Thursday, December 20, 2007

संविधान सभाको लागि बस साहित्य


पहाडको बाटो डाईभरको मर्म बुझेन कसैले
ट्रकमै जाउ है भनेको कान्छी लगेछ बसैले ।


रिस हाम्रो शत्र होहाँसेर यात्रा गरौ
इराकको पानी पिउँछु म
भ्ाडा दिएर झरौ ।


तेरी मेहरवानीका है बोझ इतनाकी
मै तो उठाने की काविल नही हूँ ।


भजन गाउने ओठ भन्दा
परिश्रम गर्ने हात पवित्र हुन्छ।

सवारी साधनका छाना झ्याल ढोका र विषेश गरि पछाडी लेखिएका यी हरफहरु सन्देश र मनोराजनको तूलनामा कनै मोटा साहित्यिक पस्तक भन्दा कम देखिदैनन् । सवारी साधनमा काम गर्नेहरुले रममाइलो र मन बहलाउनका लागि निजी भावनालाई सवारी साधनमा लेख्ने गरेता पनि यो साहित्यको एक पाटोको रुपमा स्थापित भईसकेको छ । सवारी साधनलाई अक्षरहरुद्धारा रंगिन वनाउने परम्परा र देखासिकी बाट सरु भएकॊ सायरीहरु यत्तबिेला गतिशील साहित्यमा रुपान्तरण भइृ्रसकेका छन् । साहित्य ऐना हो जहाँ भावनाको प्रतिविम्व देखिन्छ र हेरिन्छ । साहित्यलाई काल्पनिक र यथार्थ विषयवस्तुहरुले असर गर्दछ ।

मानव जीवनका उकाली ओरालीहरुमा भोगेका अनुभवहरु सामाजिक जनजीवनका सुख दुःख प्रेम विरह माया पि्रती आदि व्यक्त गरिएका रचनाहरु सवारि साधनमा लेखिने चलन निक्कै प’रानो हो । र आजसम्म पनि प्राथमिकताका साथ प्रचलित रहेको पाईन्छ । यसरी सवारी साधनमा रहने रचनाहरुमा सवारीसाधनकर्मीको आत्मनुभूतिहरु अत्याधिक समेटीएका हुन्छन् । जो अकल्पनिय यथार्थ प्रगतिशील गतिशील ह’न’का साथै जन जिब्रोमा रहेका शब्दहरुलाई आकर्ष रुपमा संयोजन गरि एकै निमेषमा पाठलाई रन्थन्याउन सक्ने शक्ती बोकेको ह’न्छ । ् यी रचनाहरु नै हुन्् ुबस साहित्यु ।वस साहित्य एउटा परम्पराको निरन्तरता सामाजिक जागरणको अभ्यास र समाज परिवर्तनको भद्र आन्दोलन हो । सवारी साहित्य यात्रा साहित्य गतिशिल साहित्य ट्रक साहित्य आदि जे नामले संवोधन गरेपनि यो संबोधनको आशय एउटै रहन्छकी- सवारीसाधनमा लेखिने साहित्यिक महत्वका रचनाहरुलाई एकम’ष्ठ रुपमा प’कारीन’ । तथापी बस अरु सवारी साधनका तुलनामा फरक साधन हो । यो साझा साधन हो जसले मूलत सर्वसाधारण मानिस ओसार पसार गर्दछ । जिप ट्याक्सी भ्यानमा धेरैको पहुँच हुँदैन आवत जावत हुँदैन र ट्रक सामान ओसार पसार गर्ने साधन हो । गरिव देखि धनि सम्मले दुःखको ओराली देखि सुखको उकाली चड्दा प्रयोग गर्ने साझा साधन हो बस । सबैले सरल रुपमा सवार गर्ने साधन र एकै पटक धेरैले सवार गर्ने साधन भएको कारणले ूबसू शब्दलाई सम्पूर्ण यातायातका साधनहरुको प्रतिकात्मक रुपमा समेटी ूवस साहित्यू भनिएको हो । सवारी साधन र यस सँग सम्वद्ध चालक कन्डक्टर खलासी टिकट काउन्टर आदि यसको कार्य क्षेत्र बन्दै आईरहेका छन् ।

उत्तर आध’निकता तर्फ लम्केको नेपाली साहित्यको विकासको निम्ती लोक साहित्य निर्बिकल्प आवश्यता हो । लोक लयमा सरल तरिकले व्यक्त गरिएका अभिव्यक्तीहरु सवारी साधनमा लेखिने ह’दा बस साहित्य लोक साहित्यको अभिन्न पाटो हो । बस साहित्यको इतिहास केलाउने हो भने २००७ साल भन्दा अधि नेपालमा सर्वासाधरणका लागि सवारी साधन पर्याप्तता नभएको र समग्र यतायात क्षेत्रको सम्म’चित विकास नभएकोले बस साहित्यको स’रुवात त्यस पछिल मात्र भएको तथ्यमा द’ई मत छैन । सवारी साधनसँग सम्वद्ध पेशा हाम्रो समाजमा मर्यादित पेशाको रुपमा परिचित हुन सकेको छैन । हाम्रो सामाजिक संस्कारको विकासका लागि खासै संघर्ष भएको देखिदैँन । अधिकांश व्यक्तिहरु मुख्यतः आर्थिक अवस्थाका कारण घरबाट भाग्ने सकभर अरु पेशामा आवद्ध हुन खोज्ने नसके रामरमाईलोमै सवारी साधनमा काम गर्ने संस्कारमा अझै कमी आएको छैन । प्रमाण पत्रिय शिक्षको कमि भएता पनि सानै उमेर देखि सवारी साधनको संगतमा हुर्केका हुनाले तिनिहरुमा यान्त्रिक ज्ञान र अनुभव वढि ह’ने गर्दछ । वहुभाषिक वहुजतिय वहुधार्मिक जनता वसोवास गर्ने नेपालका कुना कुनाको भ्रमण र रहन सहनको अनुभव तिनीहरुमा रहने गर्दछ । यहि उकाली अनि ओरालीका दौरानमा जुन विषयले तिनीहरुलाई छुन्छ त्यहि विषयवस्तुलाई लोक लयमा व्यक्त गर्ने क्षमता ज्यादैनै पं्रशंसनिय छ । तथापी आफन्त जनको यादगार बन्न’ र घरपरिवारबाट विछोडिनुको पिडा यिनीहरुमा वढि ह’नेगरेको छ । तलका हरफहरुलाई यसको प्रतिनिधीका रुपमा लिन सकिन्छ ः-

भावनामा फुल्छ यहाँ वसन्तका फुलहरु
कतै हाँसो कतै आँशु वेदनाका मुलहरु
घरमुनि वगरमा गोला सुसाउँछ
पि्रय तिम्रो सम्झनामा यो आँखा रसाउँछ
।वा।२।ख। ४२१ मिनिवसबाट



केही साथीभाइको हिसावमा गयो
केही अंशवण्डामा गयो
केही जिन्दगीको भोगाईले निकालीदियो
बाँकी शेष तिम्रो सिन्दुरले पुछिदियो
।वा।१।ख। ५९३१ मिनिटाटाबाट
सुवास आगमन

5 Comments:

At 10:20 PM , Anonymous CresceNet said...

Gostei muito desse post e seu blog é muito interessante, vou passar por aqui sempre =) Depois dá uma passada lá no meu site, que é sobre o CresceNet, espero que goste. O endereço dele é http://www.provedorcrescenet.com . Um abraço.

 
At 7:17 AM , Anonymous आकार said...

It's nice.

 
At 8:24 PM , Blogger barb michelen said...

Hello I just entered before I have to leave to the airport, it's been very nice to meet you, if you want here is the site I told you about where I type some stuff and make good money (I work from home): here it is

 
At 5:52 PM , Blogger basanta said...

The pieces are very interesting.

 
At 8:22 AM , Blogger prem paudel said...

Very nice subash ji .

 

Post a Comment

Subscribe to Post Comments [Atom]

Links to this post:

Create a Link

<< Home