Friday, August 08, 2008

गोसाईकुण्ड



CLEAR VIEW OF GOSAINKUNDA LAKE

परिचय
थुप्रै देवदेवी एवं धार्मिक र सांस्कृतिक परम्परा अनि आफ्नै मौलिक भाषा भएको देश नेपाल सुन्दर शान्त विशाल छ । कला साहित्य र संस्कृतिको अखण्ड भण्डार हाम्रो देशका विभिन्न तर्ीथ स्थलहरुले आफ्नै प्रकारको किवंदन्ती र धार्मिक परम्परा बोकेको छ । यस्तो किम्वदन्ती, हिन्दु तथा वौद्ध धर्माबलम्बीहरुको धार्मिक आस्थाको धरोहर अनि प्राकृतिक सम्पदा र छटाहरु बीच बैद्धिक युगदेखि एउटा इतिहास जोगाइ राखेको पोखरी हो गोसाईकुण्ड । गोसाईकुण्ड तर्ीथयात्राका लागि भदौको जनै पूणिर्मा र जेष्ठको दशहरा गरी दर्ुइ पल्ट जाने चलन रहेको छ ।
वागमती अञ्चलको रसुवा जिल्लामा ला‹टा‹ राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो तर्ीथस्थल समुद्री सतहबाट करिब ४३८० मिटरको उचाइमा अवस्थित छ । जिल्ला सदरमुकाम धुन्चेदेखि पर्ूव दिशामा करिब सात कोषको उकालो बाटोमा पर्ने घट्टेखोला, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक, गणेशगौंडा हुँदै र सुन्दरीजल गरी दर्ुइ किसिमको बाटो विभिन्न प्राकृतिक दृष्य र बनस्पतीहरुको दृष्यावलोकन गर्दै यस कुण्डमा पुग्न सकिन्छ ।
WALKING TO THE DESTINATIO :GOSAINKUNDA
गोसाईकुण्ड को पैदल यात्राको क्रममा मनमोहक हिमालयहरुको दर्शनले यात्राको थकानलाई कम महसुस गराँउदछ । खुल्ला आकाशमा हाँसे झैं लाग्ने हिमालहरु ज्यादै आकर्ष देखिन्छन् । यात्रामा अन्नपर्ूण्ा दास्रो -७९३७ मी.), हिमचुली -७८६४ मी.), मनास्लु -८१५९ मी.), गणेश हिमाल -७४०० मी.), ला‹टाङ लिरु‹ -७२४६ मी) हिमालहरुको राम्रोसँग दृष्यावलोकन गर्न सकिन्छ । गोसाईकुण्ड यात्रा धार्मिक कोणबाट मात्र र्सार्थक नरही भ्रमण सौखिनहरुको लागि एक सुन्दर गन्तव्यस्थल र वातावरण तथा बनस्पति अध्ययनकर्ताका लागि उपयुक्त अध्ययन स्थल पनि हो । यात्राको क्रममा बाटो भरी साना साना बिभिन्न प्रकार र र‹का फूलहरु पाइन्छन् । यो फल असार श्रावणमा फूल्दछ र यसको कडा वासनाले टाउको दुख्ने, वान्ता आउने र आँखा खोल्न गाह्रो हुन्छ । यस्तो हुनुलाई लेक लागेको पनि भनिन्छ ।
कति यात्रुहरु यसैको कारणले कुण्डसम्म पुग्न अर्समर्थ रहन्छन् । लौरीबिनायक क्षेत्रमा विष फूल , बुट्यानहरु पाइन्छन् साथै बनस्पतिहरु मात्र नभइ विश्वमा नै दर्ुलभ मानिएको रातो पान्डा र बाँदरका बिभिन्न प्रजातीहरु पाइन्छन् । आसामिज मंकी नामक दर्ुलभ बाँदरहरु पनि यसै क्षेत्रमा पाइन्छन् ।
नामाकरण CLILDRENS GIVING CONTUNITY OF TRADITION
“गोसाईकुण्ड ” शब्द संस्कृतको “गोस्वामी”बाट जनज्रि्रोले बोल्दै जाँदा अपभ्रम्स भएर “गोर्साई” भएको हो । जहाँ “गो” भनेको गाई र “स्वामी” भनेको मालिक अर्थात गाई धेरै हुने भन्ने पनि बुझिन्छ । त्यसरी नै “गो” शब्दले “इन्दी्रय” भन्ने पनि जनाउँछ । इन्द्रियका स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता, ऋषि र ठूला सन्त महात्माहरु त्यस्ता इन्द्रियजयीहरुमा पर्दछन् । सबैभन्दा ठूलो जितेन्द्रीय भनेको भगवान शंकर हुन् । यहाँ गोस्वामी भनेर मूलतर्ःर् इश्वर शिवको अर्थमा बढी प्रयोग भएको बुझिन्छ ।
यहाँ “कुण्ड” भनेको “कुण” धातुबाट “उ” प्रत्यय लागेर “कुण±डÖ कुण्ड” बन्छ । कुण्ड शब्दले मूलभन्दा ठूलो आकारको जलासय जलभण्डार, तलाउ, वा सरोवरलाई जनाउँदछ । माथि उल्लेख भएझैं “गोस्वामी” बाट अपभ्रम्स भएर बनेको गोर्साई शब्दसँग कुण्ड जोडिदा “गोसाईकुण्ड ” हुन गयो । त्यसैले गोसाईकुण्ड शब्द साधु सन्यासी र जलासयसँग सम्बन्धित रहेको पाइन्छ ।
मूलतः विष सेवनले निलो घाँटी भएका भगवान शिवले कालकुट विषको डाहा मेटाउन यो कुण्डको निर्माण गरी विराजमान हुनु भएकोले यसलाई “नीलकण्ठ कुण्ड” को नामले पनि सम्बोधन गरिन्छ । “गोर्साई” शब्दर् इश्वरपरक शब्द भएको र गोसाईकुण्ड शिवसँग सम्बन्धित रहेकोले यसलाई शिवकुण्डको नामले सम्बोधन गर्दा फरक पर्दैन । चतर्ुवर्ग चिन्तामणि भागवतमा अहिले मेला लाग्ने भनिएको गोसाईकुण्ड शिवकुण्ड हो भनि लेखिएको छ । TEMPORARY HUT FOR THE VISITORS
गोसाईकुण्ड र हिन्दूग्रन्थ

गोसाईकुण्ड को उत्पत्ति र शास्त्रीय महत्वका सम्बन्धमा हाम्रा धार्मिक ग्रन्थहरुले प्रस्ट रुपमा लेखेको पाइन्छ । भागवत र विष्णु पुराणमा समुन्द्र मन्थनको वर्ण्र्ााछ । बाल्मिकि रामायणमा र महाभारतको आदि पर्वतमा पनि समुद्र मन्थनको बर्ण्र्ााछ । समुद्र मन्थन प्रत्यक्ष रुपमा गोसाईकुण्ड को उत्पत्तिको विषयसँग जोडिएको छ । देवासुर संग्रामाका समयमा देवता र दानव मिलेर मनदराचल पर्वतको मदानी र बासुकी नागको नेती वनाई समुद्र मन्थन गर्दा विभिन्न बहुमुल्य र महत्व पर्ण्र्ाास्तू निस्कने क्रममा संसारनाश गर्ने कालकूट नामक घातक विष निस्कियो । देव र अशूर कालकुट विषको डरले समुद्र मन्थन छोडी शिवको स्तूति गर्न थाले र शिवजी ले संसारको रक्षा गर्दछ भनी उक्त कालकुट विष हात थापेर खाइदिनु भयो । यसको प्रभावले शिवजीको घाँटी नै निलो बानाइदियो । त्यस समय देखि शिवजीलाई निलकण्ठ भनेरम्बोधन गर्न थालियो । कालकूट विषलाई निस्तेज गराउन देवासुरहरुको स्तूति र भगवान शिवको पराक्रमको महिमा स्कन्ध पूराणमा यसरी लेखिएको छ ।

देवसुरादय र्सर्वे त्याक्त्वा मन्थं भया पूराः।
र्सवलोकम् ग्रसंन्तंते ददृसूरमराः सूराः।
“निलकण्ठ इतिख्यातः सर्वोलोकैश्चय सम्मत ।
कण्ठ मध्ये महानिलः यत तिष्ठती सम्यहः ।।
शिवजीले कालकुट विष खानूभएको, त्यसको पीडाले उत्तरापन्त तर्फहिँड्दै गोसाईकुण्ड सम्मको यात्राको विषयमा हाम्रा ग्रन्थमा यसरी प्रकाश पारिएको छ ।

ततः करतली कृत्य व्यापिहलाहल विषम् ।
अमक्षयं महादेवः कृपया मूल भावना ।।
एवं संचिन्त्य देेवेशःक्ष्वेडताप सुविह्यलहः
रुदंलोकाण्समागत्य प्रमसौ हिमवत गिरौ ।।
-श्रीमद् भागवत् स्कन्ध ८/७/४२)

तत्रोरोप्य त्रिशुलंसं गंगा संसार तत्रच ।
निलेन अन्तरं दुगधः स तिर्पान्तो महाविभू ।।
त्रिशुलं रोपण छ्रि्रं गंगा तत्रावि चोद्भवा ।
ययौ गगां सुखे रुद्र परिश्रम तदा जेहौ ।।
-स्कन्ध पुराण ४५/४२)
यसरी विष कण्ठमा राख्दा विष ज्यादै कडा भएको कारण भगवान् शिवलाई असह्य पीडा भयो र गौरीको तपोस्थल हिमालय तर्फलाग्छ भन्ने सोची त्रिशुल काँधमा बोकी कैलाशकुट बाट उत्तरापन्थ तर्फहिँडनुभयो ।गौरीको तपोस्थलमा पुग्दा पनि विषको पीडा शान्त नभएकोले धर्मर्पातको फेदीमा आफ्नो विशाल त्रिशुलले पहरो खोप्नुभयो । जहाँबाट तीनधारा जल निस्कियो जुन भगवान शिवले छातीमा पारी त्यँहा आनन्दले शयन गर्नुभयो र आफ्नो पीडालाई शान्त पार्नुभयो । यी तीन धारालाइ ब्रम्हा, विष्णु, रुद्र गरी त्रिगंगा मानिन्छ । यी त्रिगंगाबाट आएका पानी धर्म पर्वतको उपत्यकामा तलाउ भइ मनोरम कुण्ड बन्न पुग्यो । भगवान शिव अहिलेसम्म पनि यस कुण्डको बिचमा निलकण्ठ शिवका रुपमा विद्यमान रहेको विश्वास गरिन्छ । पछि पार्वती गौरी घाटबाट गोसाईकुण्ड बाट पश्चिम दिशामा -गत्लाङ गा.वि.स.) अवस्थित सुन्दर तलाउमा तपस्यामा बसेकी विस्वाँस गरिन्छ र उक्त कुण्ड पार्वती कुण्डको नामले चिनिन्छ । यस कुण्डको वरिपरि नागकुण्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, सुय कुण्ड, गणेश कुण्ड, रिभर कुण्ड, जागेश्वर कुण्ड, धर्म कुण्ड, कर्ण्र्ााुण्ड, अद्भूत कुण्ड, वेद कुण्ड, अग्नि कुण्ड, ब्रम्ह कुण्ड, पार्वती कुण्ड, शेष कुण्ड, ब्यास कुण्ड, बैष्णव कुण्ड, विष्णु कुण्ड, गौरी कुण्ड, दुध कुण्ड, उमा कुण्ड, रमा कुण्ड, ज्वाला कुण्ड, रगत कुण्ड, घाम कुण्ड, चन्द्र कुण्ड, दीप कुण्ड, खुँडा कुण्ड, पीप कुण्ड, -यी कुण्डका नामहरु चतर्ुवर्ग चिन्तामणि भागवतमा उल्लेख गरिएको भनि चित्रबहादुर पण्डित -शिखरबेसी नूवाकोट) ले नुवाकोट, प्रथम नुवाकोट महोत्सव २०६३ विषेश’ स्मारिकामा दिनुभएको अन्तर्वार्तालाई आधार मानि लेखिएको हो ।) यसको सत्यता खोजीको विषय बनेको छ । यहाँका धेरै कुण्डहरु अस्तित्वमा रहेका छैनन् र भएकाहरुलाई पनि माथि प्रस्तुत गरिएझैं नामबाट सम्बोधन गरिदैँन । यस क्षेत्रमा १०८ कुण्डहरु रहेको विस्वाँस गरिन्छ । गोसाईकुण्ड मा स्नान गरी र्फकदा बाटामा पर्ने भैरव कूण्ड र सरस्वती कुण्डलाई हर्ेन नहुने विस्वास गरिन्छ । HISTORICAL MONESTARIES :SINGH GOMBA
गोसाईकुण्ड यात्रामा पर्ने विभिन्न क्षेत्रको नामाकरणको सम्बन्धमा धेरै मत मतान्तर रहेको पाइन्छ । पछिल्ला समयमा विभिन्न लेख, रचनाहरुमा शिवजीको पहिलो कालकुट -विषको कारण ) गोर्साईकूृण्ड यात्रामा नै ती स्थानको नामाकरण गरिएको मत पाइन्छ भने अर्को तर्फ-शिवजीले ब्राम्हणको शिर क्षेदन गरेका पापले गुप्ता‹मा कुष्ट रोगले सताएछ । सो पाप मोचनका लागि शिवजी पुन गोसाईकुण्ड तिर हिँड्नुभयो ।
यसै यात्राको क्रममा हालको धुन्चे त्रिशुली गंगामाथि थकाइले विश्राम गर्दा लौरी विर्सर्ेेले यस स्थानको नाम लौरी विनायक हुन गएको विस्वास गरिन्छ । सो उकालो सिद्धिए पछि एउटा ढु‹ामा यात्रुले लौरो चढाउने र नचाढाएमा देवता रिसाउने विस्वास अझ सम्म पनि विद्यमान रहेको छ । तर उकालोमा लौरो टेकि हिँड्न झमेला भएकोले लौरी फ्याँकी हिडेका कारणले लौरी विनायक नाम रहेको विस्वास पनि गरिन्छ । यस ठाउँ लाई “लौरी विना”, “लौरी विनायक” दुवै नामले चिनिन्छ । त्यहाँबाट शिवजीले हालको चनदनबारी भन्ने स्थानमा पुग्दा श्रीखण्ड चन्दन लगाएर हिँडेकाले यस स्थानको नाम चन्दनबारी रह्यो । तर श्रीखण्ड चन्दन लगाएको नभई विषको औडाहले पुछेर फालेका कारणले चन्दनबारी नाम रहेको विस्वास पनि गरिन्छ ।
शिवको उत्तरा खण्डको यात्राको क्रममा सुर पर्वतको फेँदीमा आइपुग्दा पानी प्यासका कारण शिवजीले वेतको लौरी गाड्नुभयो र तप्त गंगा ढु‹ाको चेपबाट निस्किन् । वेतको छडीबाट निस्किएका कारणले उक्त गंगको नाम वेत्रगंगा रह्यो । यस गंगाको नामबाट यस क्षेत्रको नाम वेत्रामती रह्यो र वेत्रामती अपभ्रम्स भइ कालान्तरमा वेत्रावती भनिन थालियो तर वेतको छडीबाट उत्पत्ति भएका कारण गंगाको नाम वेतगंगा रहेको, यस गंगाको नामबाट ठाउँको नाम वेतवती रहेको र वेतवती अपभ्रम्स भइ वेत्रावती रहन गएको अनुमान पनि गर्न सकिन्छ । यस क्षेत्रलाई उत्तरगया पुण्यभूमिको नमले पनि चिनिन्छ । यस क्षेत्रको ऐतिहासिक महत्व पनि रहेको छ । वि.सं. १८४९ मा नेपाल र भोट बिच मैत्रिपर्ूण्ा सन्धी भएको थियो । STATUE OF AMARSINGH THAPA WHO HAD SUESIDE AT GOSAINKUNDA
गोसाईकुण्ड यात्राको परम्परा
जनताहरुले जस्तै राजाले पनि गोसाईकुण्ड यात्रा गरेको कुरा इतिहासमा पढ्न सकिन्छ । हालसम्म पाइएको पुरानो प्रमाणमा सुमति सिद्धान्त टिकामा राजा यक्ष मल्ल नेपाल सम्वत् ५६७ -वि.संं. १५०३) भाद्र पदसुदि ३ का दिन गोसाइकुण्ड यात्रामा निक्लेको कुरा उल्लेख गरिएको छ । आफ्नो रानीको सान्त्वनाको लागि रानी पोखरी खनाएका राजा प्रताप मल्लले विभिन्न तिर्थ स्थलहरुबाट जल ल्याउने क्रममा गोसाइकुण्डबाट पनि जल ल्याएको कुरा रानीपोखरी मा रहेको शिलालेख अनुसार थाहा पाउन सकिन्छ ।
ने.सं. ८०१ -वि.सं. १७३७) श्रावण शुक्लाअष्टमीमा काठमाडौंको पार्थीबेन्द्र मल्ल र महिवतिन्द्र मल्ल पनि गोसाईकुण्ड यात्रामा गएका थिए । वि.सं. १८०१ मा नुवाकोट विजयी दिगो रहोस भनी श्री ५ पृथ्वी नारायण शाहले पनि सो कुण्डमा स्नान गरेका थिए । उनले गोसाईकुण्ड मेला भर्न जाने तिर्थ यात्रीहरुको गाँस, बासको व्यवस्थाका लागि धैबुङकोटमा गुठिको व्यवस्था गरेको कुरा इतिहासमा पाउन सक्दछौ्र । यही गुठीबाट गोसाइकुण्ड स्नानका लागि आउने गोरखनाथ बाबाहरुलाई गुठि सञ्चालकहरुले दही खुवाई घुम ओढाएर पठाउने चलन थियो । यही दही घुम बाँड्ने कार्यबाट यस ठाउँको नाम “दहीघुम” रह्यो र दहीघुम शब्द बोलिचालिको भाषाबाट अपभ्रम्स भइ धैबुङ रहेको भन्ने किम्वदन्ती छ । हाल सो व्यवस्था पर्ुण्ा रुपमा हराइसक्यो । राष्ट्रभक्त विर पुरुष अमरसिंह थापा सन् १८१६ मार्त ३ मा भएको सूगौली सन्धिबाट असन्तुष्टिभई आत्मा शान्तिका लागि गोसाईकुण्ड गइ देहत्याग गरेका थिए ।

PILLIGRIMS IN THE HOLY BATH

तामाङ्ग जाति र गोसाईकुण्ड
सनातन संस्कारको प्रभाव धेरै समय सम्म रहिरहँदो रहेछ । किंवदन्तीले पनि यन्त्रिक अवस्था को यो समयलाई प्रभाव पारिरहेको अनुभव हामी हाम्रो संस्कारहरुमा सजिलै अनुभूति वा महसुस गर्न सक्छाँै्र । यस्तै किंवदन्ती कै आधारमा तामा‹ -गोलो) हरु आजभोली पनि गोसाईकुण्ड जान रुचाउँदैनन् । प्रचलित किंवदन्ति अनुसार सत्य यूगमा अहिले गोसाईकुण्ड भएको ठाउँमा देवी आराधना गर्ने एक जना गोले थरको लामा -पुरोहित) रहेछ । उसको दिनचर्या धर्मकर्म मा व्यथित हुन्थ्यो । एक दिन उसले एउटा गुम्बा बनाउने विचारले समुद्रको नागसँग सर्म्पर्क गरी सहयोग लिने कूरा गरेछ । उनीहरु बिच भएको सहमति अनुसार गुम्बा निर्माणका लागि आवश्यक सामाग्री सबै नागले व्यवस्था मिलाई दिने तर गुम्बा निर्माण पछि गोले लामा नागको आहारा बन्नु पर्ने हुन्छ । गुम्बाको काम धमाधम हुन थाल्छ । लामा बाजे आफुलाई गुम्बाको गर्भ गृह भित्र रहेको बेला कसैले बाधा बिध्न नगरुन भनि सबैलाई जानकारी गराउँछ । उता गोले लामा काम सकेपछि भागी जाने शंका गरि नागले गुम्बाको चारैतिर पुच्छरले बेरेर कहिँ कतैबाट भाग्न उम्कन नपाउने गर्राई ढोकाबाट टाउको छिर्राई लामालाई खाने दाउमा बस्छ । गोलेले मन्दिर भित्र देउताको प्रतिष्ठा पूजा अर्चना सबै गरी सकेरे तान्त्रिक बिद्याले नागका टाउकोमा समाई उसैलाई निल्न सुरु गर्छ । बिस्तार बिस्तार तान्दै खाँदै गर्दा मुख सम्म पुच्छर आइसकेको बेला अचानक बाहिरबाट कोही भित्र आएको थाहा पाई निल्न नभ्याएको पुच्छरको टुप्पाको अंश हत्तपत्त छाड्नु पर्छ । त्यही ठुटे पुच्छरको नाग अहिले गोले लामा बाजेको सन्तति सम्मलाई बाँकी नराख्ने भनि अद्यावधि गोसाईकुण्ड मा प्रतिक्षारत रहिआएको छ भन्ने जनश्रुतिको बिस्वास तामा‹ जातिहरुमा व्याप्त रहेको छ ।
त्यस्तै अर्को प्रचलित किंवदन्ती अनुसार सत्य युगमा एक गोले थरका झाँक्रिले कुण्डमा रहेको नागसँग लाडाइँ गर्ने अठोट लिई साथमा रहेकी श्रीमतीलाई “तिमी ढ्या‹ो बजाएर डिलमा बस, म नागसँग जुधेर त्यसलाई बाहिर लिएर आउँछु । म कुण्डबाट बाहिर निस्कदा मेरो जीउमा अक्षताले हिर्काइदिनु र ढ्या‹ो बजाउन नछोड्नु” भनी अहर््राई तन्त्रमन्त्रका साथ भैरवकुण्डमा केहिबेरको भिषण लडाइ पश्चात नागसँग बेरिएर बाहिर निस्कन लाग्दा उसकी श्रीमतीले नाग निस्किएको देखी अत्तालिएर अक्षताले जीउमा नहिर्काई ढ्या‹ो छोडि भागेकाले नागले युद्ध जिती झाँक्रिलाई सोही कुण्डभित्र लगेर मारेको हुँदा गोलेथरका मानिस नजाने र भैरवकुण्डमा स्नान नगर्ने चलन रहिआएको छ ।

CHEESE :LOCAL PRODUCTION
हुलाक टिकटमा गोसाईकुण्ड

मुख्यत संस्कृति, सम्पदाहरुको महत्व दर्शाउनका लागि यिनीहरुलाई हुलाक टिकटमा समावेश गरिन्छ । हुलाक टिकटमा आएका सम्पदाहरु राष्ट्रको पहिचान र गौरवको विषयवस्तु हो भनि बुझ्नू पर्दछ । यहि पंक्तिमा गोसाईकुण्ड पनि रहेको छ । गोसाईकुण्ड पनि रहेको छ । गोसाईकुण्ड अंकित भएको हुलाक टिकट दशकौं अघिदेखि प्रचलनमा रहेको छ । सन् १९७० जुन, ११ -२०२७ जेष्ठ २९) मा कलाकार के.के. कमाचार्यले डिजाइन गरेको ३६ह२५.५ मि.मि. साइज भएको ५ पैसा मुल्य बराबरको १ लाख थान गोसाईकुण्ड अंकित हुलाक टिकट प्रचलनमा आएको थियो । यो टिकट गभर्मेन्ट प्रिन्टीङ व्यूरो, टोकियो जापानमा मुद्रित गरिएको थियो । COLLECTING COCONUTS
नेपाली साहित्य र गोसाईकुण्ड
साहित्य र प्रकृतिको अन्योन्याश्रीत सम्बन्ध रहेको छ । साहित्यमा प्रकृति अनिवार्य तत्व झैं रहेको छ । धार्मिक तथा प्राकृतिक रमणीयताले भरिपर्ूण्ा गोसाईकुण्ड धेरै र्सजकहरुको सृजनाको आधार र श्रोत हो । गोर्सइकुण्डको विषय वस्तुलाई लिएर दर्जनौ साहित्यिक कृतिहरु नेपाली साहित्य क्षेत्रमा प्रकाशित भएका छन् । धेरै वृत्तचित्रहरु पनि निर्माण भएका छन् । यहाँ प्रमुखतः केही गोसाईकुण्ड विषयवस्तुमा केन्द्रीत भएर लेखिएका पुस्तकहरुको चर्चा गरिन्छ । जनकवि केसरी धर्मराज थापाद्धारा लिखित “नीलकण्ठर्-दर्शन” पुस्तकमा मूलत गोसाईकुण्ड यात्रा लाई ग्यात्मक शैलीमा लेखिएको छ । २०५६ मा जनकवि केशरी धर्मराज -सावित्रि थापा गुठी, स्वयंभू, काठमाडौं द्धारा प्रकाशित यो पुस्तकमा गोसाईकुण्ड को उत्पतिको सर्न्दर्भ यसरी लेखिएको छ ।
लाङटाङ हिमाल हिँउको रास हिमैहिउँको तौवा,
धोद्रै वरले बोलाउँदैछ त्यो लेकाली कौवा ।
धतुराउदै महादेवले जसै त्रिशुल गाडे,
तीन धारा मूल फुटे पहरालाई छाडे ।
-निलकण्ठ दर्शन १००)
त्रिशुलीको जनम भयो जम्छ गोसाईकुण्ड ,
कुण्डमानै हम्फालेर शिव बने शान्त ।
-निलकण्ठ दर्शन १०१)
यस्तै यूवा साहित्यकार प्रह्लाद पोख्रेल द्धारा लिखित, हेरसकद्धारा २०५६ मा प्रकाशित गोसाईकुण्ड -यात्रा काव्य) मा काठमाडौ देखि गोसाईकुण्ड सम्मको पाँचदिनको भ्रमण समेटिएको छ । पानी नै रचनाको उर्जा रहेको कुरा कविले कृतिमा समेटेका छन् ।
पानी जीवन हो समस्त रचना हर्ुकन्न पानी बिना
आँखा मात्र भएर हुन्न जसरी देखिन्न नानीबिना
आँखा हुन्छ भने चराचर जगत पानी त नानी न हो
पानी नै नभए बचिन्छ कसरी आधार पानी त हो ।
-गोसाइँकुण्ड ३७)
त्यसै गरी कविले गोसाईकुण्ड को बिचित्रता र रमणीयताको प्रशंसा गर्न पनि पछि परेका छैनन् ।
पानी टनन जमेसमान हिउँको चक्का छ ऐनासरि
कल्ले र‹भरे हुनन् नि यसरी यस्ता अनेकौँ थरी
कालो र‹ कतै कतै छ हरियो नीलो कतै देखिने
सेतो स्वच्छ कतै उही छ जल ता र‹ििवर‹
-गोसाईकुण्ड ३७)
यसै बीचमा घटराज भट्टर्राई द्धारा लिखित, यज्ञ विक्रम राणाले २०४६ सालमा प्रकाशित गर्नुभएको गोसाईकुण्ड -यात्रा वृतान्त) पनि ज्यादै रोचक र सन्देश मुलक रहेको छ । यो यात्रा संस्मरण आत्मपरक शैलिमा लेखिएको छ । विभिन्न तस्वीरहरु पनि संकलित यस कृतिमा मूलत गोसाईकुण्ड यात्रा क्रममा पर्ने महत्वपर्ूण्ा स्थानहरुको चिनारी पनि दिइएको छ । नयाँ तर्ीथ यात्राका निति यो पुस्तक सर्न्दर्भ सामग्री बन्न सक्दछ । यी यस्तै थुप्रै पुस्तकहरु गोसाइँकुण्डको विषयमा प्रकाशित भएका छन् TAKING REST
गोसाईकुण्ड सँग सम्बन्धित अन्य पक्ष
नेपाली जनसमुदायमा चिसो पवित्र गोसाईकुण्ड को जल बगेर पाटनको कुम्भेस्वर मन्दिरको एउटा सानो कुण्डमा आउने अझसम्म पनि विस्वास गरिन्छ । त्यसैले गोसाईकुण्ड मा मेला लाग्ने जनैपुणिर्माको दिन यहाँ पनि ठुलो मेला लाग्ने गर्दछ । कालकुट विषको पीडाबाट मुक्त भएको कारण जनैपुणिर्माको अघिल्लो दिन पशुपतिनाथको मन्दिर बन्द रहन्छ । श्रावण शुक्ल पुणिर्माको अघिल्लो दिन पशुपतिनाथ छोडेर शिवजी गोसाईकुण्ड जान्छन् भन्ने विस्वास गरिन्छ । धुलिखेल नजिकै महादेव पोखरी डाँडामा रहेको सानो पोखरीलाई पनि गोर्साईस्थानको नामले पुज्ने चलन छ ।
नेवारी समुदायमा गोसाईकुण्ड तर्ीथलाई शिलु तर्ीथको नामले चिनिन्छ । यस समुदायबिच श्रीमान श्रीमती एकै साथ गोसाईकुण्ड को यात्रा गर्न नहुने विस्वास रहेको छ । यो विस्वासको पुष्टिका लागि अठारौँ सताब्दी देखि नै लोकप्रीय रहेको “शिलुतिर्थ” नामक नेवारी लोकगीतलाई लिनु सान्दर्भिक रहन्छ ।
यो गीतमा तत्कालिन समयको धार्मिक, सामाजिक र राजनितिक अवस्थाको राम्रो चित्रण गरिएको छ । यो गीतमा पतिले गोसाईकुण्ड यात्रामा सँगै श्रीमती लैजाने मन नगर्दा जबर्जस्ती श्रीमतीसँगै तर्ीथमा पुगेको, कुण्डमा राजाद्धारा पत्नीको हरण भएको, पत्नी विरहका कारण पति जोगी भएको, उता पत्नीले रानी बन्न पुगेपछि जोगीहरुलाई भोज खुवाउँदा आफ्नो जोगी श्रीमानसँग भेट भएको र आफुपनि जोगीको भेषमा भागेको कुरा ज्यादै कारुणिक, साहसिक रुपमा व्यक्त गरिएको छ । साथै कथामा गोर्साईकूण्ड यात्राको दौरानमा पर्ने धर्मस्थल पाँचमाने फेँदी, जाइफेल पौवा, रानीपौवा, चतुरालाी पौवा, नूवाकोट बेसी, धैबुङ, भिमली, धुन्चे, लौरी विनायक, गोसाईकुण्ड गरी ११ वटा विश्राम स्थलको नाम पनि बताइएको छ । यसै कथालाइ आधार मानेर नेपाल भाषामा “शिलू” नामक रंगिन चलचित्र पनि बनेको छ । MOUIST OF RASUWA COLLECTING DONATIONS FROM PILLIGRIMS

उपसंहार
गोसाईकुण्ड पानी हो, आँखाको नानी हो । पानी स्वच्छता, निर्मलता, पवित्रताको प्रतीक हो । सतहबाट मात्र हेर्यौ भने निलो र‹ देखिन्छ । गहिर्राई पुग्यौंभने कूनै र‹ भेटिन्न । यही पानीको रुपबाट धेरै कुरा पाउन सकिन्छ । गोसाईकुण्ड को सुधार र संरक्षणका सम्बन्धमा विभिन्न पक्षबाट बनाइएको कार्यक्रमलाई फाइलमा नअड्काई पर्ूण्ा रुपमा कार्यान्वयनमा लैजान पर्ने समय आइसकेको छ । यात्रुहरुले चढाउने भेटीको पारदर्शी रुपमा संकलन र सदूपयोग गरिनु पर्दछ । गोसाईकुण्ड यात्राको बहपक्षिय महत्वको विषयमा प्रचार प्रसार गरिनु आवश्यक छ । तर्ीथयात्राका लागि जाने स्वदेशी तथा विदेशी दुवै किसिमका यात्रुहरुमा सामान्य करको व्यवस्था गरी करबाट प्राप्त रकमले यात्रुहरुको हित, गोसाईकुण्ड को संरक्षण र प्रचार प्रसारमा लगाउन सक्यौं भने अझ राम्रो हुनेछ । एउटा बृहत समिति वा समूह बनाइ पृथ्वीनारायण शाहले व्यवस्था गरेको तर्ीथ यात्रुहरुलाई दही र घुम दिने चलनलाई निरन्तरता दिने कोशिस गरियो भने इतिहास बनिसकेको त्यो परम्पराले पुनर्जीवन पाउने कुरामा दर्ुइ मत हुनै सक्दैन । रसुवा जिल्लाका विभिन्न स्थानहरुमा पाइएका विभिन्न शिलालेखहरुको अध्ययन र अनुसन्धानले यसको धार्मिक र ऐतिहासिक महत्वका विषयमा थप तथ्यहरु पत्ता लाग्न सक्दछन् । यसका लागि संरक्षणको अभाव झेलिरहेका लहरेपौवा, भीमसेनस्थान -माझगाउँ), रसुवागढी लगायतका स्थानहरुमा रहेका शीलालेखहरुको अध्ययन र संरक्षण हुन आवश्यक छ । पृथ्वीनारायण शाह गोसाईकुण्ड स्नान गरी फर्केपछि निर्माण गर्न लगाएका बेत्रावतीको राममन्दिरमा पनि शिलालेख रहेका कुरा बुढापाकाहरु बताउँछन् । थप तथ्य आउन सक्ने उक्त शिलालेख कहाँ रहेको छ र त्यो पनि खोजिको विषय नै छ । अहिले गोसाईकुण्ड क्षेत्रलाई राष्ट्रिय सम्पदा र सिमसार क्षेत्रको सूचिमा राख्न खोजिनुले पनि यसको महत्व र चुनौती बढाएको छ । सूचना र प्रविधीको यो युगमा हामीले गोसाईकुण्ड को यावत विषयवस्तुलाई ध्भदकष्तभ, क्ष्लतभचलभत मार्फ विश्व जगतमा पु-याउनु आजको प्रमुख अवश्यकता हो । यसको माध्यमबाट हामीले स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमनमा बृद्धिगर्न सक्दछौं भन्ने कुरामा दर्ुइमत छैन । वृत्तचित्रहरुको निर्माण र पर््रदर्शनी हुनु जरुरी छ । वर्षोनी तिर्थालुहरुबाट सुझावहरु संकलन गर्ने र क्रमिक रुपमा सुझाव अनुरुप सुधार्दै लैजानुले पनि गोसाईकुण्ड एउटा महत्वपर्ूण्ा धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलको रुपमा विश्व प्रख्यात हुन समय लाग्ने छैन । अनन्तः आफ्ना अंग पगाली जलाशयको जन्म दिने हिमाल र विष सेवन गरी विश्व रक्षा गर्ने भगवान शिवले देखाएको बाटोमा एउटा सिँढी मात्र उक्लन सकियो भने मान्छे मानव बन्नेछ ।
सर्न्दर्भ सामग्रीहरु
१) वेत्रागंगा, वर्ष१, अंक १ २०६१
२) प्रहरी, वर्ष४२,२०५७, फाल्गुण १ गते अंक ६ ।
३) शैक्षिक पुञ्ज स्मारिका, नेपाल शिक्षक संगठन रसुवा २०६०
४) गोरखा पत्र २०५७ श्रावण
५) रसुवा पार्श्व चित्र २०५९, जिल्ला विकास समिति रसुवा ।
६) नुवाकोट, प्रथम नुवाकोट महोत्सव २०६३ विशेष ।
७) पौड्याल कैलाशनाथ, पौराणिक इतिहास ।
८) दीप स्मारिका, शिक्षण विकास केन्द्र, रसुवा २०५७ ।
९) तिर्थ पर्यटन, दायित्व वाङमय प्रतिष्ठान ।
१०) स्थलगत अध्ययन तथा सम्बन्धित व्यक्तिहरुसँग छलफल
11)Hardayal Singh (Glimpses of Nepal philately and postage stamps of Nepal)
12)www.agaman.blogspot.com

NOTE:
HERE ARE SOME GRAMMERTICAL MISTAKES BECAUSE OF THE FONTS PROBLEMS .DEAR READER WHO WANT TO GET MORE INFORMATION YOU HEARTLY REQUEST YOU TO INFORM ME I WILL TRY MY BEST.(CONT. NO. 9841464042(Cell),016916223(Home)

6 Comments:

At 5:46 AM , Anonymous Anonymous said...

Dear Subas !
I salute your dedication and your hardworking in the sector of Media and Communication to bring the current happenings of Rasuwa. you may or may not be the first person who wants to explore his idea into the public concern but the focal thing is that we want to make our Places better and worth living for and it needs help and co-ordination from every individuals to make the real changes happen in the society.hope you will try to bring the useful links to this site very soon
i would like to wish you all the best. keep up the good work .
Sudarshan Neupane
Bettini Rasuwa

 
At 9:09 AM , Anonymous United Voices said...

Hello Subash,

This is a really good description of ur tour to Gosainkunda. The images are also good. It is, I believe one of the most beautiful places in the whole world. Your tour also must have been quite hard too.

Anyway, best of luck to you and your blog site.

 
At 2:24 AM , Anonymous Tibet Arts said...

What a great discription About Gosahaikunda. Many story i have not known before.
Thank you friends for sharing story about goshai kund.

Very good.

 
At 9:07 AM , Anonymous Anonymous said...

myjal crack download
dvd wizard pro download warez
windows 98se serial crack
deluxepass crack
typingmaster pro crack
rainbow 6 raven shield crack
automix mp3 crack
hero ii keygen magic might
media digitalizer crack
powersim studio 2005 crack




aspack crack
file rescue plus keygen
hard drive regenerator crack
f secure mobile keygen
xp confirmation id keygen
easypdf 3.1 crack
personal avi editor 1.57 crack
2006 cillin internet keygen pc security
3d studio max keygen
amiquote crack
l edit pro crack
windshield crack repair kit
sc keylog pro 3.1 keygen
kaspersky antivirus personal pro 5 crack
yahoo game catan crack
quickbooks pos 4.0 keygen
active screensaver maker crack
magic bullet editors crack
duplicates remover for outlook serial crack
ulead dvd moviefactory 2 crack
fastcam crack
praetorians crack
simaquarium 2.311 crack

 
At 10:42 AM , Blogger Rachana said...

Hello Subash,

It is really nicely done.Impressive infact.................

 
At 9:31 PM , Anonymous World Vision Tours said...

I like you good way to description About Gosaikunda.

 

Post a Comment

Subscribe to Post Comments [Atom]

Links to this post:

Create a Link

<< Home