.) अवस्थित सुन्दर तलाउमा तपस्यामा बसेकी विस्वाँस गरिन्छ र उक्त कुण्ड पार्वती कुण्डको नामले चिनिन्छ । यस कुण्डको वरिपरि नागकुण्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, सुय कुण्ड, गणेश कुण्ड, रिभर कुण्ड, जागेश्वर कुण्ड, धर्म कुण्ड, कर्ण्र्ााुण्ड, अद्भूत कुण्ड, वेद कुण्ड, अग्नि कुण्ड, ब्रम्ह कुण्ड, पार्वती कुण्ड, शेष कुण्ड, ब्यास कुण्ड, बैष्णव कुण्ड, विष्णु कुण्ड, गौरी कुण्ड, दुध कुण्ड, उमा कुण्ड, रमा कुण्ड, ज्वाला कुण्ड, रगत कुण्ड, घाम कुण्ड, चन्द्र कुण्ड, दीप कुण्ड, खुँडा कुण्ड, पीप कुण्ड, -यी कुण्डका नामहरु चतर्ुवर्ग चिन्तामणि भागवतमा उल्लेख गरिएको भनि चित्रबहादुर पण्डित -शिखरबेसी नूवाकोट) ले नुवाकोट, प्रथम नुवाकोट महोत्सव २०६३ विषेश’ स्मारिकामा दिनुभएको अन्तर्वार्तालाई आधार मानि लेखिएको हो ।) यसको सत्यता खोजीको विषय बनेको छ । यहाँका धेरै कुण्डहरु अस्तित्वमा रहेका छैनन् र भएकाहरुलाई पनि माथि प्रस्तुत गरिएझैं नामबाट सम्बोधन गरिदैँन । यस क्षेत्रमा १०८ कुण्डहरु रहेको विस्वाँस गरिन्छ । गोसाईकुण्ड मा स्नान गरी र्फकदा बाटामा पर्ने भैरव कूण्ड र सरस्वती कुण्डलाई हर्ेन नहुने विस्वास गरिन्छ । HISTORICAL MONESTARIES :SINGH GOMBA
गोसाईकुण्ड यात्रामा पर्ने विभिन्न क्षेत्रको नामाकरणको सम्बन्धमा धेरै मत मतान्तर रहेको पाइन्छ । पछिल्ला समयमा विभिन्न लेख, रचनाहरुमा शिवजीको पहिलो कालकुट -विषको कारण ) गोर्साईकूृण्ड यात्रामा नै ती स्थानको नामाकरण गरिएको मत पाइन्छ भने अर्को तर्फ-शिवजीले ब्राम्हणको शिर क्षेदन गरेका पापले गुप्ता‹मा कुष्ट रोगले सताएछ । सो पाप मोचनका लागि शिवजी पुन गोसाईकुण्ड तिर हिँड्नुभयो ।
यसै यात्राको क्रममा हालको धुन्चे त्रिशुली गंगामाथि थकाइले विश्राम गर्दा लौरी विर्सर्ेेले यस स्थानको नाम लौरी विनायक हुन गएको विस्वास गरिन्छ । सो उकालो सिद्धिए पछि एउटा ढु‹ामा यात्रुले लौरो चढाउने र नचाढाएमा देवता रिसाउने विस्वास अझ सम्म पनि विद्यमान रहेको छ । तर उकालोमा लौरो टेकि हिँड्न झमेला भएकोले लौरी फ्याँकी हिडेका कारणले लौरी विनायक नाम रहेको विस्वास पनि गरिन्छ । यस ठाउँ लाई “लौरी विना”, “लौरी विनायक” दुवै नामले चिनिन्छ । त्यहाँबाट शिवजीले हालको चनदनबारी भन्ने स्थानमा पुग्दा श्रीखण्ड चन्दन लगाएर हिँडेकाले यस स्थानको नाम चन्दनबारी रह्यो । तर श्रीखण्ड चन्दन लगाएको नभई विषको औडाहले पुछेर फालेका कारणले चन्दनबारी नाम रहेको विस्वास पनि गरिन्छ ।
शिवको उत्तरा खण्डको यात्राको क्रममा सुर पर्वतको फेँदीमा आइपुग्दा पानी प्यासका कारण शिवजीले वेतको लौरी गाड्नुभयो र तप्त गंगा ढु‹ाको चेपबाट निस्किन् । वेतको छडीबाट निस्किएका कारणले उक्त गंगको नाम वेत्रगंगा रह्यो । यस गंगाको नामबाट यस क्षेत्रको नाम वेत्रामती रह्यो र वेत्रामती अपभ्रम्स भइ कालान्तरमा वेत्रावती भनिन थालियो तर वेतको छडीबाट उत्पत्ति भएका कारण गंगाको नाम वेतगंगा रहेको, यस गंगाको नामबाट ठाउँको नाम वेतवती रहेको र वेतवती अपभ्रम्स भइ वेत्रावती रहन गएको अनुमान पनि गर्न सकिन्छ । यस क्षेत्रलाई उत्तरगया पुण्यभूमिको नमले पनि चिनिन्छ । यस क्षेत्रको ऐतिहासिक महत्व पनि रहेको छ । वि.सं. १८४९ मा नेपाल र भोट बिच मैत्रिपर्ूण्ा सन्धी भएको थियो । STATUE OF AMARSINGH THAPA WHO HAD SUESIDE AT GOSAINKUNDA
गोसाईकुण्ड यात्राको परम्परा
जनताहरुले जस्तै राजाले पनि गोसाईकुण्ड यात्रा गरेको कुरा इतिहासमा पढ्न सकिन्छ । हालसम्म पाइएको पुरानो प्रमाणमा सुमति सिद्धान्त टिकामा राजा यक्ष मल्ल नेपाल सम्वत् ५६७ -वि.संं. १५०३) भाद्र पदसुदि ३ का दिन गोसाइकुण्ड यात्रामा निक्लेको कुरा उल्लेख गरिएको छ । आफ्नो रानीको सान्त्वनाको लागि रानी पोखरी खनाएका राजा प्रताप मल्लले विभिन्न तिर्थ स्थलहरुबाट जल ल्याउने क्रममा गोसाइकुण्डबाट पनि जल ल्याएको कुरा रानीपोखरी मा रहेको शिलालेख अनुसार थाहा पाउन सकिन्छ ।
ने.सं. ८०१ -वि.सं. १७३७) श्रावण शुक्लाअष्टमीमा काठमाडौंको पार्थीबेन्द्र मल्ल र महिवतिन्द्र मल्ल पनि गोसाईकुण्ड यात्रामा गएका थिए । वि.सं. १८०१ मा नुवाकोट विजयी दिगो रहोस भनी श्री ५ पृथ्वी नारायण शाहले पनि सो कुण्डमा स्नान गरेका थिए । उनले गोसाईकुण्ड मेला भर्न जाने तिर्थ यात्रीहरुको गाँस, बासको व्यवस्थाका लागि धैबुङकोटमा गुठिको व्यवस्था गरेको कुरा इतिहासमा पाउन सक्दछौ्र । यही गुठीबाट गोसाइकुण्ड स्नानका लागि आउने गोरखनाथ बाबाहरुलाई गुठि सञ्चालकहरुले दही खुवाई घुम ओढाएर पठाउने चलन थियो । यही दही घुम बाँड्ने कार्यबाट यस ठाउँको नाम “दहीघुम” रह्यो र दहीघुम शब्द बोलिचालिको भाषाबाट अपभ्रम्स भइ धैबुङ रहेको भन्ने किम्वदन्ती छ । हाल सो व्यवस्था पर्ुण्ा रुपमा हराइसक्यो । राष्ट्रभक्त विर पुरुष अमरसिंह थापा सन् १८१६ मार्त ३ मा भएको सूगौली सन्धिबाट असन्तुष्टिभई आत्मा शान्तिका लागि गोसाईकुण्ड गइ देहत्याग गरेका थिए ।

PILLIGRIMS IN THE HOLY BATH

तामाङ्ग जाति र गोसाईकुण्ड
सनातन संस्कारको प्रभाव धेरै समय सम्म रहिरहँदो रहेछ । किंवदन्तीले पनि यन्त्रिक अवस्था को यो समयलाई प्रभाव पारिरहेको अनुभव हामी हाम्रो संस्कारहरुमा सजिलै अनुभूति वा महसुस गर्न सक्छाँै्र । यस्तै किंवदन्ती कै आधारमा तामा‹ -गोलो) हरु आजभोली पनि गोसाईकुण्ड जान रुचाउँदैनन् । प्रचलित किंवदन्ति अनुसार सत्य यूगमा अहिले गोसाईकुण्ड भएको ठाउँमा देवी आराधना गर्ने एक जना गोले थरको लामा -पुरोहित) रहेछ । उसको दिनचर्या धर्मकर्म मा व्यथित हुन्थ्यो । एक दिन उसले एउटा गुम्बा बनाउने विचारले समुद्रको नागसँग सर्म्पर्क गरी सहयोग लिने कूरा गरेछ । उनीहरु बिच भएको सहमति अनुसार गुम्बा निर्माणका लागि आवश्यक सामाग्री सबै नागले व्यवस्था मिलाई दिने तर गुम्बा निर्माण पछि गोले लामा नागको आहारा बन्नु पर्ने हुन्छ । गुम्बाको काम धमाधम हुन थाल्छ । लामा बाजे आफुलाई गुम्बाको गर्भ गृह भित्र रहेको बेला कसैले बाधा बिध्न नगरुन भनि सबैलाई जानकारी गराउँछ । उता गोले लामा काम सकेपछि भागी जाने शंका गरि नागले गुम्बाको चारैतिर पुच्छरले बेरेर कहिँ कतैबाट भाग्न उम्कन नपाउने गर्राई ढोकाबाट टाउको छिर्राई लामालाई खाने दाउमा बस्छ । गोलेले मन्दिर भित्र देउताको प्रतिष्ठा पूजा अर्चना सबै गरी सकेरे तान्त्रिक बिद्याले नागका टाउकोमा समाई उसैलाई निल्न सुरु गर्छ । बिस्तार बिस्तार तान्दै खाँदै गर्दा मुख सम्म पुच्छर आइसकेको बेला अचानक बाहिरबाट कोही भित्र आएको थाहा पाई निल्न नभ्याएको पुच्छरको टुप्पाको अंश हत्तपत्त छाड्नु पर्छ । त्यही ठुटे पुच्छरको नाग अहिले गोले लामा बाजेको सन्तति सम्मलाई बाँकी नराख्ने भनि अद्यावधि गोसाईकुण्ड मा प्रतिक्षारत रहिआएको छ भन्ने जनश्रुतिको बिस्वास तामा‹ जातिहरुमा व्याप्त रहेको छ ।
त्यस्तै अर्को प्रचलित किंवदन्ती अनुसार सत्य युगमा एक गोले थरका झाँक्रिले कुण्डमा रहेको नागसँग लाडाइँ गर्ने अठोट लिई साथमा रहेकी श्रीमतीलाई “तिमी ढ्या‹ो बजाएर डिलमा बस, म नागसँग जुधेर त्यसलाई बाहिर लिएर आउँछु । म कुण्डबाट बाहिर निस्कदा मेरो जीउमा अक्षताले हिर्काइदिनु र ढ्या‹ो बजाउन नछोड्नु” भनी अहर््राई तन्त्रमन्त्रका साथ भैरवकुण्डमा केहिबेरको भिषण लडाइ पश्चात नागसँग बेरिएर बाहिर निस्कन लाग्दा उसकी श्रीमतीले नाग निस्किएको देखी अत्तालिएर अक्षताले जीउमा नहिर्काई ढ्या‹ो छोडि भागेकाले नागले युद्ध जिती झाँक्रिलाई सोही कुण्डभित्र लगेर मारेको हुँदा गोलेथरका मानिस नजाने र भैरवकुण्डमा स्नान नगर्ने चलन रहिआएको छ ।

CHEESE :LOCAL PRODUCTION
हुलाक टिकटमा गोसाईकुण्ड

मुख्यत संस्कृति, सम्पदाहरुको महत्व दर्शाउनका लागि यिनीहरुलाई हुलाक टिकटमा समावेश गरिन्छ । हुलाक टिकटमा आएका सम्पदाहरु राष्ट्रको पहिचान र गौरवको विषयवस्तु हो भनि बुझ्नू पर्दछ । यहि पंक्तिमा गोसाईकुण्ड पनि रहेको छ । गोसाईकुण्ड पनि रहेको छ । गोसाईकुण्ड अंकित भएको हुलाक टिकट दशकौं अघिदेखि प्रचलनमा रहेको छ । सन् १९७० जुन, ११ -२०२७ जेष्ठ २९) मा कलाकार के.के. कमाचार्यले डिजाइन गरेको ३६ह२५.५ मि.मि. साइज भएको ५ पैसा मुल्य बराबरको १ लाख थान गोसाईकुण्ड अंकित हुलाक टिकट प्रचलनमा आएको थियो । यो टिकट गभर्मेन्ट प्रिन्टीङ व्यूरो, टोकियो जापानमा मुद्रित गरिएको थियो । COLLECTING COCONUTS
नेपाली साहित्य र गोसाईकुण्ड
साहित्य र प्रकृतिको अन्योन्याश्रीत सम्बन्ध रहेको छ । साहित्यमा प्रकृति अनिवार्य तत्व झैं रहेको छ । धार्मिक तथा प्राकृतिक रमणीयताले भरिपर्ूण्ा गोसाईकुण्ड धेरै र्सजकहरुको सृजनाको आधार र श्रोत हो । गोर्सइकुण्डको विषय वस्तुलाई लिएर दर्जनौ साहित्यिक कृतिहरु नेपाली साहित्य क्षेत्रमा प्रकाशित भएका छन् । धेरै वृत्तचित्रहरु पनि निर्माण भएका छन् । यहाँ प्रमुखतः केही गोसाईकुण्ड विषयवस्तुमा केन्द्रीत भएर लेखिएका पुस्तकहरुको चर्चा गरिन्छ । जनकवि केसरी धर्मराज थापाद्धारा लिखित “नीलकण्ठर्-दर्शन” पुस्तकमा मूलत गोसाईकुण्ड यात्रा लाई ग्यात्मक शैलीमा लेखिएको छ । २०५६ मा जनकवि केशरी धर्मराज -सावित्रि थापा गुठी, स्वयंभू, काठमाडौं द्धारा प्रकाशित यो पुस्तकमा गोसाईकुण्ड को उत्पतिको सर्न्दर्भ यसरी लेखिएको छ ।
लाङटाङ हिमाल हिँउको रास हिमैहिउँको तौवा,
धोद्रै वरले बोलाउँदैछ त्यो लेकाली कौवा ।
धतुराउदै महादेवले जसै त्रिशुल गाडे,
तीन धारा मूल फुटे पहरालाई छाडे ।
-निलकण्ठ दर्शन १००)
त्रिशुलीको जनम भयो जम्छ गोसाईकुण्ड ,
कुण्डमानै हम्फालेर शिव बने शान्त ।
-निलकण्ठ दर्शन १०१)
यस्तै यूवा साहित्यकार प्रह्लाद पोख्रेल द्धारा लिखित, हेरसकद्धारा २०५६ मा प्रकाशित गोसाईकुण्ड -यात्रा काव्य) मा काठमाडौ देखि गोसाईकुण्ड सम्मको पाँचदिनको भ्रमण समेटिएको छ । पानी नै रचनाको उर्जा रहेको कुरा कविले कृतिमा समेटेका छन् ।
पानी जीवन हो समस्त रचना हर्ुकन्न पानी बिना
आँखा मात्र भएर हुन्न जसरी देखिन्न नानीबिना
आँखा हुन्छ भने चराचर जगत पानी त नानी न हो
पानी नै नभए बचिन्छ कसरी आधार पानी त हो ।
-गोसाइँकुण्ड ३७)
त्यसै गरी कविले गोसाईकुण्ड को बिचित्रता र रमणीयताको प्रशंसा गर्न पनि पछि परेका छैनन् ।
पानी टनन जमेसमान हिउँको चक्का छ ऐनासरि
कल्ले र‹भरे हुनन् नि यसरी यस्ता अनेकौँ थरी
कालो र‹ कतै कतै छ हरियो नीलो कतै देखिने
सेतो स्वच्छ कतै उही छ जल ता र‹ििवर‹
-गोसाईकुण्ड ३७)
यसै बीचमा घटराज भट्टर्राई द्धारा लिखित, यज्ञ विक्रम राणाले २०४६ सालमा प्रकाशित गर्नुभएको गोसाईकुण्ड -यात्रा वृतान्त) पनि ज्यादै रोचक र सन्देश मुलक रहेको छ । यो यात्रा संस्मरण आत्मपरक शैलिमा लेखिएको छ । विभिन्न तस्वीरहरु पनि संकलित यस कृतिमा मूलत गोसाईकुण्ड यात्रा क्रममा पर्ने महत्वपर्ूण्ा स्थानहरुको चिनारी पनि दिइएको छ । नयाँ तर्ीथ यात्राका निति यो पुस्तक सर्न्दर्भ सामग्री बन्न सक्दछ । यी यस्तै थुप्रै पुस्तकहरु गोसाइँकुण्डको विषयमा प्रकाशित भएका छन् TAKING REST
गोसाईकुण्ड सँग सम्बन्धित अन्य पक्ष
नेपाली जनसमुदायमा चिसो पवित्र गोसाईकुण्ड को जल बगेर पाटनको कुम्भेस्वर मन्दिरको एउटा सानो कुण्डमा आउने अझसम्म पनि विस्वास गरिन्छ । त्यसैले गोसाईकुण्ड मा मेला लाग्ने जनैपुणिर्माको दिन यहाँ पनि ठुलो मेला लाग्ने गर्दछ । कालकुट विषको पीडाबाट मुक्त भएको कारण जनैपुणिर्माको अघिल्लो दिन पशुपतिनाथको मन्दिर बन्द रहन्छ । श्रावण शुक्ल पुणिर्माको अघिल्लो दिन पशुपतिनाथ छोडेर शिवजी गोसाईकुण्ड जान्छन् भन्ने विस्वास गरिन्छ । धुलिखेल नजिकै महादेव पोखरी डाँडामा रहेको सानो पोखरीलाई पनि गोर्साईस्थानको नामले पुज्ने चलन छ ।
नेवारी समुदायमा गोसाईकुण्ड तर्ीथलाई शिलु तर्ीथको नामले चिनिन्छ । यस समुदायबिच श्रीमान श्रीमती एकै साथ गोसाईकुण्ड को यात्रा गर्न नहुने विस्वास रहेको छ । यो विस्वासको पुष्टिका लागि अठारौँ सताब्दी देखि नै लोकप्रीय रहेको “शिलुतिर्थ” नामक नेवारी लोकगीतलाई लिनु सान्दर्भिक रहन्छ ।
यो गीतमा तत्कालिन समयको धार्मिक, सामाजिक र राजनितिक अवस्थाको राम्रो चित्रण गरिएको छ । यो गीतमा पतिले गोसाईकुण्ड यात्रामा सँगै श्रीमती लैजाने मन नगर्दा जबर्जस्ती श्रीमतीसँगै तर्ीथमा पुगेको, कुण्डमा राजाद्धारा पत्नीको हरण भएको, पत्नी विरहका कारण पति जोगी भएको, उता पत्नीले रानी बन्न पुगेपछि जोगीहरुलाई भोज खुवाउँदा आफ्नो जोगी श्रीमानसँग भेट भएको र आफुपनि जोगीको भेषमा भागेको कुरा ज्यादै कारुणिक, साहसिक रुपमा व्यक्त गरिएको छ । साथै कथामा गोर्साईकूण्ड यात्राको दौरानमा पर्ने धर्मस्थल पाँचमाने फेँदी, जाइफेल पौवा, रानीपौवा, चतुरालाी पौवा, नूवाकोट बेसी, धैबुङ, भिमली, धुन्चे, लौरी विनायक, गोसाईकुण्ड गरी ११ वटा विश्राम स्थलको नाम पनि बताइएको छ । यसै कथालाइ आधार मानेर नेपाल भाषामा “शिलू” नामक रंगिन चलचित्र पनि बनेको छ । MOUIST OF RASUWA COLLECTING DONATIONS FROM PILLIGRIMS

उपसंहार
गोसाईकुण्ड पानी हो, आँखाको नानी हो । पानी स्वच्छता, निर्मलता, पवित्रताको प्रतीक हो । सतहबाट मात्र हेर्यौ भने निलो र‹ देखिन्छ । गहिर्राई पुग्यौंभने कूनै र‹ भेटिन्न । यही पानीको रुपबाट धेरै कुरा पाउन सकिन्छ । गोसाईकुण्ड को सुधार र संरक्षणका सम्बन्धमा विभिन्न पक्षबाट बनाइएको कार्यक्रमलाई फाइलमा नअड्काई पर्ूण्ा रुपमा कार्यान्वयनमा लैजान पर्ने समय आइसकेको छ । यात्रुहरुले चढाउने भेटीको पारदर्शी रुपमा संकलन र सदूपयोग गरिनु पर्दछ । गोसाईकुण्ड यात्राको बहपक्षिय महत्वको विषयमा प्रचार प्रसार गरिनु आवश्यक छ । तर्ीथयात्राका लागि जाने स्वदेशी तथा विदेशी दुवै किसिमका यात्रुहरुमा सामान्य करको व्यवस्था गरी करबाट प्राप्त रकमले यात्रुहरुको हित, गोसाईकुण्ड को संरक्षण र प्रचार प्रसारमा लगाउन सक्यौं भने अझ राम्रो हुनेछ । एउटा बृहत समिति वा समूह बनाइ पृथ्वीनारायण शाहले व्यवस्था गरेको तर्ीथ यात्रुहरुलाई दही र घुम दिने चलनलाई निरन्तरता दिने कोशिस गरियो भने इतिहास बनिसकेको त्यो परम्पराले पुनर्जीवन पाउने कुरामा दर्ुइ मत हुनै सक्दैन । रसुवा जिल्लाका विभिन्न स्थानहरुमा पाइएका विभिन्न शिलालेखहरुको अध्ययन र अनुसन्धानले यसको धार्मिक र ऐतिहासिक महत्वका विषयमा थप तथ्यहरु पत्ता लाग्न सक्दछन् । यसका लागि संरक्षणको अभाव झेलिरहेका लहरेपौवा, भीमसेनस्थान -माझगाउँ), रसुवागढी लगायतका स्थानहरुमा रहेका शीलालेखहरुको अध्ययन र संरक्षण हुन आवश्यक छ । पृथ्वीनारायण शाह गोसाईकुण्ड स्नान गरी फर्केपछि निर्माण गर्न लगाएका बेत्रावतीको राममन्दिरमा पनि शिलालेख रहेका कुरा बुढापाकाहरु बताउँछन् । थप तथ्य आउन सक्ने उक्त शिलालेख कहाँ रहेको छ र त्यो पनि खोजिको विषय नै छ । अहिले गोसाईकुण्ड क्षेत्रलाई राष्ट्रिय सम्पदा र सिमसार क्षेत्रको सूचिमा राख्न खोजिनुले पनि यसको महत्व र चुनौती बढाएको छ । सूचना र प्रविधीको यो युगमा हामीले गोसाईकुण्ड को यावत विषयवस्तुलाई ध्भदकष्तभ, क्ष्लतभचलभत मार्फ विश्व जगतमा पु-याउनु आजको प्रमुख अवश्यकता हो । यसको माध्यमबाट हामीले स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमनमा बृद्धिगर्न सक्दछौं भन्ने कुरामा दर्ुइमत छैन । वृत्तचित्रहरुको निर्माण र पर््रदर्शनी हुनु जरुरी छ । वर्षोनी तिर्थालुहरुबाट सुझावहरु संकलन गर्ने र क्रमिक रुपमा सुझाव अनुरुप सुधार्दै लैजानुले पनि गोसाईकुण्ड एउटा महत्वपर्ूण्ा धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलको रुपमा विश्व प्रख्यात हुन समय लाग्ने छैन । अनन्तः आफ्ना अंग पगाली जलाशयको जन्म दिने हिमाल र विष सेवन गरी विश्व रक्षा गर्ने भगवान शिवले देखाएको बाटोमा एउटा सिँढी मात्र उक्लन सकियो भने मान्छे मानव बन्नेछ ।
सर्न्दर्भ सामग्रीहरु
१) वेत्रागंगा, वर्ष१, अंक १ २०६१
२) प्रहरी, वर्ष४२,२०५७, फाल्गुण १ गते अंक ६ ।
३) शैक्षिक पुञ्ज स्मारिका, नेपाल शिक्षक संगठन रसुवा २०६०
४) गोरखा पत्र २०५७ श्रावण
५) रसुवा पार्श्व चित्र २०५९, जिल्ला विकास समिति रसुवा ।
६) नुवाकोट, प्रथम नुवाकोट महोत्सव २०६३ विशेष ।
७) पौड्याल कैलाशनाथ, पौराणिक इतिहास ।
८) दीप स्मारिका, शिक्षण विकास केन्द्र, रसुवा २०५७ ।
९) तिर्थ पर्यटन, दायित्व वाङमय प्रतिष्ठान ।
१०) स्थलगत अध्ययन तथा सम्बन्धित व्यक्तिहरुसँग छलफल
11)Hardayal Singh (Glimpses of Nepal philately and postage stamps of Nepal)
12)www.agaman.blogspot.com

NOTE:
HERE ARE SOME GRAMMERTICAL MISTAKES BECAUSE OF THE FONTS PROBLEMS .DEAR READER WHO WANT TO GET MORE INFORMATION YOU HEARTLY REQUEST YOU TO INFORM ME I WILL TRY MY BEST.(CONT. NO. 9841464042(Cell),016916223(Home)

Thursday, July 10, 2008

अपिल:दुर्गम नेपाल



नेपालको समग्र विकासमा जलसम्पदाको उच्चतम् भूमिका रहेको र यसको सही सदुपयोग र विकास गर्नु नै नेपाली जनताको सुनौलो भविष्यको एकमात्र आधार हो । यसै सन्दर्भमा रसुवा जिल्लाको चिलिमे खोलाको पानीलाई स्वदेशी पूंजी परिचालन गरी नेपाली प्राविधिकले २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत निर्माण गरी सस्तो दरमा विद्युत उत्पादन गरेकोमा चिलिमे जल विद्युत कम्पनी परिवारलाई धन्यवाद दिन्छौं । चिलिमेले निश्चय नै उदाहरणीय कार्य गरेर नमुना जल विद्युत निर्माण कम्पनी हुने सौभाग्य प्राप्त गरेको छ र यो प्रगतिको गन्तव्यतिर लम्किदैं पनि छ । यो निश्चय नै चिलिमे जल विद्युत कम्पनी र रसुवाबासीको लागी गौरबको विषय होराजधानीको नजिकको बासिन्दा भएता पनि रसुवाबासीको आर्थिक अवस्था नाजुक हुँदा शिक्षा स्वास्थ्य एवं मानव विकास सूचाकंमा समेत न्यून रहेको प्रष्ट छ । प्राकृतिक सौन्दर्यता र सम्पदाले धनी रसुवाबासीको आयआर्जनको स्रोत नहुँदा बिपन्न वर्गमा दरिएको साँचो हो । भएका प्राकृतिक सम्पदाको परिचालन गर्न नसक्दा करिव ५० हजार जनसंख्या रहेको अधिकाशं जिल्लाबासी गरिवीका रेखामुनी छन् । भौगोलिक कठीनाई पशुपालन तथा भिरालो जमिनमा गरिने परम्परागत खेतीपातीले दूर्गम र विकट रसुवाबासीको आर्थिक अवस्थामा सुधार आउला भन्न सकिन्न । यस दीनहीन परिस्थितिबाट उन्मुक्ति पाउन जिल्लाको सिमाभित्र भएका प्राकृतिक स्रोत साधन झर्ना खोला हिमनदी जस्ता जलसम्पदालाई उपयोगमा ल्याउनुको विकल्प नभएको र त्यसको प्रतिफल स्थानीय जिल्लाबासीमा जानु उनीहरुको नैसर्गिक अधिकार भएको र प्राकृतिक न्यायको दृष्टिकोणले पनि सोको सुनिश्चिता हुनु नै पर्ने देखिन्छ । जल सम्पदालाई उपयोगमा ल्याउन ठूलो लगानी चाहिने र सेा ठूला कम्पनीहरु मार्फत परिचालन हुने गर्दछ । यसरी गरिने लगानीमा कम्पनीहरुले जिल्लाबासीलाई लगानीको केही अंशको अनिवार्य हिस्सेदार बनाउदा योजनाको सफल कार्यन्वयन सुसंचालन र योजनाको भविष्य सुनिश्चित हुने र जिल्लाबासी लगायत राष्ट्रकै कल्याण हुनेमा दुईमत हुन सक्दैन जुन सबै दृष्टिकोणबाट श्रेयस्यकर एवं युक्तिसंगत छ । यसले PPP को अवधारणाको विकास र ूजसको विहे उसलाई हेर्न नदेू भन्ने सोचको अन्त्य गरी विकास निर्माण कार्यमा स्थानीय सहभागिता स्वस्फुर्त रुपमा परिचालन भई जिवनस्तर अभिवृद्धि हुने र योजनाको सफलता र सुरक्षामा पनि महत्वपूर्ण भूमिका खेल्दछ ।
COMMENT ON KANTIPUR NEWS PAPER ABOUT CHILIME
यसै परिवेशमा भविष्यमा नेपालका विभिन्न जिल्ला-जिल्लामा निर्माण हुने कुनै पनि योजना÷आयोजनामा स्थानीय स्रोतमाथि स्थानीय हकअधिकारको सुनिश्चतताका लागि नीति निर्माणको तहमा गम्भीर ध्यानाकर्षण हुने अपेक्षा गरेका छौं । चिलिमे जल विद्युत कम्पनीले थोरै समयमा नाफा कमाउन सफल भएको कुरा सबै सामु छर्लङ्ग छ । तर स्थानीय स्रोतको उपयोग गरी संचालनमा ल्याएको नमुना जलविद्युत कम्पनीले प्रभावित जिल्लाबासीलाई लगानीको हिस्सेदार नबनाएको हुँदा विपन्न प्रभावित जिल्लाबासीको कुनै पनि किसिमले उत्थान हुने देखिएन । यसकालागि आर्थिक अवस्थामा सृदृढीकरण गर्न साधारण सेयरमा विशेष सहुलियत योजना प्याकेज लागू गर्न निवेदन गर्दछौं । हामी कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रभावित जिल्लाबासीको हैसियतले निम्न मागपत्र प्रस्तुत गर्दछौं
मागप्रस्तावहरु
सर्वसाधारणमा जारी गरिने भनिएको जारी हुन बाँकी रहेको २४ प्रतिशत सेयरमध्ये स्थानीय जिल्लाबासीका लागि एक तिहाइ अर्थात ३३ प्रतिशत सेयर छुट्याइनु पर्ने ।
DEMANDED PAPER:CHILIME SAROKAR SIMITEE
सो सेयर निष्काशनमा चिलिमे जल विद्युत कम्पनी निर्माणस्थलले चर्चेका प्रत्यक्ष प्रभावित तीन गाविसहरु क्रमशः चिलिमे गोल्जोङ र स्याप्रु गाविसका जनतालाई यस अघि नै सर्वसाधारणलाई जारी गरिने सेयरमध्येबाट ८ प्रतिशत छुट्याई दिने लगायत मिति २०६३।९।२९ र ३० गते चिलिमे जल विद्युत कम्पनी र चिलिमे जलविद्युत सरोकार उपभोक्ता समिति रसुवा बीच सहमती भैसकेकोमा सो बराबरको सेयर सम्बन्धित प्रत्यक्ष प्रभावित ३ गाविसका जनतालाई बितरण गरी बाँकी सेयर संख्या प्रभावित जिल्लाबासीका लागि परिचय खुल्ने प्रमाण कागजको आधारमा जस्तै नागरिकता प्रमाणपत्र मतदाता परिचयपत्र जग्गा धनी प्रमाण-पूर्जा वा कुनै किसिमले प्रमाण खुल्ने कागजात अविलम्ब बितरण हुनुपर्ने । यसैगरी सहमती भएका तर कार्यन्वयन नभएका अन्य बुँदाहरु समेत यथासिघ्र कार्यन्वयन हुनु पर्ने । AGREEMENT PAPER:CHILIME H.P. PROJECT AND CHILIME SAROKAR SAMITEE
जिल्लाबासीको नाउँमा साधारण सेयर जारी गर्दा विपन्न परिवारलाई रकम जम्मा गर्ने मुनासिव समय र यथोचित व्यवस्था मिलाउनु पर्ने । न्यूनतम् आयस्रोत भएका र मध्यम वर्गीय परिवारको हकमा सेयर खरिदको लागि चाहिने आवश्यक रकम जुटाउन मनासिव समय दिइनु पर्नेछ । तर बढीमा ३ पटक सम्म सेयर खरिदका लागि आह्वान गर्दा पनि प्रभावित जिल्लाबासीलाई छुट्याइएको सेयर बिक्री हुन नसके अन्य सर्वसाधारण गैर जिल्लाबासी लाई सेयर बिक्री गर्न सक्नेछ ।
पासाङ ल्हामु राजमार्गको वेत्रावती देखि चिलिमेको थाम्मुचेत सम्मको सडकखण्डमा समय-समयमा आवश्यक मर्मत-सभ्भार गरी यातायात सुचारु गर्न सकि्रय सहयोग पुर्याउनु पर्ने । विशेषगरी मुलखर्कको पहिरो लगायतका अन्य क्षतिग्रस्त स्थानहरुमा विशेष ध्यान दिइनु पर्ने ।
योजना÷आयोजना निर्माण तथा मर्मत कार्यहरुमा स्थानीय जिल्लाका बासिन्दाहरुको विशेष संलग्नतामा साझेदारी र सहकार्य हुनु पर्ने र स्थानीय स्रोत साधन सीप दक्षतामा अभिवृद्धि गरी प्रभावित जिल्लाबासीलाई पहिलो प्राथमिकता दिइनु पर्ने ।
रसुवा जिल्ला प्राकृतिक साँस्कृतिक र पर्यटकीय सम्पदामा धनी भएकोले बातावरण र पर्यावरणमा आवश्यक सतर्कता अपनाई संरक्षण कार्यमा विशेष ध्यान दिइनु पर्ने ।
चिलिमे विद्युत कम्पनीले प्रत्यक्ष प्रभावित क्षेत्र चिलिमे गोल्जोङ र स्याप्रु गाविसका गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा सम्म प्राविधिक ज्ञान सीप तालिम दिई दक्ष प्राविधिक उत्पादन गरी काममा लगाइनु पर्ने ।
विद्युत सेवाबाट बन्चित प्रभावित जिल्लाबासीलाई यथासिघ्र विद्युत सेवा बितरण गरिनु पर्ने
यी मागहरु विशुद्ध गैरराजनीतिक अभिप्राय र निरपेक्ष गरिवीका रेखामुनि रहेका प्रभावित
जिल्लाबासीको हितमा छन् । विपन्न रसुवाबासीको मागहरु प्रति त्यस चिलिमे जलविद्युत कम्पनी प्रा।लि। को ध्यान जाने र यथासिघ्र कार्यन्वयन हुने अपेक्षा गर्दछौं । NEWS : STRUGGLE OF REMOTE NEPAL FOR GURANTEED OF 33%SHARES FOR PEOPLE OF RASUWA AS AFFECTED AREA
राज्य संघीय शासन पद्धतिमा संचालित हुने कुरा अन्तरिम संविधान २०६३ ले गरेको छ । संघीय सिद्धान्त अनुरुप राज्य संचालन गर्दा स्थानीय स्वयत्ततामा जोड दिइन्छ । अर्थात स्थानीय स्रोत सम्पदाको उपयोगमा स्थानीयबासीलाई अग्रअधिकार दिइनु पर्छ । तर चिलिमेले स्थानीय प्राकृतिकका साथै अन्य स्रोत उपयोग गरेर थोरै समयमा करोडौं नाफा कमाउन सफल भएता पनि स्थानीय जिल्लाबासीको लागि सेयर व्यवस्था नगर्नुले हामी जिल्लाबासी दुखित भएका मात्र छैनौं अपमानित र अन्यायमा परेका महशुष गरेका छौं ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार यही ०६४ साल चैत २० गते सम्म साधारण सेयर निष्काशन गरिसक्नु पर्ने भएको परिप्रेक्ष्यमा चिलिमे जलविद्युत निर्माण कार्य तथा प्रसारण लाईन लगायतका अन्य गतिविधबाट सम्पूर्ण रसुवा जिल्ला नैं परोक्ष अपरोक्ष रुपमा प्रभावित क्षेत्र भएकोले प्रभावित रसुवा जिल्लाबासीका नाममा सर्वसाधारणमा जाने सेयर मध्येबाट ३३ प्रतिशत सेयर छुट्टयाई अंकित मुल्यमा वितरण भई पाउन नागरिक समाज लगायत अन्य क्षेत्रबाट समेत एक्यवद्धता जनाई कारवाही अघि बढिरहेको छ ।

चिलिमे जलविद्युत कम्पनीको यही माघ २७ गते हुन गइरहेको एघारौं साधारण सभामा सर्वसाधारणलाई पि्रमियम दरमा सेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पेश हुन लागेको बुझिएको र सो प्रस्ताव चिलिमे जलविद्युत कम्पनी र चिलिमे जलविद्युत सरोकार उपभोक्ता समिति बिचको भएको पूर्व सहमतिको भावना विपरीत भएकोले अत्यन्त प्रभावित तीन गा।वि।स। र प्रभावित रसुवा जिल्लाबासी लगायतलाई लामो समयदेखि नैं पटक पटक ूसर्वसाधरणलाई निकट भविष्यमै सेयर वितरण हुनेू प्रतिवद्धता जनाई आएकोमा हाल पि्रमियम दरमा वितरण गर्ने गरी प्रस्ताव गर्न लागिएकोले सो अन्यायपूर्ण हुने हुँदा सो प्रभावित जिल्लालाई अंकित मुल्यमा नैं सेयर वितरण कार्य यथाशीघ्र हुन अनुरोध छ ।
उपरोक्त मागहरुको कार्यन्वयनप्रति ध्यानाकर्षण नभएको अवस्थामा प्रभावित जिल्लाबासी शान्तिपूर्ण संघर्षमा चरणबद्ध तरिकाले उत्रिन वाध्य हुने व्यहोरा समेत अवगत गराउँदछौं

दुर्गम नेपाल REMOTE NEPAL
सम्पर्क कार्यालयः
लक्ष्मीनगर प्रवेशमार्ग महाराजगन्ज-४
पोष्टबक्स नंः ८९७४ सीपीसी ३९९ं काठमाडौ
फोन नंः ४७२०५२२ मो।नं। ९८४१-४६४०४२
Email: remotenepal@yahoo.com

रसुवाबासीको ईमान्दारिता प्रति चिलिमेको हेपाइ

HEAD GATE :CHILIME H.P.PROJECT,SHYAPRUBENSI, RASUWA

हात्ति आयो हात्ति आयो फुस्सा भन्ने उखान अहिले भोगाइमा परिणत हुन लागिरहेको छ रसुवाबासीलाई । कुरा चिलिमे जलबिद्युत आयोजनाको हो । रसुवा जिल्लामा अवस्थित चिलिमे जलविद्युत आयोजना नेपाल बिद्युत प्राधिकरण आफैंले स्वदेशी पूँजीबाट निर्माण गरेको नेपालको पहिलो आयोजना हो । यसको सन्तोषजनक सम्पन्नताले नेपाल विद्युत प्राधिकरणलाई निकै हौसला दिएको छ । यो आयोजना बनाउने क्रममा बिद्युत प्राधिकरणलाई पूरा रसुवाबासीले आफ्नो बलबुद्धिले भ्याएसम्म सहयोग गरेका थिए । हामीले अहिले बारम्बार सुन्ने गरेका छौ कहि कतै यस्तो आयोजना बनाउने सन्दर्भमा स्थानीय जनताबाट निकै बाधा अवरोधहरु खडा भएका छन् । लगानी पक्षले लामो सडक बनाउनुपर्ने सडक लगायत अन्य क्षेत्रमा मुआब्जा दिनुपर्ने प्रभावित क्षेत्रको शिक्षा स्वास्थ रोजगार लयागत अन्य विकासका कार्यहरुमा सहयोग पूउनुपर्ने यी आदि समस्याहरु लगानीकर्ताहरुले भोगिरहेका छन् । तर चिलिमेको सन्दर्भमा रसुवाबासीहरुले यी विषयहरुमा कहिल्यै अवरोध खडा गरेनन् । गौरवान्वित थिए रसुवाबासीहरु आफ्नै जिल्लामा यस्तो आयोजना बन्न लागेकोमा । आफ्नो घरअगडिबाट भारी लोड बोकेर कयौ चिलिमेका गाडिहरु गुड्दा अस्त व्यस्त भएका सडकहरु आफैं मर्मत गर्दै हौसलापूर्वक सहयोग गरिरहे तर यस आयोजनाप्रति कहिल्यै कुनै कुरा पनि उठाएनन् ।यस आयोजनाबाट पाउनुपर्ने सबै हक अधिकारबाट विाचत बनाएर चिलिमेले रसुवाबासीलाई फुस्सा बनाउन खोजेको त होइन केहि सहयोगका क्षेत्रमा राम्रा काम गर्न खोजेपनि विगत्मा प्रतिबद्ध गरिएका र उसको दायित्व भित्र पर्ने कयौ कामहरु यसले गर्न नसकिरहेको हुँदा रसुवा लगायत आयोजना बन्ने र बन्न लागेका सम्पूर्ण क्षेत्रका वासिन्दा हरुमा शंका को विषय बन्न पुगेको छ चिलिमे जलविद्युत् आयोजना ।

NEWS ABOUT THE STRUGGLE OF REMOTE NEPAL FOR GURANTEED OF 33%SHARE FOR RASUWALI PEOPLE
जहिले पनि स्थानीय स्रोत र साधनमा स्थानीय स्तरकै हक लाग्ने गर्दछ र अहिलेको अन्तरिम संविधानले त झनै स्पष्ट पारेको छ यो कुरालाई । स्थानीय स्तर र अन्तरिम संविधानको मर्मलाई समेत कुठाराघात गर्न खोज्ने चिलिमे जलविद्युत आयोजनाले सर्वप्रथम पूरा जिल्लाबासीलाई बिद्युत आपूर्ति गर्नुपर्ने थियो अत्याधिक नाफामा गएको प्राधिकरणले आफ्नो आम्दानी किहं कतै बाड्नु परेको छैन सबै आफ्नो पोल्टामा हाल्न पाएको छ । आयोजना निर्माण गर्ने सन्दर्भमा पनि सोझै आयोजना स्थलमा बाहेक अन्य कुनैपनि क्षेत्रमा लगानी िफंजाउनु परेको थिएन र आयोजना सस्तोमा बनेर धेरै सफलतापनि प्राप्त गरेको थियो । केहि ठाउँमा बिजुलिका खम्बा गाडिएका छन् तर २ वर्ष बित्दा पनि बिजुली दिन सकेको छैन । रोजगारको सन्दर्भमा स्थानीय श्रम तथा सेवाको कदर नगरी प्राय जसो सबै पदमा जिल्ला बाहिरका कर्मचारी नियुक्ति गरको छ यस आयोजनाले । के रसुवामा त्यस आयोजनाको कुनैपनि पदमा काम गर्न सक्षम व्यक्ति नभएर हो त होइन भने किन पियन सम्म पनि बाहिरी मान्छेहरु भर्ना गरियो यस्तै गरी अन्य विकासका कार्यहरुमा पनि यस्ाको सहयोग देखिँदैन ।
रसुवा प्रस्थानको लहरेपौवा गा । वि । स को वेत्रावती देखी धैवुङ हुंदै धुन्चे स्याप्रुबेशी खण्डको सडक खण्ड यदि आफैंले बनाउनु परेको भए ती सडक खण्डका जनताले अबरोध उठाएका भए आज चिलिमे यति सस्तो मुल्यमा बन्ने थिएन र आयोजना बनाउने कल्पना समेत गर्ने थिएन नेपाल बिद्युत् प्राधिकरणले । यति हुंदाहदै पनि त्यो सानो जिल्लाका यी भागहरुलाइ उ प्रभावित मान्न तयार भएन यी क्षेत्रहरुको सहयोगको अवमूल्यन गरिरहेको छ सानो लगानीबाट यति ठूलो आयोजना निर्माणमा सफलता प्राप्त गर्नुमा सबै रसुवासीको देन छ भन्ने कुरा उसले जानेर पनि बुझपचाइरहेको छ ।कुनै पनि public कम्पनिले आफ्नो कार्य साचालनको २ वर्ष पछि नाफा सहित सर्वसाधरणका निमित्त साधरण शेयर निष्काशन गर्नुपर्ने हुन्छ ।
NAAGBELI ROAD:BHARKU-SHYAPRUBENSI
चिलिमेको सन्दर्भमा धितोपत्र बोर्डमा करीब डेढ वर्ष अगाडि देखी सुचिकृत भएपनि उसले सर्वसाधरणमा शेयर लैजान करीब एक वर्ष ढिला गरिसकेको छ । ढिला गर्नुमा नेपाल बिद्युत् प्राधिकरणको सा्रेत अनुसार अत्याधिक नाफामा गएकोले शेयर उचझष्गु मा निश्काशन गर्न ढिला गरिएको हो र यहि २०६४ साल चैत्र २० भित्रमा यस कम्पनीले न्यूनतम रु ७०० मा प्रति शेयर निष्काशन गर्न लागिरहेको थाहा हुन आएको छ । यसभन्दा अगाडिको वार्षिक साधरण सभाले चिलिमे परियोजनाको भाषामा प्रभावित मानिएको ३ गा।वि।सका निम्ति सर्वसाधरणलाई दिने भनेको २४ प्रतिशत शेयरको ८ प्रतिशत दिने निर्णय गरेको छ र अरु बाँकी जिल्लाबासीले जिल्लाबासी भएको नाताले कुनै शेयर पाउने छैनन् र उनीहरुले पूरा जनताले पाउने शेयर संख्या भित्र नै आवेदन दिनुपर्नेछ साथै त्यो पनि अंकित मुल्य रु १०० मा नभएर premium मूल्यको को पनि बढाबढको मूल्यमा दरखास्त हाल्नुपर्नेछ ।
LOCAL PEOPLE OF NORTHERN RASUWA IN THEIR TRADITIONAL
AGRICULTURAL WORK
आयोजना बन्न लागेकोमा धेरै आशा बोकेर लागिपरेका यी रसुवाबासी सबै यस्तो अवस्थाकॊ शेयर खरीद गर्न सक्षम छैनन् त्यसैले रसुवाबासी चिलिमेको शेयर खरीद गर्नबाट विाचत हुनेछन् र उनीहरुको त्याग तपस्या र परिश्रमबाट बनेको आफ्नै स्थानीय स्रोतमा निर्मित यस परियोजनालाई आफ्नो भन्नेबाट टाढा रहन पुग्दछन् र उनीहरु चिलिमे परियोजनाप्रति निराशावादी हुने देखिएको छ ।नेपालमा Public Private Partnership को विचार आइसकको यो समयमा सर्वसाधरणलाई दिने शेयरको ३३ प्रतिशत मात्र पनि पूरा जिल्लाबासीलाई दिएमा त्यो परियोजना public नभएर private हुने धारणा नेपाल विद्युत प्राधिकरणले राख्ने गरेको छ । उसको भनाइमा आफ्नो अमूल्य स्थानीय स्रोतमा निर्मित यस परियोजनामा पूरा रसुवाबासीले प्रभावित क्षेत्रको आधारमा शेयर खरिद गरेमा ती रसुवाबासी सर्वसाधारणको परिभाषाभित्र पर्दैनन् । यसै सन्दर्भमा सेक्युटिरिज रिसर्च एण्ड सर्भिस सेन्टरले भने रसुवा बासीले उठाएका यी मागहरु ज्यादै सान्दर्भिक भएको र त्यस कम्पनीले त्यहाँको स्रोत परिचालन गरेबापत त्यसका हकदार सम्पूर्ण रसुवाबासीले चिलिमेले सर्वसाधरणलाई दिन कबुल गरेको सबै शेयर अंकित मुल्यमा नै दिनुपर्छ र बाँकी रहेमा मात्र अरुलाई दिनुपर्नेछ भनी आफ्नो विचार व्यक्त गरिसकेको अवस्था छ । अहिले यहि २०६४ चैत्र २८ गते हाम्रो देशमा ऐतिहासिक संविधान सभाको निर्वाचन हुन लागिरहेको छ। यहि वेमौसम चैतको हाराहारीमा चिलिमेले साधारण शेयर निश्काशन गरेमा त्यो पनि premium मा निश्काशन भयो भने उसका लागी यो चुनौती पूर्ण हुन सक्छ । अहिले यो कुरालाई स्थानीय स्वायत्तताको अभियानमा लागेका राजनैतिक दलहरुले आफ्नो मुद्धा पनि बनाउन सक्छन् र चिलिमेलाई आफ्नो केहि स्वार्थका निम्ति यस मुद्धामा सहयोग गरिरहेको यदि कुनै समुह छ भने त्यसलाई जनताले कठघरामा उभ्याउन पनि सक्छन् । साथै अर्को महत्वपूर्ण कुरा अहिले देशमा तरलताको संकट छ जो टेलिकमको शेयर बिकि्र नहुनबाट पनि थाहा हुन्छ ।
हालसालै नेपाल बिद्युत् प्राधिकरणले जारी गरेको ऋण पत्र कृषिविकास बैंकले शेयर आवेदन बापत ओगटेको ठूलो रकम आदि कारणले गर्दा पनि चिलिमेले यो समयमा शेयर निष्काशन नगर्न पनि सक्ने अवस्था छ र अर्को्र पक्ष यदि रसुवावासीलाई कुठाराघात हुने गरी उसले शेयर निश्काशन गर्न सक्दैन ।आपसी सहमतिमा रसुवाबासीले पाउने अधिकारको अहिलेनै निरक्र्योल हुनुपर्दछ । यो मुद्धालाई बिसर्िएर शेयर निष्काशन गर्ने हो भने रसुवाबासी सहित सम्पूर्ण देशबासीले यसरी बनेको आयोजना प्रति शंका गर्नेछन् र यस्ता कम्पनीमा लगानी गर्न पनि सोच्न बाध्य हुनेछन् । त्यसैले यो सर्वप्रथम सम्पूर्ण रसुवाबासीको हितको निम्ति हुनुपर्दछ । चिलिमेको शेयर धेरै भन्दा धेरै संख्यामा रसुवाबासीले पाउनु पर्दछ । एउटा निश्चित अवधिसम्ममा रसुवाबासी भएको प्रमाण खुलेको प्रत्येक व्यक्तिले आफ्नो घरको कुखुरा बाखा्र र एक बोरा आलु बेचेरपनि कम्तीमा १० शेयर अंकित मूल्यमा आवेदन दिन पाउनुपर्दछ । यसबाट रसुवाबासी जस्तो गरीबीको चरम अवस्थामा रहेका बासिन्दाले आफ्नो स्थानीय स्रोतमाथि अधिकार पाउनेछन् । उनीहरुले चिलिमेलाई आफ्नै हो भनी मायाँ ममता गर्न पाउनेछन् र यसरी बन्ने अरु आयोजनालाई पनि बाटो खुल्ने छ । यदि रसुवाबासीलाई हित नहुने किसिमको कुनै पनि निर्णय चिलिमेले लियो भने उसका लागी यो राम्रो कदमनहुन सक्छ र रसुवाबासीको हित नहुने यस्ता आयोजना रसुवामा बनाउन रसुवाबासीको साथ पनि नहुन सक्छ र आफ्ना अमूल्य स्रोतहरु यदि जस्ताको तस्तै रहेमा बरु रसुवाबासीले आफु सक्षम भएपछि बनाउने छन् र आफ्नो विकास आफैं गर्नेछन् । यो कुरालाई चिलिमेले मनन गर्न र सम्पूर्ण जिल्लाबासीहरुले गम्भीरता पूर्वक बुझ्न र आफ्नो अधिकारको निम्ति संघर्ष गर्न जरुरी छ ।
नारायण न्यौपाने
धैबुङ - ९,जिवजिवे,रसुवा
(वित्तिय व्यवस्थापनमा स्नाकोत्तर )
PHOTOS:AGAMAN GALLERY


Wednesday, June 11, 2008

फुल र म


म धेरै अघिदेखि,
फुल निगालीरहेको छु वगैचामा
म एउटा फुल देख्दैछु
सयौ जातका हजारो थुङ्गाहरुमा
म उउटै रोज्दैछु ।
न त आँखा नै जुत्छन्
न त वोलीने मिसीन्छन् फुलहरुसंग
एकोहोरो हेराई र देखाईमा,
देख्नेले जेपनि देख्न सक्छ,
वुझ्नेले जे वुझ्न पनि सक्छ अनी,
वोल्नेले जे वौल्न पनि सक्छ ।
फुलहरु आफ्नै संसारमा वाँचिरहेका हुन्छन् ।
म खोजी-खोजी हेर्छु,
लुकीलुकी हेर्छु ,
योग्यता दक्षता
अनी खान्दानका रवाफ देखाउदै,
विहान विहान फुल टिप्नेहरुको ताँती नै चल्छ ,
भित्र भित्र डराउदै,
म आँफै वोलीरहेको हुन्छु अन्तरमनमा,
"त्यो फुल नटिप"
अरु फुल टिप्नु संग मेरो कुनै अन्तर विरोध छैन
म ठुलो आवाज निकाल्दीन,
चाहेरपनि निमनल्न सक्दिन,
किनकि ,
वगेँचाको पद्धतीनै हाे
राम्रा फुलहरु चढाईन्छन् भगवानलाई
या सजाईृन्छन् ठाउँहरुमा ।
आफूले चाहनुको साँघुरो चोकमा उभिएर,
म फुल ओहिलीएको पनि त हेर्न सक्दिन,
मलाई यती डर छ,
फुलका मनहरु वुझ्ने,
एउटा पादरी या,
कलाकारको हातमा त्यो फुल पुग्छ वा पुग्दैन ।
मैले चाहदैमा पाउनु पर्छ भन्ने होईन
सोचेको हुने,
रोजेको पुग्ने अनि,
खोजेको पाईने त संसारको रित नै होइन ।
वस् यती हो,
दुरुपयोग हुनु भन्दा,
ओईली झर्नुमा अर्थ छ ।
आधुनीकताको नाममा वनाइएका,
मैले नास्तीकका बँगैचाहरु देखिएकोछु,
देखासिकिमा सजाईएका गमलाहरु,
जीर्ण जीजीविशा धानीरहेका ॥
सुवास आगमन
२०६५/०२/२८,काठमाण्डौ