दुर्गम नेपाल (REMOTE NEPAL) को अपिल
पृष्ठभूमिःराजधानीको नजिकको दुरीमा रहेता पनि रसुवा जिल्ला विकट छ । भौगोलिक अवस्थाले दुर्गम छ । शिक्षा स्वास्थ्य खाद्यन्न रोजगारको अभाव छ । संचार यातायात सेवा सर्वसुलभ छैन । राजनीतिक क्षेत्रमा राष्ट्रिय स्तरको पहुँच छैन । मानव विकासको सूचाकं निराशाजनक छ । छिमेकी जिल्लाा नुवाकोटदेखि राजधानी जोड्ने सडक कालोपत्रे भएको चार दशक बितिसक्यो तर रसुवाको ग्राबेल सडक दिनहुँ जिर्ण बन्दैछ । पर्यटकीय क्षेत्र भनिए पनि त्यसले उचित प्रतिफल दिन सकेको छैन । प्राकृतिक स्रोत साधन र मौलिक संस्कृतिमा सम्पन्न रसुवाको मुहार फेर्न सकेको छैन । निलकण्ठ महादेवको पीडा शान्त पार्ने क्षमता राख्ने यो क्षेत्र अहिले आफैं पिडित छ ।
यस क्षेत्रको प्राकृतिक सम्पदा र विशेषगरी जलसम्पदाको विकास गरी यसको प्रतिफल स्थानीयबासीमा पुग्न सकेमा मात्रै यस क्षेत्रको विकास हुनेमा कुनै शंका छैन । देसकै नमुना जल विद्युतको रुपमा २२।१ मेगावाट क्षमताको चिलिमे जल विद्युत निर्माण भएको छ । हामी सबैको लागि यो गौरवको विषय पनि हो । तर यसको प्रतिफल सिमित वर्गमा मात्रै हुनु र रसुवाबासी यसमा हिस्सेदार हुन नपाउनु के आफैमा विडम्बनायुक्त छैन जल विद्युत विकासको क्षेत्रमा नमुनाको रुपमा सूचिकृत कम्पनीले रसुवाबासीको लागि सेयर नछुटाइनु दुखद पक्ष हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा चिलिमे जल विद्युत कम्पनीका संचालक समिति अध्यक्ष तर्क गर्दछन् - किन यो भन्दा अघि रसुवाबासीले सेयर माग गरेनन प्रश्न उठ्छ कसले माग गर्ने चौंरी भेडाबाख्रा चराउने गोठालाले माग्ने कि खेत जोत्ने डल्ला फोर्ने किसानले माग्ने उहाँको अभिव्यक्तिले जिल्लाका राजनीतिक दलका नेताहरुप्रति व्यंग गरेको स्पष्ट हुन्छ ।
यो प्रश्न तिनै अध्यक्ष नीति तर्जुमाकारहरुलाई जिल्लाबासीले पो सोध्नु पर्ने होइन र ती अशिक्षित जनताका भाग्य रेखा कोर्ने काम आफूलाई ज्ञाता भन्ने ती विज्ञहरु घुम्नेमेचमाथि बसेका अन्धाहरु तथाकथित भाग्यविधाताहरु वा जनहितार्थ राजनीति गरेका बताउने भविष्यका नीति नियम तर्जुमाकार राजनीतिक दलका नेताहरुसंग यस प्रश्नको उत्तर अब हामी रसुवाबासीले माग्ने बेला भएन र यतिखेर नेताहरु गाउँ डुल्न थालेका छन् । जनतासित भोट माग्न व्यस्त छन् । बिसर्िसकेका साइनो सम्झदै नमस्कार गर्दै घरदैलामा पुगेका छन् । यतिका वर्ष हराएका नेताहरु घरआँगनमा टुपुल्किदाँ जनता छक्क पर्दै होलान् ।
सन्दर्भ चिलिमे सेयरकैः
चिलिमे जल विद्युत कम्पनीले चिलिमे गोल्जोङ र स्याप्रु गाविसका स्थानीय जनतालाई साधारण सेयर दिइनु पर्ने एम्बुलेन्सको व्यवस्था गरिदिनु पर्ने विद्यालयहरुमा शैक्षिक सामग्रीको सहयोग गर्नु पर्ने स्वास्थ्य चौकी खोल्नु पर्ने लगायतका माग राखी चिलिमे जल विद्युत उपभोक्ता समिति गैरसरकारी संस्था आन्दोलनमा उत्रिए पछि यी दुई बीच मिति २०६३।१०।२९ र ३० गते उपभोक्ता समितिले राखेका मागहरु पूरा गरिदिने भनी संझौता भएको रहेछ ।
जसअनुसार सर्वसाधारणको नाममा जारी गरिने भनिएको सेयरमध्ये ८ प्रतिशत सेयर तीन गाविसका जनतालाई बाँड्ने एम्बुलेन्स दिने र शैक्षिक सामग्रीहरु र उल्लेखित सेयर ू निकट भविष्यमा नै दिनेू गरी सहमति भएछ । यद्यपि सहमतिका बुँदाहरु कार्यन्वयनमा आइसकेको छैन । यसैपरिप्रेक्षमा चिलिमे जलविद्युत कम्पनीले सर्वसाधरणको नाममा जारी गरिने भनिएको सेयर पि्रमियम दरमा बिक्री गर्न लागेको र नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार यही चैत २० गतेभित्र चिलिमे जल विद्युत कम्पनीले साधारण सेयर निष्काशन गरिसक्नु पर्ने हुँदा माघ २७ गते कम्पनीको साधारणसभामा यसबारे छलफल हुने कुरा बुझिएपछि दुर्गम नेपालले प्रभावित तीन गाविसका जनता र जिल्लाबासीले सर्वसाधारणमा जारी हुने सेयरमध्ये ३३ प्रतिशत सेयर अंकित मूल्यमा खरिद गर्न पाउनु पर्ने लगायतका माग राखी माघ १७ गते चिलिमे जल विद्युत कम्पनी समक्ष मागपत्र बुझाएका थियौं ।
प्रभावित जिल्लाबासीको तर्फबाट हाम्रो अभियानमा ढिलै भएपनि जिल्लामा कार्यरत राजनीतिक दलहरु ने। काँ। ने।s।पा। एमाले ने।s।पा। माओवादी जनमोर्चा नेपाल आदिवासी जनजाति महासंघ गैरसरकारी संस्था महासंघ चिलिमे जल विद्युत उपभोक्ता समितिले ऐक्यबद्धता जनाई यही माघ २० गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा चिलिमे जल विद्युत कम्पनी संचालक समितिका अध्यक्षको कार्यकक्षमा र माघ २२ गते चिलिमे जल विद्युत कम्पनीका प्रबन्ध निर्देशकको कार्यकक्षमा ँदुर्गम नेपाल’ बीच जिल्लाबासीको निम्नलिखित मागहरुमाथि छलफल भएको थियो ।
रसुवाबासीको दिर्घकालीन हितलाई मनन गर्दै पेश गरिएका मागहरु निम्न छन्मागप्रस्तावहरु ः
सर्वसाधारणमा जारी गरिने भनिएको जारी हुन बाँकी रहेको २४ प्रतिशत सेयरमध्ये स्थानीय जिल्लाबासीका लागि एक तिहाइ अर्थात ३३ प्रतिशत सेयर छुट्याइनु पर्ने ।
२ सो सेयर निष्काशनमा चिलिमे जल विद्युत कम्पनी निर्माणस्थलले चर्चेका प्रत्यक्ष प्रभावित तीन गाविसहरु क्रमशः चिलिमे गोल्जोङ र स्याप्रु गाविसका जनतालाई यस अघि नै सर्वसाधारणलाई जारी गरिने सेयरमध्येबाट ८ प्रतिशत छुट्याई दिने लगायत मिति २०६३।९।२९ र ३० गते चिलिमे जल विद्युत कम्पनी र चिलिमे जलविद्युत सरोकार उपभोक्ता समिति रसुवा बीच सहमती भैसकेकोमा सो बराबरको सेयर सम्बन्धित प्रत्यक्ष प्रभावित ३ गाविसका जनतालाई बितरण गरी बाँकी सेयर संख्या प्रभावित जिल्लाबासीका लागि परिचय खुल्ने प्रमाण कागजको आधारमा जस्तै नागरिकता प्रमाणपत्र मतदाता परिचयपत्र जग्गा धनी प्रमाण-पूर्जा वा कुनै किसिमले प्रमाण खुल्ने कागजात अविलम्ब बितरण हुनुपर्ने । यसैगरी सहमती भएका तर कार्यन्वयन नभएका अन्य बुँदाहरु समेत यथासिघ्र कार्यन्वयन हुनु पर्ने ।
३ जिल्लाबासीको नाउँमा साधारण सेयर जारी गर्दा विपन्न परिवारलाई रकम जम्मा गर्ने मुनासिव समय र यथोचित व्यवस्था मिलाउनु पर्ने । न्यूनतम् आयस्रोत भएका र मध्यम वर्गीय परिवारको हकमा सेयर खरिदको लागि चाहिने आवश्यक रकम जुटाउन मनासिव समय दिइनु पर्नेछ । तर बढीमा ३ पटक सम्म सेयर खरिदका लागि आह्वान गर्दा पनि प्रभावित जिल्लाबासीलाई छुट्याइएको सेयर बिक्री हुन नसके अन्य सर्वसाधारण गैर जिल्लाबासी लाई सेयर बिक्री गर्न सक्नेछ ।
४ पासाङ ल्हामु राजमार्गको वेत्रावती देखि चिलिमेको थाम्मुचेत सम्मको सडकखण्डमा समय-समयमा आवश्यक मर्मत-सभ्भार गरी यातायात सुचारु गर्न सकि्रय सहयोग पुर्याउनु पर्ने । विशेषगरी मुलखर्कको पहिरो लगायतका अन्य क्षतिग्रस्त स्थानहरुमा विशेष ध्यान दिइनु पर्ने ।
५ योजना÷आयोजना निर्माण तथा मर्मत कार्यहरुमा स्थानीय जिल्लाका बासिन्दाहरुको विशेष संलग्नतामा साझेदारी र सहकार्य हुनु पर्ने र स्थानीय स्रोत साधन सीप दक्षतामा अभिवृद्धि गरी प्रभावित जिल्लाबासीलाई पहिलो प्राथमिकता दिइनु पर्ने ।
६ रसुवा जिल्ला प्राकृतिक साँस्कृतिक र पर्यटकीय सम्पदामा धनी भएकोले बातावरण र पर्यावरणमा आवश्यक सतर्कता अपनाई संरक्षण कार्यमा विशेष ध्यान दिइनु पर्ने ।
७ चिलिमे विद्युत कम्पनीले प्रत्यक्ष प्रभावित क्षेत्र चिलिमे गोल्जोङ र स्याप्रु गाविसका गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा सम्म प्राविधिक ज्ञान सीप तालिम दिई दक्ष प्राविधिक उत्पादन गरी काममा लगाइनु पर्ने ।
८ विद्युत सेवाबाट बन्चित प्रभावित जिल्लाबासीलाई यथासिघ्र विद्युत सेवा बितरण गरिनु पर्ने ।
९मागहरु विशुद्ध गैरराजनीतिक अभिप्राय र निरपेक्ष गरिवीका रेखामुनि रहेका प्रभावित जिल्लाबासीको हितमा छन् । विपन्न रसुवाबासीको मागहरु प्रति त्यस चिलिमे जलविद्युत कम्पनी प्रा।लि। को ध्यान जाने र यथासिघ्र कार्यन्वयन हुने अपेक्षा गर्दछौं
कम्पनीका अध्यक्ष रसुवाबासीका मागप्रति सकारात्मक नभ्ाएको र रसुवाबासीको जवाफ र प्रतिकारमा आफू उत्रिन तयार भएको बताउनुभयो । प्रबन्ध निर्देशक र आयोजना प्रमुख लगायत रसुवाबासीको मागप्रति सकारात्मक भएतापनि मागपत्र ढिलो भएको कारण पि्रमियम दरमै सेयर बिक्री हुने र जिल्लाबासीको हकमा माथिल्लो निकायबाट निर्देशन आएमा तीन गाविसका जनताको साथै जिल्लाबासीको नाममा सेयर दिन सकिनॆ बताउन हुन्छ । हामी त्यसको प्रकृयामा लागिरहेका छौं । के जनताको यस मागप्रति साथ दिन राजनीतिक दलहरु तयार छन् हामी सहकार्यको लागि आह्वान गर्दछौं । अब जिल्लामा कार्यरत राजनीतिक दलहरुको सकि्रय भूमिकाको खाँचो छ । अहिले साँचो अर्थमा यिनीहरु जनताका सेवक हो होइनन भनेर जाँच्ने समय पनि भएको छ । स्थानीय स्रोतमाथि अधिकारको सुनिश्चितता गर्ने बिपन्न जनतालाई सम्पन्न बनाउने विषयमा कोही कसैबाट ढिलाई नहोस् भन्ने हामी चाहन्छौं ।
त्यसैले यसकालागि कोही कसैको मुख नताकी हामी सम्पूर्ण जिल्लाबासीहरु आफ्नो हक अधिकार स्थापनाका लागि एकजुट भई आवश्यकतानुसार संघर्षमा उत्रिन बाध्य हुनु पर्दछ र भएका छौं । यसमा जिल्लाबासीको हित चाहने जोकोहीलाई साथ दिनुहुन हामी पुनः अनुरोध गर्दछौं । यो सिमित वर्गको निजी स्वार्थ र जिल्लाबासीको अधिकारबीचको संघर्ष हो र सबै राजनीतिक दल नेता संघ-संस्था लगायतका लागि परिक्षाको घडी पनि हो । यसैबाट जनताले सबैको यथार्थ पनि बुझ्नेछन् ।
अभियानको उद्धेश्यः
नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी राष्ट्र हो । जल स्रोतको उपयोग गर्दा प्रत्येक नेपालीको र स्थानीय जिल्ला क्षेत्रको हक अधिकार स्थापित भयो भने मात्र हामी सम्पन्न हुन सक्छौं ।
देस संघीय व्यवस्थामा जाने कुरा अन्तरिम संविधानमा उल्लेख छ । स्थानीय स्रोतमाथि स्थानीयबासीको हक अधिकार स्थापित नहुने हो भने त्यो कस्तो संघात्मक राज्य हुने हो रसुवाबासीलाई सम्पन्न गराउने भनेको जलस्रोत जडीबुटी खेती र केही मात्रामा पर्यटन विकास मात्र हेा ।
एक सर्भेक्षण अनुसार रसुवा जिल्लाको झर्ना खोला हिमनदीबाट करिब ७०० मेगावाट क्षमताको बिद्युत उत्पादन गर्न सकिन्छ । भविष्यमा साङ्जेन माथिल्लो साङ्जेन रसुवागढी लाङटाङखोला घट्टे खोला केरोङ खोला त्रिशुली ए र बी मैलुङ खोला फलाखु लगायतका जलस्रोतबाट जल विद्युत निकालिने छन् । यी सबै आयोजनामा सम्पूर्ण रसुवाबासीको हक अधिकार स्थापित हुनु पर्छ ।चिलिमे नमुना जलविद्युत भएको कारण यसैबाट स्थानीयबासीको हक अधिकार सुनिश्चित हुन सके यो नजीर रसुवा जिल्लामा भविष्यमा निर्माण हुने आयोजनाका साथै देसव्यापी रुपमा अब निर्माण हुने आयोजनाहरुमा लागू हुनेछ ।
स्थानीय स्रोतमाथि स्थानीयबासीको हक अधिकार स्थापित हुन सके स्थानीयबासीको आर्थिक अवस्थामा सुधार भई त्यसको प्रत्यक्ष प्रभाव आर्थिक शैक्षिक सामाजिक तथा विकासका सम्पूर्ण पक्षमा देखिनेछन् । आयोजनाप्रति स्थानीयबासीको सहयोगमा बृद्धि भई द्धन्दको बातावरण सृजना हुन पाउँदैन । अवसर रोजगार आयस्रोतको अभावमा चेलीबेटी तथा दाजुभाईहरु कुवेत ओमान लेबानन् मलेशिया कतार साउदी इराक जानु पर्दैन । खाडी मुलुक तेलभण्डारले धनी भए झैं हामी जलभण्डारले धनी हुन सक्छौं ।
धेरैलाई यो थाहा छैन । हामी सुतिरहेका छौं । राजनीतिक दलहरु निदाएका छन् । के यस्तो अवसर गुमाउन चाहन्छौं दुर्गम नेपालको उद्धेश्य स्थानीय स्रोतमाथि रसुवाबासीको हक हित सुनिश्चित गराउनु मात्र होइन सम्पूर्ण देसबासीलाई स्थानीय स्रोतमाथि हक अधिकार स्थापित गराउनका साथै देस व्यापी रुपमा सचेतना फैलाउनु गर्नु हो । यसले ूजसको विहे उसलाई हेर्न नदेू भन्ने सोचको अन्त्य गरी विकास निर्माण कार्यमा स्थानीय सहभागिता स्वस्फुर्त रुपमा परिचालन भई जिवनस्तर अभिवृद्धि हुने र योजनाको सफलता र सुरक्षामा पनि महत्वपूर्ण भूमिका खेल्ने र यो अभियानले दुर्गम र विकट गाउँबस्तीका सबै नेपाली धनी हुनेछन् ।
यो सपना साकार पार्ने अभियान हामीले रसुवाको चिलिमे जल विद्युतबाट शुरु गरेका हौंं । दुर्गम नेपालको स्वार्थ बिपन्न रसुवाबासीका साथै विपन्न नेपालीलाई सम्पन्न बनाउनु हो । चिलिमे लगायत जिल्लाका जलस्रोत र कुनै पनि अन्य प्राकृतिक स्रोतको लाभ १८ वटै गाविसका जनताले पाउनु पर्छ । सम्पूर्ण जिल्लाबासीको समानुपातिक विकास र हितको लागि यो अधिकार स्थापित हुनै पर्छ ।के हामी आफ्नो हक अधिकार खोज्न तयार छौं आउनुहोस् हामी सबैको हक अधिकार स्थापनाको लागि सहकार्यगरौं । जिल्लाबासीको अस्मिताको लागि राजनीतिभन्दा माथि उठी एकताबद्ध भई अघि बढौं
दुर्गम नेपाल REMOTE NEPAL
धु्न्चे-५ रसुवा,G.P.O. Box No:8974. c.p.c399(Kathmandu)
Email:remotenepal@yahoo.com
http://www.blogger.com/www.remotenepal.blogspot.com:
http://www.agaman.blogspot.com/
सम्पर्क व्यक्तिहरुः
महेन्द्र राज आचार्य - फोनः ४७२०५२२ ( mahendrananda@yahoo.com)
सुवास आगमन -९८४१४६४०४२ (subashagaman@yahoo.com)
राम प्रसाद देवकोटा - ९८४१३६६५६९ ( devkota@hotmail.com)
फुर्पा तामाङ -९८४१५३८९७९ (phurpatamang@yahoo.com)


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
Links to this post:
Create a Link
<< Home