Wednesday, June 11, 2008

फुल र म


म धेरै अघिदेखि,
फुल निगालीरहेको छु वगैचामा
म एउटा फुल देख्दैछु
सयौ जातका हजारो थुङ्गाहरुमा
म उउटै रोज्दैछु ।
न त आँखा नै जुत्छन्
न त वोलीने मिसीन्छन् फुलहरुसंग
एकोहोरो हेराई र देखाईमा,
देख्नेले जेपनि देख्न सक्छ,
वुझ्नेले जे वुझ्न पनि सक्छ अनी,
वोल्नेले जे वौल्न पनि सक्छ ।
फुलहरु आफ्नै संसारमा वाँचिरहेका हुन्छन् ।
म खोजी-खोजी हेर्छु,
लुकीलुकी हेर्छु ,
योग्यता दक्षता
अनी खान्दानका रवाफ देखाउदै,
विहान विहान फुल टिप्नेहरुको ताँती नै चल्छ ,
भित्र भित्र डराउदै,
म आँफै वोलीरहेको हुन्छु अन्तरमनमा,
"त्यो फुल नटिप"
अरु फुल टिप्नु संग मेरो कुनै अन्तर विरोध छैन
म ठुलो आवाज निकाल्दीन,
चाहेरपनि निमनल्न सक्दिन,
किनकि ,
वगेँचाको पद्धतीनै हाे
राम्रा फुलहरु चढाईन्छन् भगवानलाई
या सजाईृन्छन् ठाउँहरुमा ।
आफूले चाहनुको साँघुरो चोकमा उभिएर,
म फुल ओहिलीएको पनि त हेर्न सक्दिन,
मलाई यती डर छ,
फुलका मनहरु वुझ्ने,
एउटा पादरी या,
कलाकारको हातमा त्यो फुल पुग्छ वा पुग्दैन ।
मैले चाहदैमा पाउनु पर्छ भन्ने होईन
सोचेको हुने,
रोजेको पुग्ने अनि,
खोजेको पाईने त संसारको रित नै होइन ।
वस् यती हो,
दुरुपयोग हुनु भन्दा,
ओईली झर्नुमा अर्थ छ ।
आधुनीकताको नाममा वनाइएका,
मैले नास्तीकका बँगैचाहरु देखिएकोछु,
देखासिकिमा सजाईएका गमलाहरु,
जीर्ण जीजीविशा धानीरहेका ॥
सुवास आगमन
२०६५/०२/२८,काठमाण्डौ

4 Comments:

At 10:41 AM , Blogger Reality Bites, Rasuwa said...

ramro 6 kabita !

 
At 6:28 AM , Anonymous Anonymous said...

It's very interesting poem.I lik it.Well done AGAMAN.

 
At 3:58 AM , Blogger muna said...

aagamanji u ko kabita dherai ramro6 malai ta man paro.aaru pani lekdhi janu la.best of luck.

 
At 4:00 AM , Blogger muna said...

This comment has been removed by the author.

 

Post a Comment

Subscribe to Post Comments [Atom]

Links to this post:

Create a Link

<< Home