Thursday, July 10, 2008

रसुवाबासीको ईमान्दारिता प्रति चिलिमेको हेपाइ

HEAD GATE :CHILIME H.P.PROJECT,SHYAPRUBENSI, RASUWA

हात्ति आयो हात्ति आयो फुस्सा भन्ने उखान अहिले भोगाइमा परिणत हुन लागिरहेको छ रसुवाबासीलाई । कुरा चिलिमे जलबिद्युत आयोजनाको हो । रसुवा जिल्लामा अवस्थित चिलिमे जलविद्युत आयोजना नेपाल बिद्युत प्राधिकरण आफैंले स्वदेशी पूँजीबाट निर्माण गरेको नेपालको पहिलो आयोजना हो । यसको सन्तोषजनक सम्पन्नताले नेपाल विद्युत प्राधिकरणलाई निकै हौसला दिएको छ । यो आयोजना बनाउने क्रममा बिद्युत प्राधिकरणलाई पूरा रसुवाबासीले आफ्नो बलबुद्धिले भ्याएसम्म सहयोग गरेका थिए । हामीले अहिले बारम्बार सुन्ने गरेका छौ कहि कतै यस्तो आयोजना बनाउने सन्दर्भमा स्थानीय जनताबाट निकै बाधा अवरोधहरु खडा भएका छन् । लगानी पक्षले लामो सडक बनाउनुपर्ने सडक लगायत अन्य क्षेत्रमा मुआब्जा दिनुपर्ने प्रभावित क्षेत्रको शिक्षा स्वास्थ रोजगार लयागत अन्य विकासका कार्यहरुमा सहयोग पूउनुपर्ने यी आदि समस्याहरु लगानीकर्ताहरुले भोगिरहेका छन् । तर चिलिमेको सन्दर्भमा रसुवाबासीहरुले यी विषयहरुमा कहिल्यै अवरोध खडा गरेनन् । गौरवान्वित थिए रसुवाबासीहरु आफ्नै जिल्लामा यस्तो आयोजना बन्न लागेकोमा । आफ्नो घरअगडिबाट भारी लोड बोकेर कयौ चिलिमेका गाडिहरु गुड्दा अस्त व्यस्त भएका सडकहरु आफैं मर्मत गर्दै हौसलापूर्वक सहयोग गरिरहे तर यस आयोजनाप्रति कहिल्यै कुनै कुरा पनि उठाएनन् ।यस आयोजनाबाट पाउनुपर्ने सबै हक अधिकारबाट विाचत बनाएर चिलिमेले रसुवाबासीलाई फुस्सा बनाउन खोजेको त होइन केहि सहयोगका क्षेत्रमा राम्रा काम गर्न खोजेपनि विगत्मा प्रतिबद्ध गरिएका र उसको दायित्व भित्र पर्ने कयौ कामहरु यसले गर्न नसकिरहेको हुँदा रसुवा लगायत आयोजना बन्ने र बन्न लागेका सम्पूर्ण क्षेत्रका वासिन्दा हरुमा शंका को विषय बन्न पुगेको छ चिलिमे जलविद्युत् आयोजना ।

NEWS ABOUT THE STRUGGLE OF REMOTE NEPAL FOR GURANTEED OF 33%SHARE FOR RASUWALI PEOPLE
जहिले पनि स्थानीय स्रोत र साधनमा स्थानीय स्तरकै हक लाग्ने गर्दछ र अहिलेको अन्तरिम संविधानले त झनै स्पष्ट पारेको छ यो कुरालाई । स्थानीय स्तर र अन्तरिम संविधानको मर्मलाई समेत कुठाराघात गर्न खोज्ने चिलिमे जलविद्युत आयोजनाले सर्वप्रथम पूरा जिल्लाबासीलाई बिद्युत आपूर्ति गर्नुपर्ने थियो अत्याधिक नाफामा गएको प्राधिकरणले आफ्नो आम्दानी किहं कतै बाड्नु परेको छैन सबै आफ्नो पोल्टामा हाल्न पाएको छ । आयोजना निर्माण गर्ने सन्दर्भमा पनि सोझै आयोजना स्थलमा बाहेक अन्य कुनैपनि क्षेत्रमा लगानी िफंजाउनु परेको थिएन र आयोजना सस्तोमा बनेर धेरै सफलतापनि प्राप्त गरेको थियो । केहि ठाउँमा बिजुलिका खम्बा गाडिएका छन् तर २ वर्ष बित्दा पनि बिजुली दिन सकेको छैन । रोजगारको सन्दर्भमा स्थानीय श्रम तथा सेवाको कदर नगरी प्राय जसो सबै पदमा जिल्ला बाहिरका कर्मचारी नियुक्ति गरको छ यस आयोजनाले । के रसुवामा त्यस आयोजनाको कुनैपनि पदमा काम गर्न सक्षम व्यक्ति नभएर हो त होइन भने किन पियन सम्म पनि बाहिरी मान्छेहरु भर्ना गरियो यस्तै गरी अन्य विकासका कार्यहरुमा पनि यस्ाको सहयोग देखिँदैन ।
रसुवा प्रस्थानको लहरेपौवा गा । वि । स को वेत्रावती देखी धैवुङ हुंदै धुन्चे स्याप्रुबेशी खण्डको सडक खण्ड यदि आफैंले बनाउनु परेको भए ती सडक खण्डका जनताले अबरोध उठाएका भए आज चिलिमे यति सस्तो मुल्यमा बन्ने थिएन र आयोजना बनाउने कल्पना समेत गर्ने थिएन नेपाल बिद्युत् प्राधिकरणले । यति हुंदाहदै पनि त्यो सानो जिल्लाका यी भागहरुलाइ उ प्रभावित मान्न तयार भएन यी क्षेत्रहरुको सहयोगको अवमूल्यन गरिरहेको छ सानो लगानीबाट यति ठूलो आयोजना निर्माणमा सफलता प्राप्त गर्नुमा सबै रसुवासीको देन छ भन्ने कुरा उसले जानेर पनि बुझपचाइरहेको छ ।कुनै पनि public कम्पनिले आफ्नो कार्य साचालनको २ वर्ष पछि नाफा सहित सर्वसाधरणका निमित्त साधरण शेयर निष्काशन गर्नुपर्ने हुन्छ ।
NAAGBELI ROAD:BHARKU-SHYAPRUBENSI
चिलिमेको सन्दर्भमा धितोपत्र बोर्डमा करीब डेढ वर्ष अगाडि देखी सुचिकृत भएपनि उसले सर्वसाधरणमा शेयर लैजान करीब एक वर्ष ढिला गरिसकेको छ । ढिला गर्नुमा नेपाल बिद्युत् प्राधिकरणको सा्रेत अनुसार अत्याधिक नाफामा गएकोले शेयर उचझष्गु मा निश्काशन गर्न ढिला गरिएको हो र यहि २०६४ साल चैत्र २० भित्रमा यस कम्पनीले न्यूनतम रु ७०० मा प्रति शेयर निष्काशन गर्न लागिरहेको थाहा हुन आएको छ । यसभन्दा अगाडिको वार्षिक साधरण सभाले चिलिमे परियोजनाको भाषामा प्रभावित मानिएको ३ गा।वि।सका निम्ति सर्वसाधरणलाई दिने भनेको २४ प्रतिशत शेयरको ८ प्रतिशत दिने निर्णय गरेको छ र अरु बाँकी जिल्लाबासीले जिल्लाबासी भएको नाताले कुनै शेयर पाउने छैनन् र उनीहरुले पूरा जनताले पाउने शेयर संख्या भित्र नै आवेदन दिनुपर्नेछ साथै त्यो पनि अंकित मुल्य रु १०० मा नभएर premium मूल्यको को पनि बढाबढको मूल्यमा दरखास्त हाल्नुपर्नेछ ।
LOCAL PEOPLE OF NORTHERN RASUWA IN THEIR TRADITIONAL
AGRICULTURAL WORK
आयोजना बन्न लागेकोमा धेरै आशा बोकेर लागिपरेका यी रसुवाबासी सबै यस्तो अवस्थाकॊ शेयर खरीद गर्न सक्षम छैनन् त्यसैले रसुवाबासी चिलिमेको शेयर खरीद गर्नबाट विाचत हुनेछन् र उनीहरुको त्याग तपस्या र परिश्रमबाट बनेको आफ्नै स्थानीय स्रोतमा निर्मित यस परियोजनालाई आफ्नो भन्नेबाट टाढा रहन पुग्दछन् र उनीहरु चिलिमे परियोजनाप्रति निराशावादी हुने देखिएको छ ।नेपालमा Public Private Partnership को विचार आइसकको यो समयमा सर्वसाधरणलाई दिने शेयरको ३३ प्रतिशत मात्र पनि पूरा जिल्लाबासीलाई दिएमा त्यो परियोजना public नभएर private हुने धारणा नेपाल विद्युत प्राधिकरणले राख्ने गरेको छ । उसको भनाइमा आफ्नो अमूल्य स्थानीय स्रोतमा निर्मित यस परियोजनामा पूरा रसुवाबासीले प्रभावित क्षेत्रको आधारमा शेयर खरिद गरेमा ती रसुवाबासी सर्वसाधारणको परिभाषाभित्र पर्दैनन् । यसै सन्दर्भमा सेक्युटिरिज रिसर्च एण्ड सर्भिस सेन्टरले भने रसुवा बासीले उठाएका यी मागहरु ज्यादै सान्दर्भिक भएको र त्यस कम्पनीले त्यहाँको स्रोत परिचालन गरेबापत त्यसका हकदार सम्पूर्ण रसुवाबासीले चिलिमेले सर्वसाधरणलाई दिन कबुल गरेको सबै शेयर अंकित मुल्यमा नै दिनुपर्छ र बाँकी रहेमा मात्र अरुलाई दिनुपर्नेछ भनी आफ्नो विचार व्यक्त गरिसकेको अवस्था छ । अहिले यहि २०६४ चैत्र २८ गते हाम्रो देशमा ऐतिहासिक संविधान सभाको निर्वाचन हुन लागिरहेको छ। यहि वेमौसम चैतको हाराहारीमा चिलिमेले साधारण शेयर निश्काशन गरेमा त्यो पनि premium मा निश्काशन भयो भने उसका लागी यो चुनौती पूर्ण हुन सक्छ । अहिले यो कुरालाई स्थानीय स्वायत्तताको अभियानमा लागेका राजनैतिक दलहरुले आफ्नो मुद्धा पनि बनाउन सक्छन् र चिलिमेलाई आफ्नो केहि स्वार्थका निम्ति यस मुद्धामा सहयोग गरिरहेको यदि कुनै समुह छ भने त्यसलाई जनताले कठघरामा उभ्याउन पनि सक्छन् । साथै अर्को महत्वपूर्ण कुरा अहिले देशमा तरलताको संकट छ जो टेलिकमको शेयर बिकि्र नहुनबाट पनि थाहा हुन्छ ।
हालसालै नेपाल बिद्युत् प्राधिकरणले जारी गरेको ऋण पत्र कृषिविकास बैंकले शेयर आवेदन बापत ओगटेको ठूलो रकम आदि कारणले गर्दा पनि चिलिमेले यो समयमा शेयर निष्काशन नगर्न पनि सक्ने अवस्था छ र अर्को्र पक्ष यदि रसुवावासीलाई कुठाराघात हुने गरी उसले शेयर निश्काशन गर्न सक्दैन ।आपसी सहमतिमा रसुवाबासीले पाउने अधिकारको अहिलेनै निरक्र्योल हुनुपर्दछ । यो मुद्धालाई बिसर्िएर शेयर निष्काशन गर्ने हो भने रसुवाबासी सहित सम्पूर्ण देशबासीले यसरी बनेको आयोजना प्रति शंका गर्नेछन् र यस्ता कम्पनीमा लगानी गर्न पनि सोच्न बाध्य हुनेछन् । त्यसैले यो सर्वप्रथम सम्पूर्ण रसुवाबासीको हितको निम्ति हुनुपर्दछ । चिलिमेको शेयर धेरै भन्दा धेरै संख्यामा रसुवाबासीले पाउनु पर्दछ । एउटा निश्चित अवधिसम्ममा रसुवाबासी भएको प्रमाण खुलेको प्रत्येक व्यक्तिले आफ्नो घरको कुखुरा बाखा्र र एक बोरा आलु बेचेरपनि कम्तीमा १० शेयर अंकित मूल्यमा आवेदन दिन पाउनुपर्दछ । यसबाट रसुवाबासी जस्तो गरीबीको चरम अवस्थामा रहेका बासिन्दाले आफ्नो स्थानीय स्रोतमाथि अधिकार पाउनेछन् । उनीहरुले चिलिमेलाई आफ्नै हो भनी मायाँ ममता गर्न पाउनेछन् र यसरी बन्ने अरु आयोजनालाई पनि बाटो खुल्ने छ । यदि रसुवाबासीलाई हित नहुने किसिमको कुनै पनि निर्णय चिलिमेले लियो भने उसका लागी यो राम्रो कदमनहुन सक्छ र रसुवाबासीको हित नहुने यस्ता आयोजना रसुवामा बनाउन रसुवाबासीको साथ पनि नहुन सक्छ र आफ्ना अमूल्य स्रोतहरु यदि जस्ताको तस्तै रहेमा बरु रसुवाबासीले आफु सक्षम भएपछि बनाउने छन् र आफ्नो विकास आफैं गर्नेछन् । यो कुरालाई चिलिमेले मनन गर्न र सम्पूर्ण जिल्लाबासीहरुले गम्भीरता पूर्वक बुझ्न र आफ्नो अधिकारको निम्ति संघर्ष गर्न जरुरी छ ।
नारायण न्यौपाने
धैबुङ - ९,जिवजिवे,रसुवा
(वित्तिय व्यवस्थापनमा स्नाकोत्तर )
PHOTOS:AGAMAN GALLERY


1 Comments:

At 5:21 AM , Anonymous Anonymous said...

YESTO CHHOR HARU LA K KO RASUWA K NAYA BICASH GARCHA HAHAHAHAHAHAHAHAHAHAHAHAHAH FROM NORWAY

 

Post a Comment

Subscribe to Post Comments [Atom]

Links to this post:

Create a Link

<< Home