अपिल:दुर्गम नेपाल

COMMENT ON KANTIPUR NEWS PAPER ABOUT CHILIME
यसै परिवेशमा भविष्यमा नेपालका विभिन्न जिल्ला-जिल्लामा निर्माण हुने कुनै पनि योजना÷आयोजनामा स्थानीय स्रोतमाथि स्थानीय हकअधिकारको सुनिश्चतताका लागि नीति निर्माणको तहमा गम्भीर ध्यानाकर्षण हुने अपेक्षा गरेका छौं । चिलिमे जल विद्युत कम्पनीले थोरै समयमा नाफा कमाउन सफल भएको कुरा सबै सामु छर्लङ्ग छ । तर स्थानीय स्रोतको उपयोग गरी संचालनमा ल्याएको नमुना जलविद्युत कम्पनीले प्रभावित जिल्लाबासीलाई लगानीको हिस्सेदार नबनाएको हुँदा विपन्न प्रभावित जिल्लाबासीको कुनै पनि किसिमले उत्थान हुने देखिएन । यसकालागि आर्थिक अवस्थामा सृदृढीकरण गर्न साधारण सेयरमा विशेष सहुलियत योजना प्याकेज लागू गर्न निवेदन गर्दछौं । हामी कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रभावित जिल्लाबासीको हैसियतले निम्न मागपत्र प्रस्तुत गर्दछौं
मागप्रस्तावहरु
क सर्वसाधारणमा जारी गरिने भनिएको जारी हुन बाँकी रहेको २४ प्रतिशत सेयरमध्ये स्थानीय जिल्लाबासीका लागि एक तिहाइ अर्थात ३३ प्रतिशत सेयर छुट्याइनु पर्ने ।
मागप्रस्तावहरु
क सर्वसाधारणमा जारी गरिने भनिएको जारी हुन बाँकी रहेको २४ प्रतिशत सेयरमध्ये स्थानीय जिल्लाबासीका लागि एक तिहाइ अर्थात ३३ प्रतिशत सेयर छुट्याइनु पर्ने ।
DEMANDED PAPER:CHILIME SAROKAR SIMITEEख सो सेयर निष्काशनमा चिलिमे जल विद्युत कम्पनी निर्माणस्थलले चर्चेका प्रत्यक्ष प्रभावित तीन गाविसहरु क्रमशः चिलिमे गोल्जोङ र स्याप्रु गाविसका जनतालाई यस अघि नै सर्वसाधारणलाई जारी गरिने सेयरमध्येबाट ८ प्रतिशत छुट्याई दिने लगायत मिति २०६३।९।२९ र ३० गते चिलिमे जल विद्युत कम्पनी र चिलिमे जलविद्युत सरोकार उपभोक्ता समिति रसुवा बीच सहमती भैसकेकोमा सो बराबरको सेयर सम्बन्धित प्रत्यक्ष प्रभावित ३ गाविसका जनतालाई बितरण गरी बाँकी सेयर संख्या प्रभावित जिल्लाबासीका लागि परिचय खुल्ने प्रमाण कागजको आधारमा जस्तै नागरिकता प्रमाणपत्र मतदाता परिचयपत्र जग्गा धनी प्रमाण-पूर्जा वा कुनै किसिमले प्रमाण खुल्ने कागजात अविलम्ब बितरण हुनुपर्ने । यसैगरी सहमती भएका तर कार्यन्वयन नभएका अन्य बुँदाहरु समेत यथासिघ्र कार्यन्वयन हुनु पर्ने ।
AGREEMENT PAPER:CHILIME H.P. PROJECT AND CHILIME SAROKAR SAMITEEग जिल्लाबासीको नाउँमा साधारण सेयर जारी गर्दा विपन्न परिवारलाई रकम जम्मा गर्ने मुनासिव समय र यथोचित व्यवस्था मिलाउनु पर्ने । न्यूनतम् आयस्रोत भएका र मध्यम वर्गीय परिवारको हकमा सेयर खरिदको लागि चाहिने आवश्यक रकम जुटाउन मनासिव समय दिइनु पर्नेछ । तर बढीमा ३ पटक सम्म सेयर खरिदका लागि आह्वान गर्दा पनि प्रभावित जिल्लाबासीलाई छुट्याइएको सेयर बिक्री हुन नसके अन्य सर्वसाधारण गैर जिल्लाबासी लाई सेयर बिक्री गर्न सक्नेछ ।
घ पासाङ ल्हामु राजमार्गको वेत्रावती देखि चिलिमेको थाम्मुचेत सम्मको सडकखण्डमा समय-समयमा आवश्यक मर्मत-सभ्भार गरी यातायात सुचारु गर्न सकि्रय सहयोग पुर्याउनु पर्ने । विशेषगरी मुलखर्कको पहिरो लगायतका अन्य क्षतिग्रस्त स्थानहरुमा विशेष ध्यान दिइनु पर्ने ।
ङ योजना÷आयोजना निर्माण तथा मर्मत कार्यहरुमा स्थानीय जिल्लाका बासिन्दाहरुको विशेष संलग्नतामा साझेदारी र सहकार्य हुनु पर्ने र स्थानीय स्रोत साधन सीप दक्षतामा अभिवृद्धि गरी प्रभावित जिल्लाबासीलाई पहिलो प्राथमिकता दिइनु पर्ने ।
च रसुवा जिल्ला प्राकृतिक साँस्कृतिक र पर्यटकीय सम्पदामा धनी भएकोले बातावरण र पर्यावरणमा आवश्यक सतर्कता अपनाई संरक्षण कार्यमा विशेष ध्यान दिइनु पर्ने ।
छ चिलिमे विद्युत कम्पनीले प्रत्यक्ष प्रभावित क्षेत्र चिलिमे गोल्जोङ र स्याप्रु गाविसका गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा सम्म प्राविधिक ज्ञान सीप तालिम दिई दक्ष प्राविधिक उत्पादन गरी काममा लगाइनु पर्ने ।
ज विद्युत सेवाबाट बन्चित प्रभावित जिल्लाबासीलाई यथासिघ्र विद्युत सेवा बितरण गरिनु पर्ने
झ यी मागहरु विशुद्ध गैरराजनीतिक अभिप्राय र निरपेक्ष गरिवीका रेखामुनि रहेका प्रभावित
जिल्लाबासीको हितमा छन् । विपन्न रसुवाबासीको मागहरु प्रति त्यस चिलिमे जलविद्युत कम्पनी प्रा।लि। को ध्यान जाने र यथासिघ्र कार्यन्वयन हुने अपेक्षा गर्दछौं ।
NEWS : STRUGGLE OF REMOTE NEPAL FOR GURANTEED OF 33%SHARES FOR PEOPLE OF RASUWA AS AFFECTED AREAराज्य संघीय शासन पद्धतिमा संचालित हुने कुरा अन्तरिम संविधान २०६३ ले गरेको छ । संघीय सिद्धान्त अनुरुप राज्य संचालन गर्दा स्थानीय स्वयत्ततामा जोड दिइन्छ । अर्थात स्थानीय स्रोत सम्पदाको उपयोगमा स्थानीयबासीलाई अग्रअधिकार दिइनु पर्छ । तर चिलिमेले स्थानीय प्राकृतिकका साथै अन्य स्रोत उपयोग गरेर थोरै समयमा करोडौं नाफा कमाउन सफल भएता पनि स्थानीय जिल्लाबासीको लागि सेयर व्यवस्था नगर्नुले हामी जिल्लाबासी दुखित भएका मात्र छैनौं अपमानित र अन्यायमा परेका महशुष गरेका छौं ।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार यही ०६४ साल चैत २० गते सम्म साधारण सेयर निष्काशन गरिसक्नु पर्ने भएको परिप्रेक्ष्यमा चिलिमे जलविद्युत निर्माण कार्य तथा प्रसारण लाईन लगायतका अन्य गतिविधबाट सम्पूर्ण रसुवा जिल्ला नैं परोक्ष अपरोक्ष रुपमा प्रभावित क्षेत्र भएकोले प्रभावित रसुवा जिल्लाबासीका नाममा सर्वसाधारणमा जाने सेयर मध्येबाट ३३ प्रतिशत सेयर छुट्टयाई अंकित मुल्यमा वितरण भई पाउन नागरिक समाज लगायत अन्य क्षेत्रबाट समेत एक्यवद्धता जनाई कारवाही अघि बढिरहेको छ ।

चिलिमे जलविद्युत कम्पनीको यही माघ २७ गते हुन गइरहेको एघारौं साधारण सभामा सर्वसाधारणलाई पि्रमियम दरमा सेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पेश हुन लागेको बुझिएको र सो प्रस्ताव चिलिमे जलविद्युत कम्पनी र चिलिमे जलविद्युत सरोकार उपभोक्ता समिति बिचको भएको पूर्व सहमतिको भावना विपरीत भएकोले अत्यन्त प्रभावित तीन गा।वि।स। र प्रभावित रसुवा जिल्लाबासी लगायतलाई लामो समयदेखि नैं पटक पटक ूसर्वसाधरणलाई निकट भविष्यमै सेयर वितरण हुनेू प्रतिवद्धता जनाई आएकोमा हाल पि्रमियम दरमा वितरण गर्ने गरी प्रस्ताव गर्न लागिएकोले सो अन्यायपूर्ण हुने हुँदा सो प्रभावित जिल्लालाई अंकित मुल्यमा नैं सेयर वितरण कार्य यथाशीघ्र हुन अनुरोध छ ।
उपरोक्त मागहरुको कार्यन्वयनप्रति ध्यानाकर्षण नभएको अवस्थामा प्रभावित जिल्लाबासी शान्तिपूर्ण संघर्षमा चरणबद्ध तरिकाले उत्रिन वाध्य हुने व्यहोरा समेत अवगत गराउँदछौं
दुर्गम नेपाल REMOTE NEPAL
सम्पर्क कार्यालयः
लक्ष्मीनगर प्रवेशमार्ग महाराजगन्ज-४
पोष्टबक्स नंः ८९७४ सीपीसी ३९९ं काठमाडौ
फोन नंः ४७२०५२२ मो।नं। ९८४१-४६४०४२
Email: remotenepal@yahoo.com
सम्पर्क कार्यालयः
लक्ष्मीनगर प्रवेशमार्ग महाराजगन्ज-४
पोष्टबक्स नंः ८९७४ सीपीसी ३९९ं काठमाडौ
फोन नंः ४७२०५२२ मो।नं। ९८४१-४६४०४२
Email: remotenepal@yahoo.com


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
Links to this post:
Create a Link
<< Home