खनेदेखि बनेन सडक
सुबोध गौतम/कृष्ण थापा
धून्चे -रसुवा, मंसिर १९ - 'सडक डिभिजन कार्यालयले पहिरो पन्छाइदियो भने मात्र पनि धेरै हुन्छ,' स्थानीय विकास अधिकारी गणेश ज्ञवालीले सुरुमै यस्तो प्रतिक्रिया दिए ।
जिल्ला सदरमुकाम, गाविस र तिब्बत जोड्ने सडक निर्माण वा कालोपत्रे हुन्छ भन्ने कुरामा उनी विश्वस्त छैनन् । दर्ुइ दशक बितिसक्दा पनि सडकमा कुनै पनि सुधार नआएको ज्ञवालीले बताए । स्थानीयवासी र पर्यटन व्यवसायीमा पनि सडक सुधार हुन्छ भन्ने आस छैन । जलविद्युत् र पर्यटनको प्रचुर सम्भावना रहेको राजधानी नजिकको यस जिल्लाका कुनै पनि सडक गोरेटो बाटोभन्दा स्तरीय छैनन् । कतिपय गोरेटोस्तरका पनि छैनन् । सवारी साधनका पाङ्ग्रा बाटो बाहिर निस्किनु र सडकमाथि मूल तथा खोल्साको पानी बग्नु यो सामान्य भइसकेको छ ।
नुवाकोटको गर्ेखुदेखि सदरमुकाम धुन्चे खण्डमा साना र ठूला गरी एघार स्थानमा पहिरो गएको छ । पैंतालीस किलोमिटरको यस खण्डको राम्चे, मूलखर्क र ग्राङमा तीन वटा ठूला पहिरा छन् । 'पन्ध्र वर्षेखि यहा“को अवस्था जस्ताको तस्तै छ,' धुन्चेका स्थानीय विजय लामाले भने ।
सवारी चालक ज्यानको बाजी थापेर गाडी गुडाउ“दैछन् भने स्थानीय र्सवसाधारण र पर्यटक यात्रा गर्न बाध्य छन् । 'यो सडक बन्ला भन्ने आस गरेका छैनौं,' काठमाडौं-स्यापmुबंेसी रुटमा तेह्र वर्षेखि गाडी चलाउ“दै आएका चन्द्रमान महर्जन भन्छन्- 'गाडी चलाउन सुरु गर्दा अलि राम्रो
थियो । अहिले ध्वस्तै भयो ।'
ठूला-ठूला पहिराले गर्दा सडकको आकार र सीमा छुट्टयाउन सकिने अवस्था छैन । बाटोभरि ठूला-ठूला चट्टान छन् । कतिपय स्थानमा बलौटे र कमलो माटो छ भने कडा र तिखा ढुंगामात्र देखिन्छन् । वर्षो र मूलको पानी निकास हुने नाला कुनै पनि सडकमा छैनन् । अझ गुम्बुडा“डादेखि धुन्चे र स्यापmुबेंसी खण्डमा यस्ता पर्ूवाधारको नामनिसान छैन ।
चौध किलोमिटरको धुन्चे-स्यापmुबेंसी खण्डको सानो भार्खुको झन्डै सय मिटर बाटो माथिबाट खोल्सो बगिरहेको छ । चालकहरू जोखिम मोल्दै त्यस माथिबाट गाडी गुडाइरहेका छन् । स्यापmुबेंसीदेखि गोल्जुङ, गतलाङ र सोमदाङ खण्डको अवस्था पनि निकै जर्ीण्ा छ । अझ बाहुनडा“डाको उन्नाइस घुम्ती उकालो पार गर्न चालकलाई हम्मेहम्मे पर्छ । गाडीका पाङ्ग्रा सडक बाहिर निस्किन्छन् ।
गणेश हिमालबाट सिसा/जस्ता निकाल्ने उद्देश्यले ०४२ मा स्थापना भएको खानी उद्योगले नुवाकोटको त्रिशूलीदेखि कालिकास्थान, राम्चे, धुन्चे, स्यापmुबंेसी र गतलाङ हु“दै सोमदाङसम्मको एक सय पा“च किलोमिटर सडक निर्माण गरेको हो । उद्योगले सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।
'त्यतिबेला बनेको गोरेटो बाटो अहिले पनि त्यस्तै रहेछ,' हालै मात्र काठमाडौं जिल्ला विकास समितिबाट सरुवा भएर आएका स्थानीय विकास अधिकारी ज्ञवालीले भने- 'यो हाम्रो कार्य क्षेत्रभित्र पर्दैन ।'
उनले जिल्लाका ग्रामीण र कृषिबाहेक अन्य सडक मर्मत, सम्भार र निर्माण गर्ने जिम्मेवारी जिविसमा नपर्ने बताउ“छन् । ज्ञवालीका अनुसार नुवाकोटको गर्ेखु-धुन्चे र गोल्जुङ सोमदाङ खण्डको मर्मत सम्भार सडक विभागअर्न्तर्गत पर्छ । चिलिमे जल विद्युत् केन्द्रले सात वर्षेखि धुन्चे-गोल्जुङ खण्डको मर्मत सम्भार गर्दै आएको छ ।
सडक विभागका महानिर्देशक तुलसीप्रसाद सिटौलाले दर्ुइ वर्षछि रसुवाका प्रमुख सडकमा सुधार आउने बताउ“छन् । 'धादिङ गल्छीदेखि-स्यापmुबेंसीसम्मको सडक एसियाली विकास बैंकको सहयोगमा कालोपत्रे गर्ने योजना अन्तिम चरणमा पुगेको छ,' उनले भने- 'आगामी असोजदेखि काम सुरु हुन्छ । दर्ुइ वर्षभत्र सक्ने योजना छ ।'
ठूला पहिरो गएको स्थानमा भने तत्काल कुनै सुधार नआउने सिटौलाको भनाइ छ । 'मूलखर्कको समाधान एडीबीले पनि पत्ता लगाउन सकेको छैन । त्यो खण्ड दर्ुइ/दर्ुइ वर्षम्म पनि कालोपत्रे गर्न सकिंदैन होला,' उनले भने । स्यापmुबेंसी-सोमदाङ खण्ड कुनै पनि हिसाबले महत्त्वपर्ूण्ा नभएको सिटौलाले बताए । 'त्यो खण्ड निर्माणको तत्काल कुनै सम्भावना छैन,' उनले भने ।
रसुवागढी-स्यापmुबेंसी खण्ड निर्माण फागुनबाट
चीन सरकारले फागुनको तेस्रो साताबाट नेपाल-तिब्बत नाका रसुवागढीदेखि स्यापmुबेंसीसम्मको सडक निर्माण सुरु गर्ने भएको छ । स्यापmुबेंसीदेखि धादिङ गल्छी खण्ड विस्तार र कालोपत्रे गर्ने काम भने एसियाली विकास बैंकले आगामी असोजबाट सुरु गर्दैछ ।
महानिर्देशक सिटौलाका अनुसार चीनले पन्ध्र दशमलव आठ किलोमिटर सडक निर्माण गर्न लागेको हो । 'दर्ुइ वर्षा सक्ने योजना छ,' उनले भने- 'यस बीचमा नौ वटा पुल निर्माण र्
गर्नर्ुपर्छ ।' सिटौलाले यो सडक एक लेनको हुने जानकारी दिए । साथै तत्काल कालोपत्रे गर्ने योजना नभएको बताए ।
सडक निर्माणको सम्झौताका लागि यही महिनाको अन्तिम साता चिनिया“ अधिकारी नेपाल आउन लागेको उनले जानकारी दिए । पुसको दोस्रो सातामा सडक निर्माणका लागि प्राविधिकहरूको टोली आउ“दैछ । सिटौलाका
अनुसार यस खण्डको निर्माणपछि तिब्बतबाट नेपाल हु“दै भारत जोड्ने सबैभन्दा छोटो मार्ग बन्छ । रसुवागढीबाट पृथ्वी राजमार्गमा पर्ने धादिङ गल्छीसम्मको दूरी एक सय पा“च किलोमिटर छ । यहा“बाट वीरगन्ज नाका करिब दर्ुइ सय किलोमिटरमा पर्छ ।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
Links to this post:
Create a Link
<< Home